जिफन्ट सहयोग समुह अमेरीकाको अध्यक्षमा दिपक सापकोटा

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)ले अमेरिकामा रहेको जिफन्ट सहयोग समुहको कमिटीलाइ पुर्णता दिएको छ ।

जिफन्ट सहयोग समुह अमेरीकाको पुस १७ गते भएको भेलाले दिपक सापकोटाको अध्यक्षतामा ७ सदस्यीय कमिटी गठन गरेको हो । 

नेपाल ट्रेड युनियन महासंघ जिफन्टका पूर्व नेताहरू प्रभुराम थापा, शान्ती जिरेल र मन्जु थापामगर सल्हाकार रहनु भएको सो कमिटीको सचिबमा सोनु दनुवार चौधरी, कोषाध्यक्षमा केशव सुवेदी रहनु भएको छ भने सदस्यहरूमा इन्द्र सिह लामा, सुमि राई, कृष्ण ढकाल र दिपक लामिछाने रहनु भएको अमेरीकाबाट दिपक सापकोटाले जानकारी  दिनु भएको हो ।