बहराइन राष्ट्रिय दिवसको अवसरमा जिफन्ट सहयोग समूह बहराइनले यही डिसेम्बर १३ देखि १७ सम्म नेपाली दाजुभाइहरू बिच जिफन्ट दोस्रो भलिबल कप २०२४ को आयोजना गर्ने भएको छ ।
२० टिमले प्रतिस्पर्धा गर्ने अनुमान गरिएको सो प्रतियोगितामा विजेतालाई ट्रफी सहित नगद पुरस्कार रु. १,लाम ११,हजार १सय ११ रूपैया, उपबिजेतालाई रू. ५१हजार,१ सय ११ रूपैया र अन्य उत्कृष्ट ४ विधा सहित अम्पायरहरूलाई पनि सम्मान गरिने संयोजक अर्जुन बराइलीले जानकारी दिनु भयो ।
५ दिन सम्म संचालन हुने प्रतियोगिताका सम्पूर्ण खेलहरू बहराइनकै सबभन्दा ठुलो मजदुर क्याम्प अस्करको जिसिसि मैदानमा हुने जानकारी अध्यक्ष थोमस कुलुङले हामीलाई दिनुभएको हो ।