बहराइन राष्ट्रिय दिवसको अवसरमा जिफन्ट सहयोग समूह बहराइनद्वारा आयोजित जिफन्ट दोस्रो भलिबल कप २०२४ को खेल तालिका सार्वजनिक गरेको छ ।
खेल तालिका अनुसार डिसेम्बर १६ तारिकमा हुने पहिलो चरणको खेलमा आदिवासी जनजाती महासंघ र किराँत राई यायोख्खाको पहिलो खेल, दोस्रो खेल स्याङ्जा सेवा समाज र नेपाल मगर संघ बिच हुने छ भने तेस्रो र चोथो खेल क्रमशः मोना बहराइन र बाग्लुङ सेवा समाज बिच र क्लिन्टेक कम्पनी र नास कम्पनी बिच प्रतिस्पर्धा हुने जनाएको छ ।
१६ टिमले भाग लिएको सो प्रतिस्पर्धाको दोसो चरणको खेल डिसेम्बर १७ तारीकमा ४ खेल ८ प्रतिस्पर्धी बिच हुने छ ।
प्रतियोगिताका सम्पूर्ण खेलहरू बहराइनकै सबभन्दा ठुलो मजदुर क्याम्प अस्करको जिसिसि मैदानमा हुने जानकारी अध्यक्ष थोमस कुलुङले हामीलाई दिनुभएको हो ।