??? ????? ????? ??????

?????? : ????? ??????

????? ????????, ??????? ????????? ?????? ?????? ??????? ?????? ??

इन्डस्ट्रिअल ग्लोबल युनियनद्वारा नेपाली श्रमिकहरू प्रती ऐक्यबद्धता

खानी, ऊर्जा र उत्पादन क्षेत्रमा कार्यरत १३० राष्ट्रका ५५० ट्रेड युनियनमा आवद्ध ५ करोडभन्दा बढी श्रमिकहरूको अन्तररार्ष्ट्रिय संगठन इन्डस्ट्रिअल ग्लोबल युनियनका महासचिब एट्ले होइले असोज ३ गते एक बिज्ञप्ती जारी गत भाद्र २३ र २४ गते विभिन्न आधोगिक  प्रतिष्ठानहरूमा भएका हिंसात्मक आक्रमणका कारण आफ्नो जागिर र जीविकोपार्जन गुमाएका हजारौं कामदारहरूप्रती ऐक्यबद्धता व्यक्त गरेको छ ।

बक्तब्यमा इन्डस्ट्रिअल, नेपालको श्रम आन्दोलनले उठाएका श्रमिक अधिकार, मर्यादित काम र सामाजिक न्यायको पक्षमा रहेको भन्दै ऐक्यबद्धता जनाएको छ ।

मानव अधिकारको कार्यान्वयन र उत्तरदायित्वको प्रवर्धन विषयमा रणनीतिक कार्यशालामा सुरू

विश्व स्तरीय सप्लाई चेन अन्तर्गत एसियामा मानव अधिकारको कार्यान्वयन र उत्तरदायित्वको प्रवर्धन विषयमा असोज २० गते देखी इण्डोनेसियाको बाली शहरमा रणनीतिक कार्यशालामा सुरू भएको छ ।

कार्यशालामा जिफन्ट उपाध्यक्ष विदुर कार्की र महासचिव लक्ष्मण शर्मा सहभागी कार्यशालामा नेपालको श्रमिक संगठनहरुले मानवाधिकारको क्षेत्रमा गरेको योगदान र चुनौतिहरुको चर्चा गर्नुभएको थियो ।

उपाध्यक्ष कार्की र महासचिव शर्मा उक्त कार्यक्रम पश्चात वि द सोसल मुभमेण्ट (WSM) को अयोजनामा हुने पञ्चवर्षीय योजना तर्जुमा गोष्ठीमा सहभागी हुनुहुनेछ।


 

डीटीडीए रणनीतिक साझेदारी सम्झौता अध्य्यन विषयक समिक्षा कार्यक्रम सम्पन्न

आइटियुसी नेपाल समितिको आयोजनामा असोज २९ गते “एशियामा डेनिस ट्रेड युनियन डेभलपमेन्ट एजेन्सी (डीटीडीए) रणनीतिक साझेदारी सम्झौतामाथि प्रभाव अध्य्यन” विषयक समिक्षा कार्यक्रम सम्पन्न भयो । 

आइटियुसी नेपाल समिति अध्यक्ष योगेन्द्र कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठले वर्तमान राजनैतिक अवस्था कायम रहे ट्रेड युनियन आन्दोलन खतरामा पर्ने बताउनु हुँदै डीटीडीए सँगको लामो सहकार्यमा नेपालको श्रम अन्दोलनलाई विकास गर्न गरेका कामको मूल्याङ्कन गरी थप योजनाका साथ अगाडी बढ्नु पर्ने बताउनु भएको छ ।

डेनिस ट्रेड युनियन डेभलपमेन्ट एजेन्सी (डीटीडीए) का प्रोग्राम अफिसर जोन पलले कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको कार्यक्रममा जिफन्ट उपाध्यक्ष बिदुर कार्की, महासचिव लक्ष्मण शर्मा लगायतले भनाइ राख्नु भएको थियो ।
जिफन्ट, एनटीयुसी र अन्टुफका नेताहरूको उपस्थिति रहेको कार्यक्रममा अन्टुफ अध्यक्ष जगत सिम्खडाले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रमको थप फोटोकोलागि तलको लिंकमा क्लीक गर्नुहोस् ।

https://www.facebook.com/media/set/?set=a.122172465014435116&type=3

न्यायोचित रुपान्तरण र लैङ्गिक सवाल विषयक जेटियुसीसी महिला सेमिनार सम्पन्न

"नेपालमा जलवायु परिवर्तनले महिलामा पार्ने प्रभाव, न्यायोचित रुपान्तरण र लैङ्गिक सवालहरू" विषयक जेटियुसीसी महिला सेमिनार असोज २८ गते सम्पन्न भएको छ । 

नेपालमा जलवायु परिवर्तनले महिलामा पार्ने प्रभाव न्यायोचित न्युनिकरण र लैगिक सवालको बारेमा डा. रोजनाथ पाण्डेले प्रकाश पार्नु भएको थियो  । 

उक्त कार्यक्रममा जिफन्ट अध्यक्ष बिनोद  श्रेष्ठ लगायत जेटियुसीसी अध्यक्ष जगत बहादुर  सिम्खडा लगायतका अतिथिहरूले मन्तव्य राख्नु भएको थियो । 

कार्यक्रमको अध्यक्षता जिफन्ट उपाध्यक्ष तथा जेटियुसिसि महिला समिति अध्यक्ष सिता लामाले गर्नु भएको थियो  ।

बदलिदो परिवेशमा श्रम, रोजगारीका बिषयहरु र आगामी कार्यदिशा बिषयक उच्चस्तरीय संवाद सम्पन्न

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (JTUCC) ले मंसिर ३ गते बदलिदो परिवेशमा श्रम, रोजगारीका बिषय र आगामी कार्यदिशा बिषयक उच्चस्तरीय संवाद कार्यक्रम सम्पन्न गरेको छ ।

संवाद कार्यक्रममा मर्यादित काम, ज्याला र सामाजिक सुरक्षा बिषयमा आइएलओ नेपालका नारायण भट्टराईले पेश गर्नु भएको कार्यपत्रमाथी नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष बिनोद श्रेष्ठ, रोजगार दाता परिषद (सिएनआइ) का सभापति ध्रुव रिजाल, सामाजिक सुरक्षा कोषका निर्देशक रोहित रेग्मीले टिप्पणी गर्नु भएको थियो ।

वर्तमान परिवेशमा जेटियुसीसीको भूमिका र आगामी नीति बिषयमा डा. हरि शर्मा र बदलिदो परिवेशमा श्रम, रोजगारीका बिषयहरु र सुमधुर औद्योगिक सम्वन्ध बिषयमा डा. केशव प्रसाद अधिकारीले प्रस्तुति गर्नु भएको थियो ।

कार्यपत्रमाथि आइएलओ नेपालका सलोमन राजवंशी, रोजगारदाता परिषद उपसभापति बाबुकाजी कार्की, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिब प्रेम प्रसाद आचार्य र नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले टिप्पणी गर्नु भएको सत्रको सहजीकरण एफइएसका निर्देशक चन्द्रदेव भट्टले गर्नु भएको थियो ।
 

एफइएसका निर्देशक चन्द्रदेव भट्टले सहजीकरण गर्नु संवाद कार्यक्रममा जिफन्ट उपाध्यक्ष जनक चौधरी, सचिब बेलीमाया घले, कृष्ण बहादुर केसी, बिजया खड्का लगायतका नेताहरूको सहभागिता रहेको थियो ।
 

पर्यावरणीय परिवर्तन र न्यायिक रुपान्तरण विषयक मुल्याांकन कार्यक्रम समपन्न

अन्तरराष्ट्रिय ट्रेड युनियन केन्द्र नेपाल आवद्ध समितीको आयोजनामा  मंसिर ५ गते पर्यावरणीय परिवर्तन र न्यायिक रुपान्तरणको विषयमा मुल्याांकन कार्यक्रम सम्पन्न गरेको छ । 

कार्यक्रमको उद्ध्घाटन सत्रमा जिफण्ट अध्यक्ष विनोद श्रेष्ठले पर्यावरणीय परिवर्तनले श्रम क्षेत्रमा पारेको प्रभावको वारेमा चर्चा गर्नु हुदै वर्तमान राजनीतिक अन्योलतामा नेपालको श्रमिकहरु एकजुट भई विध्यमान चुनौतीलाई सामना गर्नु पर्ने बताउनु भएको थियो ।

कार्यक्रममा जिफण्ट महासचिव लक्ष्मण शर्माले नेपालको श्रम क्षेत्रमा पर्यावरणिय परिवर्तन र न्यायिक रुपान्तरणको अवस्थाको वारेमा र जिफण्ट उपाध्यक्ष विदुर कार्कीले पर्यावरणिय परिवर्तन र न्यायिक रुपान्तरणका लागि गर्नु पर्ने आगामी कामको मार्गचित्र वारेमा प्रस्तुत गर्नु भएको थियो । 

अन्तरराष्ट्रिय ट्रेड युनियन केन्द्र नेपाल आवद्ध समितीका अध्यक्ष योगेन्द्र कुवरको अध्यक्षतामा भएको  मुल्याांकन कार्यक्रममा जिफण्ट, एनटियुसी र अन्टुफका प्रतिनिधीहरूको सहभागिता रहेको थियो ।