????? ????????, ??????? ????????? ?????? ?????? ??????? ?????? ??
वैदेशिक रोजगार विभागले केही दिनअघि इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा श्रमिकको लागि गरेको विज्ञापन रद्द गर्न माग गरेको छ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट लगाएत विभिन्न ११ संस्था र ६६२ नागरिकहरूले सोमबार प्रधानमन्त्रीलाई एक पत्रमार्फत नेपाली श्रमिकलाई इजरायलमा पठाउने निर्णय रोक्न अपिल गरेका छन्।
"नेपाली नागरिकलाई कामको बहानामा युद्ध क्षेत्रमा धकेलिनु हुँदैन। जानाजान आफ्ना नागरिकलाई जोखिममा पार्ने गरी कामदारका रूपमा युध्दरत देशमा पठाउन नेपाल सरकारद्वारा गरिएको आवेदन रद्द गर्न माग गरेका हुन्।
सन् २०२३ अक्टोबर ७ मा इजरायलमा हमासको आक्रमणमा परी १० नेपाली नागरिकले ज्यान गुमाएका थिए भने एक जना (विपिन जोशी) हालसम्म बेपत्ता छन्। युद्ध शुरू भएपछि नेपालले इजरायलमा श्रमिक पठाउन रोकेको थियो।
अन्तरर्राष्ट्रिय ट्रेड युनियन केन्द्र आवध्द समिति नेपाल (आइटियुसी न्याक) को आयोजनामा बारा र पर्सा जिल्लाको श्रम बजारमा, श्रम कानुन कार्यान्वयनमा देखा परेका समस्याहरूको सन्दर्भमा भाद्र १५ गते सिमरामा जिफन्ट, अन्टुफ र एनटियुसीका स्थानिय श्रमिक नेताहरू बिच अन्तरक्रिया सम्पन्न भएको छ ।
आइटियुसी न्याक अध्यक्ष जगत सींखडाको अध्यक्षतामा सम्पन्न सो अन्तरक्रिया कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठ, एनटीयुसी मदेश प्रदेश अध्यक्ष बिजय प्रसाद यादबले नेपाली ट्रेड युनियनको आगामी आन्दोलनको स्वरुप र एकीकृत ट्रेड युनियन आन्दोलनका बारेमा धारणा प्रस्तुत भएको गर्नु भएको थियो ।

श्रमजीवी वर्गको समृद्धिका लागि साझा ढंगले क्रियाशील रहेका ट्रेड युनियन महासंघहरुको साझा संस्था संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (JTUCC) ले जलवायु परिवर्तनले समग्र श्रम वजार एवं श्रमिकलाई पार्ने प्रभाव र यसको न्यायोचित न्यूनीकरणका सवालमा नेपाल सरकारको ध्यानाकर्षणार्थ असोज ९ गते वन तथा वातावरण मन्त्री माननीय ऐनबहादुर शाही ठकुरीलार्इ ज्ञापनपत्र पेश गरेको छ ।
ज्ञापनपत्र जलवायु परिवर्तनको प्रभाव न्यूनिकरणकालागि मन्त्रालय स्तरबाट हरीत नीति र आचार संहीता निर्माण गर्नुपर्ने, जलवायु परिवर्तन सम्वन्धि हुने गतिविधीहरु प्रभावकारी बनाउन जलवायु परिवर्तनको बिषयसंग सरोकार राख्ने फोरमहरुमा जेटियुसीसीको प्रतिनिधित्व तथा जलवायु परिवर्तन र यसको न्यूनीकरणका सन्दर्भमा जेटियुसीसी सहित सरोकारवालाको संयन्त्र निर्माण गरी सामाजिक संवादलाई प्रोत्साहन गरिनुपर्ने उल्लेख गरेको छ ।
त्यसैगरी हरेक वर्ष जलवायु परिवर्तन सम्वन्धमा अयोजना हुने Conference of the Parties (COP) मा नेपाली श्रमिकको तर्फबाट जेटियुसीसीको प्रतिनिधित्वको ब्यवस्था गरिनुपर्ने, वैज्ञानिक हरित आर्थिक नीति निर्माण गर्दै कार्यस्थललाई हरियाली, वातावरणमैत्री बनाउन र हरीत रोजगारी श्रृजना र प्रर्वद्धनमा विशेष जोड दिनुपर्ने र रोजगारदाता, ट्रेड युनियन र स्थानीय तहसंग सहकार्य गरी औद्योगिक क्षेत्र वातावरण मैत्री बनाउन नीतिगत व्यवस्था गरिनुपर्ने ज्ञापन पत्रमा उल्लेख गरेको छ ।
जेटियुसिसी अध्यक्ष योगेन्द्र कुंवरको नेतृत्वमा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठ सहित वन तथा वातावरण मन्त्रीलाइ बुझाएको ज्ञापन पत्रमा जलवायु परिवर्तनको विषयलाई ध्यानमा राखी श्रमशक्तिको विकासलाई प्रोत्साहन गरिनुपर्ने, जलवायु परिवर्तन, श्रम र रोजगारीबीचको सम्बन्ध स्थापित गर्न ट्रेड युनियनहरुसंग सहकार्य गरिनुपर्ने साथै योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र योजना हरेक क्षेत्रमा प्रभावकारी कार्यान्वयन गरिनुपर्नेमा जोड दिएको छ ।
१३ वुंदा रहेको उक्त ज्ञापन पत्रमा जलवायु प्रदुषणको कारणले हुने रोगहरु एवं दुर्घटनाको उपचार र क्षतीपूर्तिको व्यवस्था, जलवायु परिवर्तनको कारण परिवर्तन हुन सक्ने कामको प्रकृतीलाई मध्यनजर गर्दै परिवर्तित काममा श्रमिकहरुलाई अनुकूलन गर्न शिपमूलक तालिमहरु प्रभावकारी रुपमा सञ्चालन गरी रोजगारीको सुनिश्चितता गरिनुपर्ने, जलवायु परिवर्तन र यसको नकारात्मक प्रभाव न्यूनिकरण र न्यायोचित रुपान्तरण सन्दर्भमा श्रमिक केन्द्रित अध्ययन, अनुसन्धान, क्षमता अभिबृद्धीमूलक एवं सचेतनामूलक कार्यक्रम सञ्चालन र अध्ययन, अनुसन्धान, तालिम तथा सचेतनामूलक कार्यक्रमको पूर्व तयारी एवं कार्यक्रमहरुमा जेटियुसीसीको तर्फबाट प्रतिनिधित्व गराउनुपर्ने ज्ञापन पत्रमा उल्लेख छ ।
फोटोकोलागी लिंकमा ल्किक गर्नुहोस
https://www.facebook.com/media/set/?set=a.122120021414435116&type=3
नेपाली ट्रेड युनियन रुले जलवायु परिवर्तन र न्यायिक रुपान्तरणको लागि रणनीतिक योजना सहित अघि बढ्न ढिलो भइसको नेपाल ट्रेड युनियन महासंघ जिफण्टका महासचिव लक्ष्मण शर्माले बताउनु भएको छ ।
जलवायु परिवर्तन र न्यायिक रुपान्तरण विषयमा कार्तिक १३ गते जेटियुसिसिद्वारा सरोकारवालाहरु सङ्गको परामर्श बैठक कार्यपत्र पेश गर्नु हुँदै सो कुरा बताउनु भएको हो ।
महासचिव शर्माले आगामी कोप २९ मा नेपालको तर्फबाट लिनुपर्ने पहलकदमीका क्षेत्रहरुको बारेमा विषय प्रस्तुत गर्नुभएकोथियो।
राष्ट्रिय सभाका सचिव विषय विज्ञ डा. रोजनाथ पाण्डे, एफएनसिसिआई र क्लास नेपालका प्रतिनिधिहरुले प्रस्तुत कार्यपत्र माथि टिप्पणी गर्नुभएको थियो।
जेटियुसिसले आयोजना गरेको सो परामर्श बैठकमा जेटियुसिसि सम्बद्ध नेताहरुको उपस्थिति रहेको उक्त बैठकको अध्यक्षता योगेन्द्र कुंवरले गर्नु भएको थियो ।
नेपाली ट्रेड युनियनहरूको झण्डै २ दशकको लामो र निरन्तर आन्दोलनको फलस्वरूप २०७५ साल मंसिर ११ गतेबाट कार्यान्वयनमा आएको योगदानमा आधारित सामाजिक सुरक्षा छैटौँ बर्ष पुरा गरी सातौँ बर्षमा प्रवेश गर्दै गर्दा उपलब्धिलाई रक्षा गर्दै थप उपलब्धीकोलागी अझ सशक्त भएर लाग्नु पर्ने जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले बताउनु भएको छ ।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र जेटियुसिसिको आयोजनामा मंसिर १० गते आउटसोर्स श्रमिकका समस्या, सामाजिक सुरक्षा कार्यान्वयन र श्रम बजारका बारेमा समसामयिक बिषयमा आयोजित राष्ट्रिय भेलामा सो कुरा बताउनु भएको हो ।
अध्यक्ष श्रेष्ठले श्रमजीवी जनताको समृद्धिको लागी अगाडि बढी रहेको अवस्थामा सामाजिक सुरक्षा विरुद्धका भ्रमहरूलाई चिर्दै हाम्रो आन्दोलनको उपलब्धिलाई संरक्षण गर्ने दाइत्वलाई पुरा गर्न समस्त श्रम आन्दोलन एक भएर लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।
जेटियुसिसि अध्यक्ष योगेन्द्र कुँवरको अध्यक्षतामा भएको सो भेलामा अन्टुफ अध्यक्ष जगत सिम्खडाले आउटसोर्स श्रमिकका समस्या तथा ट्रेड युनियनले खेल्नु पर्ने भुमिकाको बारेमा बोल्नु भएको थियो ।
नेपाल ट्रेड युनियन महासघ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयन गराउन सक्नु नेपालको ट्रेड युनियन आन्दोलनको सफलता रहेको बताउनु भएको छ ।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसि) सुदुरपश्चिम प्रदेश समन्वय समितिले पुस ८ गते धनगढीमा आयोजना गरेको प्रदेश स्तरीय श्रम सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठ सो कुरा बताउनु भएको हो ।

अध्यक्ष श्रेष्ठले सरकारी जागिरबाट अवकास पाएका कर्मचारीले पेनशन पाए जस्तै योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अबद्ध भएका मध्ये देशभरका ५ सय ८७ जना मजदुरहरूले पनि पेन्सन बुझीरहेको र थुप्रै श्रमिकहरूले कोषमा अबद्ध भएबापत सेवा सुविधा प्राप्त गरिरहेको बताउनु हुँदै तथापि हामी ट्रेड युनियन कर्मीहरू योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई जुन गतिमा अगाडी बढाउनु पर्ने हो, जति प्रभावकारीताका साथ लानु पर्ने हो त्यस्ता सन्तोष मान्न सकिरहेको छैन भन्नु भयो ।

नेपालको श्रम बजारमा देखा परेका समस्याहरूलाई समाधान गर्न एकीकृत ट्रेड युनियनको आवश्यक रहेकोमा जोड लिनु हुँदै अध्यक्ष श्रेष्ठले म भनेर हैन हामी भनेर श्रमिक आन्दोलन सफल बनाउन सबै एक भएर अगाडी बढ्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) सहकारी प्रबन्ध विभाग संयोजक देव बहादुर बम, प्रदेश अध्यक्ष जित बहादुर मल्ल, जेटीयुसिसिका बोर्ड सदस्य लगायत जेटीयुसिसिका स्थानीय नेताहरू सहभागी रहेको थियो ।