खानी, ऊर्जा र उत्पादन क्षेत्रमा कार्यरत १३० राष्ट्रका ५५० ट्रेड युनियनमा आवद्ध ५ करोडभन्दा बढी श्रमिकहरूको अन्तररार्ष्ट्रिय संगठन इन्डस्ट्रिअल ग्लोबल युनियनका महासचिब एट्ले होइले असोज ३ गते एक बिज्ञप्ती जारी गत भाद्र २३ र २४ गते विभिन्न आधोगिक प्रतिष्ठानहरूमा भएका हिंसात्मक आक्रमणका कारण आफ्नो जागिर र जीविकोपार्जन गुमाएका हजारौं कामदारहरूप्रती ऐक्यबद्धता व्यक्त गरेको छ ।
बक्तब्यमा इन्डस्ट्रिअल, नेपालको श्रम आन्दोलनले उठाएका श्रमिक अधिकार, मर्यादित काम र सामाजिक न्यायको पक्षमा रहेको भन्दै ऐक्यबद्धता जनाएको छ ।
