????? ????????, ??????? ????????? ?????? ?????? ??????? ?????? ??
अर्न्तराष्ट्रिय ट्रेड युनियन महासंघ नेपाल आवद्ध परिषदको आयोजनामा नेपालवाट वालश्रम अन्त्य सम्वन्धि राष्ट्रिय कार्याशाला मंसिर १२ र १३ गते ललितपुरमा सम्पन्न भएको छ ।

जिफण्ट, एनटियुसी र अन्टुफका नेताहरुको सहभागिता रहेको कार्यक्रमको उद्ध्घाटन सत्रमा जिफण्ट अध्यक्ष विनोद श्रेष्ठले विध्यमान ट्रेड युनियन आन्दोलनका चुनौती र वालश्रम निवारणका समस्याको वारेमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा एनटियुसी र अन्टुफका अध्यक्षहरुले पनि धारणा राख्नु भएको थियो । कार्यक्रममा आईटीयुसी एपी, रोजगादाताका प्रतिनिधि, श्रम मन्त्रालयका प्रतिनिधि र सार्टुकका प्रतिनिधिले बिषण प्रस्तुत गर्नु भएको थियो ।
अन्टरराष्ट्रिय ट्रेड युनियन महासघ -नेपाल आबद्ध परीषद्को अध्यक्षमा नेपाल ट्रेड युनियन महासंघ जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठ आगामी २०२६ सालको लागि चयन हुनु भएको छ ।
पुस १६ गते चितवनमा आयोजित पदभार हस्तान्तरण कार्यक्रममा अध्यक्ष योगेन्द्र कुवरले पदभार हस्तान्तरण गर्नु भएको हो ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठ आगामी २०२६ सालको लागि संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) को अध्यक्षमा चयन हुनु भएको छ ।
पुस १६ र १७ गते चितवनको सौराहामा सम्पन्न जेटियुसिसीको मुल समिती बैठकमा जेटियुसिसी अध्यक्ष जगत सिंखडाले पदभार हस्तान्तरण गर्नु भएको हो ।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसि) ले सन् २०२६ का लागि पुस १६ र १७ गते चितवनमा बसेको बोर्ड बैठकले नयाँ नेतृत्व चयन गरेको छ ।
१० वटा राष्ट्रिय ट्रेड युनियन महासंघहरूको साझा मञ्चका रूपमा स्थापित जेटियुसीसिको विधानले सबै महासंघहरूबीच समान सहभागिता, एकीकृत भावना र लोकतान्त्रिक अभ्यास सुनिश्चित गर्दै आपसी सहमतिका आधारमा सन्२०२६ का लागि जिफन्ट अध्यक्ष विनोद श्रेष्ठ अध्यक्षमा, एसआइटियुसी अध्यक्ष नवराज दाहाल महासचिवमा चयन भएको हो ।
त्यसैगरी महिला समिति संयोजकमा एनटियुसी महिला संयोजक प्रमिला ढुंगाना र सचिबमा एनडिफोन्टका महिला प्रमुख रीता पोखरेल चयन हुनुभएको जेटियुसीसीले पुस २१ गते प्रेश बिज्ञप्ति मार्फत जानकारी दिनु भएको छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)र बेल्जियमको ट्रेड युनियन ACV-csc बिच राष्ट्रिय योजना बैठक चैत्र १२ गते देखी काठमाण्डौमा सुरू भएको छ ।
३ दिन सम्म संचालन हुने योजना बैठकमा सहभागी ACV-cscका प्रतिनिधीहरू तथा जिफन्ट नेतृत्वलाइ स्वागत गर्नु हुंदै जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले जिफन्ट र बेल्जियमको ट्रेड युनियन बिचको लामो समय देखीको सहकार्यले नेपालको ट्रेड युनियन आन्दोलनलाइ अगाडी बढाउन मद्धत मिलेको भन्नु हुदै नेपालमा जेन्जी आन्दोलन पछी भएको राजनैतीक परिवर्नत पछी देखा परेको ट्रेड युनियन आन्दोलन माथीको प्रहारलाइ सामना गर्न आगामी दिनमा दुइ देश बिचको ट्रेड युनियनको सहकार्य महत्वपुर्ण रहने बताउनु भएको छ ।

अध्यक्ष श्रेष्ठले मौनता साध्नु भनेको आत्मसमर्ण हैन भन्नुहुंदै बदिलयको परीवेशमा नया तरीकाबाट नेपालको ट्रेड युनियन आन्दोलनलाइ अगाडी बढाउन आवश्यक रहेको बताउनु हुंदै जिफन्टले स्थानिय तहको युनियनलाइ बलियो बनाउन आवश्यक कामहरू गरी रहेको बताउनु भयो ।
कार्यक्रममा जिफन्ट महासचिब लक्ष्मण शर्माले जिफन्टले गर्दै आइरहेको काम र जिफन्टको संरचनाका बारेमा र WSM का एसिया प्रसान्तका संयोजक ब्रोनो कुलियरले WSM र जिफन्टको सहकार्यमा भएका कामहरूको बारेमा प्रकास पार्नु भएको थियो ।

ACV-csc का एसिया प्रसान्त अन्तरर्राष्ट्रिय बिभागका प्रमुख जेरोन रेक्सेनले ३ दिने कार्यक्रमको उद्धेश्य र जिफन्ट र ACV-cscको सहकार्यको बारेमा प्रकाश पार्नु भएको योजना बैठकमा ACV-csc का एसिया प्रशान्तका संयोजक मारिया इमिरेन्टाले सहकार्यकालागी आवश्यक कामहरूको बारेमा प्रकाश पार्नु भएको थियो ।

अन्तरर्राष्ट्रिय ट्रेड युनियन केन्द्र नेपाल आवद्ध समिती (ITUC NAC) द्वारा चैत्र २० गते नेपाल ट्रेड युनियन आन्दोलनको वर्तमान अवस्था र अबको बाटो बिषयमा छलफल गरेको छ ।
ITUC NAC तथा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठको अध्यक्षतामा भएको छलफलमा नेपालमा बदिलएको राजनैतीक अवस्था पछी ट्रेड युनियन आन्दोलनको चुनौती र नेपालको ट्रेड युनियन आन्दोलनको अबको कार्यभार बिषयमा सहभागिहरूले आ–आफ्नो बिचार राख्नु भएको थियो ।
छलफलमा जिफन्ट, एनटियुसी र अन्टुफबाट ६/ ६ जना नेताहरूको सहभागीता रहेको थियो ।