मानव अधिकारको कार्यान्वयन र उत्तरदायित्वको प्रवर्धन विषयमा रणनीतिक कार्यशालामा सुरू

विश्व स्तरीय सप्लाई चेन अन्तर्गत एसियामा मानव अधिकारको कार्यान्वयन र उत्तरदायित्वको प्रवर्धन विषयमा असोज २० गते देखी इण्डोनेसियाको बाली शहरमा रणनीतिक कार्यशालामा सुरू भएको छ ।

कार्यशालामा जिफन्ट उपाध्यक्ष विदुर कार्की र महासचिव लक्ष्मण शर्मा सहभागी कार्यशालामा नेपालको श्रमिक संगठनहरुले मानवाधिकारको क्षेत्रमा गरेको योगदान र चुनौतिहरुको चर्चा गर्नुभएको थियो ।

उपाध्यक्ष कार्की र महासचिव शर्मा उक्त कार्यक्रम पश्चात वि द सोसल मुभमेण्ट (WSM) को अयोजनामा हुने पञ्चवर्षीय योजना तर्जुमा गोष्ठीमा सहभागी हुनुहुनेछ।