कुवेतबाट आयो मृतक र घाइते श्रमिकको क्षतिपूर्ति बापत तीन करोड रूपैयाँ
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (JTUCC) ले मंसिर ३ गते बदलिदो परिवेशमा श्रम, रोजगारीका बिषय र आगामी कार्यदिशा बिषयक उच्चस्तरीय संवाद कार्यक्रम सम्पन्न गरेको छ ।
संवाद कार्यक्रममा मर्यादित काम, ज्याला र सामाजिक सुरक्षा बिषयमा आइएलओ नेपालका नारायण भट्टराईले पेश गर्नु भएको कार्यपत्रमाथी नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष बिनोद श्रेष्ठ, रोजगार दाता परिषद (सिएनआइ) का सभापति ध्रुव रिजाल, सामाजिक सुरक्षा कोषका निर्देशक रोहित रेग्मीले टिप्पणी गर्नु भएको थियो ।

वर्तमान परिवेशमा जेटियुसीसीको भूमिका र आगामी नीति बिषयमा डा. हरि शर्मा र बदलिदो परिवेशमा श्रम, रोजगारीका बिषयहरु र सुमधुर औद्योगिक सम्वन्ध बिषयमा डा. केशव प्रसाद अधिकारीले प्रस्तुति गर्नु भएको थियो ।
कार्यपत्रमाथि आइएलओ नेपालका सलोमन राजवंशी, रोजगारदाता परिषद उपसभापति बाबुकाजी कार्की, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिब प्रेम प्रसाद आचार्य र नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले टिप्पणी गर्नु भएको सत्रको सहजीकरण एफइएसका निर्देशक चन्द्रदेव भट्टले गर्नु भएको थियो ।

एफइएसका निर्देशक चन्द्रदेव भट्टले सहजीकरण गर्नु संवाद कार्यक्रममा जिफन्ट उपाध्यक्ष जनक चौधरी, सचिब बेलीमाया घले, कृष्ण बहादुर केसी, बिजया खड्का लगायतका नेताहरूको सहभागिता रहेको थियो ।