पर्यावरणीय परिवर्तन र न्यायिक रुपान्तरण विषयक मुल्याांकन कार्यक्रम समपन्न

अन्तरराष्ट्रिय ट्रेड युनियन केन्द्र नेपाल आवद्ध समितीको आयोजनामा  मंसिर ५ गते पर्यावरणीय परिवर्तन र न्यायिक रुपान्तरणको विषयमा मुल्याांकन कार्यक्रम सम्पन्न गरेको छ । 

कार्यक्रमको उद्ध्घाटन सत्रमा जिफण्ट अध्यक्ष विनोद श्रेष्ठले पर्यावरणीय परिवर्तनले श्रम क्षेत्रमा पारेको प्रभावको वारेमा चर्चा गर्नु हुदै वर्तमान राजनीतिक अन्योलतामा नेपालको श्रमिकहरु एकजुट भई विध्यमान चुनौतीलाई सामना गर्नु पर्ने बताउनु भएको थियो ।

कार्यक्रममा जिफण्ट महासचिव लक्ष्मण शर्माले नेपालको श्रम क्षेत्रमा पर्यावरणिय परिवर्तन र न्यायिक रुपान्तरणको अवस्थाको वारेमा र जिफण्ट उपाध्यक्ष विदुर कार्कीले पर्यावरणिय परिवर्तन र न्यायिक रुपान्तरणका लागि गर्नु पर्ने आगामी कामको मार्गचित्र वारेमा प्रस्तुत गर्नु भएको थियो । 

अन्तरराष्ट्रिय ट्रेड युनियन केन्द्र नेपाल आवद्ध समितीका अध्यक्ष योगेन्द्र कुवरको अध्यक्षतामा भएको  मुल्याांकन कार्यक्रममा जिफण्ट, एनटियुसी र अन्टुफका प्रतिनिधीहरूको सहभागिता रहेको थियो ।