??? ????? ????? ??????

?????? : ????? ??????

????? ????????, ??????? ????????? ?????? ?????? ??????? ?????? ??

मर्यादित रोजगारी र जिउन पुग्ने ज्याला लागुहुनु पर्छः जिफन्ट अध्यक्ष श्रेष्ठ

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसि) को छैटौँ श्रम संसदको पुस १६ गते सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नु हुँदै श्रमको सम्मान गर्दै श्रम र श्रमिक केही हुन् भन्ने मान्यतालाई विशेष जोड दिएर मुलुकले चाहेको विकासको गति अघि बढाउनु अहिलेको आवश्यकता रहेको बताउनु भएको छ ।


कार्यक्रममा नेपाल ट्रेड युनियन महासघ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठले योगदानमा आधारित सामाजिक सुरक्षा प्रभावकारी कार्यान्वयन नहुनु दुखदायी रहेको बताउनु भएको छ । 

दिनहुँ नेपाली युवाहरू बिदेसिएकोमा सबैले चिन्ता व्यक्त गरेता पनि किन विदेश गएका हुन् भन्ने बारेमा चासो नदिएको भन्नु हुँदै अध्यक्ष श्रेष्ठले नेपालमा मर्यादित रोजगारी र जिउन पुग्ने ज्याला लागु गर्न सके नेपाली युवाहरू नेपाल मै बसेर काम गर्ने बताउनु हुँदै युवाहरू रोजगारीका लागि होइन, रहरले मात्र विदेश जाने बताउनु भयो ।

नेपाल ट्रेड युनियन महासंघ लगायत नेपालका ठुला ट्रेड युनियनहरूले समय सापेक्ष श्रम ऐन २०७४ संशोधन गर्नु पर्ने माग गर्दै आइ रहेको भन्नु हुँदै ट्रेड युनियन आन्दोलन मर्यादित रोजगारी र जिउन पुग्ने ज्यालाको पक्षमा रहेको र यो वर्ष ज्याला पुनरावलोकनको वर्ष पनि भएको हुनाले  अब न्युनतम ज्याला हैन जिउन पुग्ने ज्यालाको लागि सरकारको ध्यानाकर्षण हुनु पर्नेमा अध्यक्ष श्रेष्ठले जोड दिनु भयो ।

अध्यक्ष श्रेष्ठले श्रमिकको नाममा गैर ट्रेड युनियनका प्रतिनिधीहरूलाई सरकारले प्रशय दिँदै आएकोमा दुख व्यक्त गर्दै यस्ता गलत निर्णयलाई सरकारले बैलैमा सच्याउन आग्रह पनि गर्नुभयो ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसि) को हरेक वर्ष नेतृत्व हस्तान्तरण गर्ने परम्परा अन्तरगत आगामी एक वर्षकालागि छैटौँ श्रम संसदले जगत सिम्खडालाई अध्यक्ष पद हस्तान्तरण गरेको छ ।
 

जिफन्ट महासचिव लक्ष्मण शर्माले पर्यटन क्षेत्रमा जलवायु संकटको असर र न्यायिक रूपान्तरण सम्बन्धी कार्यपत्र पेश

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) महासचिव लक्ष्मण शर्माले पर्यटन क्षेत्रमा जलवायु संकटको असर र न्यायिक रूपान्तरण सम्बन्धी संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसि) द्वारा फागुण ६ गते पोखरामा आयोजित अन्तरक्रिया कार्यक्रममा कार्यपत्र पेश गर्नु भएको छ ।

कार्यपत्र पेश गर्नु हुँदै महासचिव शर्माले जलवायु परिवर्तनले श्रम क्षेत्रमा पारेको प्रभाव र न्यायिक रूपान्तरणका लागि ट्रेड युनियनको भूमिका बारेमा चर्चा गर्नु भएको थियो । 

जेटियुसिसि अवद्ध ट्रेड युनियनहरू, पर्यटन क्षेत्रका ब्यवसायीहरू, राजनैती पार्टीका प्रतिनिधिहरू सहभागी सो अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले उठाउनु भएको विषयलाई  जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले प्रकाश पार्नु भएको थियो ।
 

"विविधतामा एकता" मार्गदर्शक सिद्धान्तः जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठ

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठले श्रमिकहरूले प्रजातन्त्र, समानता र सामाजिक न्यायकालागि लामो संघर्षको इतिहास बोकेको र प्रारम्भिक दिनहरूमा, ट्रेड युनियनहरू श्रमिकहरूको आधारभूत अधिकारका लागि लड्यौ तथापि, विभिन्न राजनीतिक दलहरूका सम्बन्धनमा विभाजित आन्दोलनले उचित मार्ग प्रशस्त गर्न सकेन। तर, जब हामीले नेपालका छरिएर रहेका ट्रेड युनियनहरूलाई एकीकरण गरी संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसि) सन् २००७ मा गठन गर्यो, तब श्रमिकहरूको आवाज सशक्त बनाउन सफल भयो।

"विविधतामा एकता" को सिद्धान्तलाई मार्गदर्शक मानेर, जेटियुसिसिले नेपालमा ट्रेड युनियन प्रयासहरू एकीकृत गर्दै श्रमिकहरूको साझा मुद्दालाई नीति सुधार, औद्योगिक शान्ति र विकासका लागि आवाज उठाउँदै आएको बताउनु भएको छ ।

पब्लिक सर्भिस इन्टरनेशनल (PSI) द्वारा चैत्र २७ गते काठमाण्डौमा आयोजित सरसफाइ क्षेत्र सम्बन्धी दक्षिण एसिया क्षेत्रीय बैठकमा अध्यक्ष श्रेष्ठले सो कुरा बताउनु भएको हो । 

अध्यक्ष श्रेष्ठले नेपालका श्रमिकहरू र ट्रेड युनियनहरू राजनीतिक आन्दोलन र जनताको लोकतन्त्र पुनर्स्थापनासँग प्रत्यक्ष रूपमा जोडिएको भन्नु हुँदै ट्रेड युनियन आन्दोलन श्रमिकहरूको अधिकार सुनिश्चित गर्ने र सामाजिक संवादमार्फत उपलब्धिहरू संस्थागत गर्ने दिशामा केन्द्रित भएको र हाम्रो सामाजिक संवादको मुख्य उद्देश्य औद्योगिक शान्ति स्थापना गर्नु र मर्यादित श्रमको लक्ष्य प्राप्त गर्ने मा जोड दिनु भएको थियो ।


आइटियुसी नेपाल आवद्भ समितीद्वारा संचार तथा रिपोट लेखन सम्बन्धी प्रशिक्षण

अन्तरराष्ट्रिय ट्रेड युनियन केन्द्र नेपाल आवद्भ समिती (ITUC–NAC) ले साउन २२ गते देखी संचार तथा रिपोट लेखन सम्बन्धी प्रशिक्षण सुरू गरेको छ । 

नेपाल आवद्भ समिती संयोजक योगेन्द्र कुंवरको अध्यक्षतामा शुभारम्भ भएको प्रशिक्षण कार्यक्रममा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले ट्रेड युनियन आन्दोलनलाइ सफल बनाउन संचारको ठुलो महत्व हुने बताउनु भएको छ ।

अध्यक्ष श्रेष्ठले संचार प्रबिधीमा भइरहेको तिब्र बिकासलाइ सहि ढंगबाट प्रयोग गर्न सके संगठन परीचालन तथा ट्रेड युनियन आन्दोलनलाइ अगाडी बढाउन सहज हुने भएकोले सुचना प्रबिधीमा आएको परीवर्तन संगै ट्रेड युनियनकर्मीहरूको पनि त्यस सम्बन्धी दक्षता अभिबृद्धी गर्न यस्ता प्रशिक्षण महत्वपुर्ण हुने बताउनु भयो ।

२ दिन सम्म संचालन भएको प्रशिक्षण कार्यक्रमको पहिलो दिन संचार क्षेत्रको आधारभुत पक्षहरू, सामाजिक संजालको सदुपयोग, अनलाइन क्याम्पेन र कन्टेन क्रियशनको बारेमा अमरध्वज लामाले प्रशिक्षण दिनु भएको थियो भने दोस्रो दिन रिपोट लेखनबारे तिलक जंग खड्काले प्रशिक्षण दिनु हुने छ । 

तालिम कार्यक्रममा जिफन्ट, एनटीयुसी र अन्टुफका १८ जना प्रशिक्षार्थी सहभागी रहेको छ ।

 

प्रविधिको प्रयोग गरेर संसारभरको श्रमिकहरुलाई शोषणः जिफन्ट संरक्षक बिष्णु रिमाल

श्रम संसारमा देखीएका चुनोती र त्यस्को समाधान बिषयमा भदो ४ गते देखी थ्रि एफ डेनमार्कको आयोजनामा काठमाण्डौमा एसिया प्रसान्त स्तरीय कार्यक्रम सुरू भएको छ ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) संरक्षक बिष्णु रिमालले श्रम संसारमा शोषण जारी छ तर विगतको भन्दा फेरिएको भन्नु हुंदै ईण्टरनेट र एआई प्रविधिको प्रयोग गरेर संसारभरको श्रमिकहरुलाई शोषण गरिए रहेको बताउनु भएको छ।

यो बदलिएको परिस्थितिसंग जुधेर न्यायिक समाज निर्माण गर्न ट्रेड युनियनहरुले नीति, विधि र साधनहरु बदल्नु पर्दछ भन्नुहुंदै संरक्षक रिमाले ट्रेड युनियनहरुको प्रभावकारिताले श्रमिक वर्ग र सिंगो समाजलाई रुपान्तरणमा सहयोग गर्ने बिश्वास पनि ब्यक्त गर्नु भयो ।
जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले कार्यक्रममा सहभागिहरूलाइ स्वागत गर्नु हुंदै बर्तमान श्रम आन्दोलनको अवस्था र ट्रेड युनियन आन्दोलनको जिम्मेवारीका बारेमा भनाइ राख्नु भएको थियो ।

बिडब्लुआइ एसिया प्रसान्तका कोअडिनेटर एपोलिनो टोलिनटिनो (डोङग) इण्डष्ट्रीअलका प्रतिनिधी आसुतोस दक्षिण एसियाका बरिष्ठ युनियन कर्मि शुलतान लगायतका प्रतिनिधिहरूले मन्तब्य राख्नु भएको कार्यक्रमको सहजीकरण थ्रि एफ एसियाका कोअडिनेटर बुद्धी अचार्यले गर्नु भएको थियो ।

३ दिन सम्म संचालन हुने कार्यक्रमको पहिलो दिन जिफन्टको तर्फबाट महासचिव लक्ष्मण शर्माले बदलिदो श्रम सॅसारको सन्दर्भमा श्रमिकका अधिकार र हित संरक्षणकोलागि जिफन्टले गरेका नयॅा गतिविधिहरुको बारेमा कार्यपत्र प्रस्तुतिकरण गर्नुभएको थियो ।

कार्यक्रमको थप फोटोकोलागी तलको लिंकमा क्लीक गर्नुहोस् ।

https://www.facebook.com/media/set/?set=a.122165383022435116&type=3

 

अन्तररार्ष्ट्रिय ट्रेड युनियन केन्द्र ITUC-एशिया प्यासिफिकद्वारा ऐक्यबद्धता व्यक्त

अन्तररार्ष्ट्रिय ट्रेड युनियन केन्द्र ITUC-एशिया प्यासिफिकले गत भाद्र २३ र २४ गते जेन्जीको नाममा भएको अराजकताका कारण विभिन्न आधोगिक  प्रतिष्ठानहरूमा भएका हिंसात्मक आक्रमणका कारण आफ्नो जागिर र जीविकोपार्जन गुमाएका हजारौं कामदारहरूप्रती ऐक्यबद्धता व्यक्त गरेको छ ।

असोज २ गते ITUC-एशिया प्यासिफिकका महासचिब शोया योशिदाले प्रेश बक्तब्य मार्फत "यस महत्वपूर्ण घडीमा, अन्तरिम सरकारले कामदारहरूको एजेन्डालाई आफ्नो प्राथमिकतामा राख्नुपर्छ र मर्यादित काम, सामाजिक सुरक्षा र ट्रेड युनियन अधिकारको सम्मान ऐच्छिक नभएको भन्नु हुंदै नेपालले लोकतन्त्र शासनमा विश्वास पुनर्स्थापित गर्ने हो भने श्रमिक र उनीहरूका परिवारहरूको लागि रोजगारीको सुरक्षा र सुरक्षा सुनिश्चित आवश्यक रहेकोमा जोड दिनु भएको छ ।

बक्तब्यमा भाद्र २३ गते नेपालका युवाहरूको नेतृत्वमा भएको विरोध प्रदर्शनका क्रममा ज्यान गुमाउनु भएकाहरू प्रती ITUC-Asia Pacific उनीहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूका परिवारहरूप्रति गहिरो समवेदना र घाइतेहरूको पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ ।

त्यसैगरी ITUC-एशिया प्रशान्त युवा समितिका अध्यक्ष डा. जोए पोर्टले पनि नेपालका ट्रेड युनियन र युवाहरूको लागि ऐक्यबद्धता व्यक्त गर्दै नेपालमा रहेका ITUC सम्बद्ध ट्रेड युनियनहरूले लोकतन्त्र, मर्यादित काम र सामाजिक न्यायको साहसपूर्वक रक्षा गरिरहेका भन्नु हुंदै ट्रेड युनियन र मानव अधिकारको रक्षा गर्न, र जीवनको क्षति र हिंसाको निष्पक्ष अनुसन्धान गर्न आवश्यक रहेको बताउनु भएको छ।