आइटियुसी नेपाल समितिको आयोजनामा असोज २९ गते “एशियामा डेनिस ट्रेड युनियन डेभलपमेन्ट एजेन्सी (डीटीडीए) रणनीतिक साझेदारी सम्झौतामाथि प्रभाव अध्य्यन” विषयक समिक्षा कार्यक्रम सम्पन्न भयो ।

आइटियुसी नेपाल समिति अध्यक्ष योगेन्द्र कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठले वर्तमान राजनैतिक अवस्था कायम रहे ट्रेड युनियन आन्दोलन खतरामा पर्ने बताउनु हुँदै डीटीडीए सँगको लामो सहकार्यमा नेपालको श्रम अन्दोलनलाई विकास गर्न गरेका कामको मूल्याङ्कन गरी थप योजनाका साथ अगाडी बढ्नु पर्ने बताउनु भएको छ ।

डेनिस ट्रेड युनियन डेभलपमेन्ट एजेन्सी (डीटीडीए) का प्रोग्राम अफिसर जोन पलले कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको कार्यक्रममा जिफन्ट उपाध्यक्ष बिदुर कार्की, महासचिव लक्ष्मण शर्मा लगायतले भनाइ राख्नु भएको थियो ।
जिफन्ट, एनटीयुसी र अन्टुफका नेताहरूको उपस्थिति रहेको कार्यक्रममा अन्टुफ अध्यक्ष जगत सिम्खडाले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
कार्यक्रमको थप फोटोकोलागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://www.facebook.com/media/set/?set=a.122172465014435116&type=3