सूचित रहनुहोस्, प्रेरित रहनुहोस्। हाम्रो समाचार पृष्ठमा स्वागत छ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठले संबिधान दिवस २०८३ को सन्दर्भमा भाद्र ३ गते भिडियो मार्फत शुभकामना दिनु भएको छ ।
शुभकामना सन्देश मार्फत अध्यक्ष श्रेष्ठले नेपाली श्रमजीवी जनताको सदियौँदेखिको लोकतन्त्र, न्याय र समानताको संघर्ष तथा हजारौँ शहीदहरूको बलिदानबाट प्राप्त नेपालको संविधान, २०७२ जारी भएको ऐतिहासिक अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी जनसमुदायमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) तर्फबाट शुभकामना व्यक्त गर्नु भएको छ ।
अध्यक्ष श्रेष्ठले लामो संघर्ष र बलिदानबाट प्राप्त संविधान श्रमिक जनताका अधिकार, लोकतान्त्रिक मूल्य र सामाजिक न्यायको महत्वपूर्ण आधार हो। यसको प्रभावकारी कार्यान्वयन, संरक्षण र सुदृढीकरण गर्दै सामाजिक न्याय, समानता, श्रम अधिकार र समृद्धिको दिशामा अघि बढ्नु आजको आवश्यकता भएको भन्नु हुंदै संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानले सुनिश्चित गरेका अधिकार तथा उपलब्धिहरूको संरक्षण गर्दै जनविश्वास अभिवृद्धि र समृद्ध राष्ट्र निर्माणका लागि एकताबद्ध भएर अघि बढ्न सबैमा अनुरोध समेत गरेको छ ।
संबिधान दिवस २०८३ को शुभकामना भिडियो संलग्न छ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले भोटेकोशी बाढीका कारण ज्यान गुमाएका नागरिकहरूको स्मृतिमा श्रद्धाञ्जली तथा बेपत्ता भएका श्रमिकहरूको सम्झनामा असोज २ गते काठमाडौंको बसन्तपुरमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले दुःखद विपद्मा जीवन गुमाउनुहुने सम्पूर्ण श्रमिक तथा नागरिकहरूप्रति जिफन्टको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजन तथा सहकर्मीहरुप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइते दाजुभाई दिदी बिहिनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना र सबै बेपत्ता स्वदेशी–विदेशी नगारिक तथा श्रमिकहरूहरूको खोजी तथा उद्धारका लागि राज्यका सम्पूर्ण संयन्त्रलाई अझ प्रभावकारी रूपमा परिचालन गर्न आग्रह समेत गरेको छ ।

अध्यक्ष श्रेष्ठले जिफन्टका लागि श्रमिकको दुःख कुनै तथ्याङ्क मात्र होइन, आफ्नै परिवार माथी आइपरेको पीडा भएको भन्नु हुंदै विपद् आएको दिनदेखिनै जिफन्टले आफ्नो संगठनात्मक संरचनालाई परिचालन गर्दै उद्धार, राहत, प्रभावित परिवारको पहिचान, तथ्याङ्क सङ्कलन, अस्थायी आश्रयको निर्माण तथा आधारभूत आवश्यकताको व्यवस्थापन लगायतका काममा आफ्नो क्षमता र स्रोतअनुसार निरन्तर सहयोग गर्दै आएको बताउनु भयो ।
राहतले तत्कालको पीडा कम गर्छ, तर बिछोडिएका परिवारहरुको पुनरमिलन श्रमिकहरूको रोजगारी र पुनःनिर्माणले मात्र भविष्य बनाउँछ ।
त्यसैले बाढीका कारण ज्यान गुमाएका श्रमिकका परिवार, घाइते भएका तथा रोजगारी र सम्पत्ति गुमाएका सम्पूर्ण मजदुरहरूलाई सरकारले तत्काल उचित क्षतिपूर्ति, विशेष राहत प्याकेज, र उनीहरूको घर परिवार, रोजगारी, आयआर्जन, सामाजिक सुरक्षा र सुरक्षित भविष्य सुनिश्चित हुने गरी दीर्घकालीन पुनःस्थापना र दिगो पुनर्निर्माण आवश्यक छ भन्ने कुरामा जिफन्टको जोड रहेको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
रसुवा–भोटेकोशीमा देखिएको विपद्लाई केवल एउटा प्राकृतिक घटना भनेर पन्छिन नमिल्ने भन्दै अध्यक्ष श्रेष्ठले जलवायु परिवर्तन गराउने विश्वव्यापी उत्सर्जनमा नेपालको योगदान अत्यन्त न्यून छ, तर यसको असर हामी श्रमिकहरूले अत्यन्तै जोखिमपूर्वक सामना गरिरहेकोले जिफन्टले पहिलेदेखिनै विभिन्न राष्ट्रिय–अन्तरराष्ट्रिय मञ्चमा उठाउँदै आएको “नेपाललाई दया होइन, जलवायु न्याय चाहिएकोमा जोड दिनु भएको छ ।“
आजको श्रद्धाञ्जली केवल विगत सम्झने कार्यक्रम मात्र नभइ भविष्यका लागि एउटा संकल्प पनि हो तसर्थ जलवायु जोखिम भएका क्षेत्रको वैज्ञानिक पहिचान र जोखिम नक्साङ्कन गर्नु, पूर्वसूचना प्रणालीलाई गाउँ–गाउँ र श्रमिक बस्ती–बस्तीमा तथा प्रत्येक कार्य ठलो पु¥याउनु, बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र सुरक्षित बस्ती विकासको कामलाई तीव्र बनाउनु, विपद्का कारण रोजगारी र जीवनयापन गुमाएका सम्पूर्ण श्रमिकहरूलाई राज्यका तर्फबाट उचित क्षतिपूर्ति र विपद संवेदनशील सामाजिक सुरक्षाको ग्यारेन्टी गरिनु र रोजगारी गुमाउने श्रमिकका लागि न्यायोचित संक्रमणको नीति अघि बढाउन जिफन्टको तर्फबाट सरकार समक्ष माग समेत गरेको छ ।
दीप प्रज्वलन कार्यक्रमको फोटोकोलागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://www.facebook.com/media/set/?set=a.122205470072435116&type=3
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का संरक्षक विष्णु रिमालले श्रम बजारमा लचकता आवश्यक भए पनि त्यससँगै श्रमिकको रोजगारी सुरक्षा र सामाजिक संरक्षण बलियो हुनुपर्ने बताउनुभएको छ।
श्रीलंकाको कोलम्बोमा सेप्टेम्बर ४ देखि आयोजित दक्षिण एसियाली श्रम कानुन सुधारसम्बन्धी क्षेत्रीय ट्रेड युनियनहरूको अनुभव आदानप्रदान कार्यक्रममा प्रस्तुति दिँदै रिमालले ट्रेड युनियन आन्दोलन लचकताको विरोधी नभएको, तर सुरक्षाविहीन लचकता स्वीकार्य नहुने स्पष्ट पार्नुभएको हो।

उहाँले श्रम बजारमा जति बढी लचकता ल्याइन्छ, त्यति नै बढी सामाजिक सुरक्षा आवश्यक हुने बताउनुभयो। श्रमिकमाथि रोजगारीको जोखिम बढाइन्छ भने त्यसको क्षतिपूर्तिका लागि राज्य र रोजगारदाताबाट बलियो सामाजिक संरक्षण सुनिश्चित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
नेपालको श्रम कानुन सुधारका क्रममा सामाजिक सुरक्षा, श्रम लचकता, रोजगारी अन्त्यसम्बन्धी नीति, लैंगिक समानता, श्रम प्रशासन, ट्रेड युनियन अधिकार तथा सामूहिक सौदाबाजी र अनौपचारिक श्रमलाई प्रमुख विषयका रूपमा अघि बढाइएको रिमालले बताउनुभयो।
नेपालमा श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, श्रम व्यवस्थाका महत्वपूर्ण आधार बनेको उल्लेख गर्दै उहाँले यी दुई कानुन एकअर्काका विकल्प नभई परिपूरक हुनुपर्ने धारणा राख्नुभयो।
रिमालले श्रमिकको व्यापक संरक्षणका लागि मर्यादित रोजगारी, बलियो सामूहिक सौदाबाजी र सार्वभौमिक सामाजिक सुरक्षा आवश्यक रहेको बताउनुभयो। उहाँले श्रमिक आन्दोलनका आधारभूत मूल्य समानता, सामाजिक न्याय र ऐक्यबद्धता रहेको उल्लेख गर्दै बदलिँदो प्रविधि र श्रम बजारसँगै ट्रेड युनियनहरू पनि अझ संगठित, रणनीतिक र एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो।

श्रमिकका अधिकार एकपटक प्राप्त भएपछि स्थायी रूपमा सुरक्षित नहुने भन्दै संरक्षक रिमालले तिनको निरन्तर रक्षा, सुदृढीकरण र नवीकरण गर्नुपर्ने बताउनुभएको छ।
उहाँका अनुसार श्रमिक अधिकारको संरक्षण निरन्तर चलिरहने प्रक्रिया हो र बदलिँदो श्रम संसारमा ट्रेड युनियनको भूमिका अझ महत्वपूर्ण बन्दै गएको छ।
जिफन्ट संरक्षक बिष्णु रिमालको प्रस्तुती हेर्नकालागी तलको लिंकमा क्लीक गर्नु होला
https://bishnurimal.substack.com/p/we-are-not-against-flexibility-we?r
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले भाद्र १० गते आएको बाढीबाट प्रभावित धादिङको गल्छी गाउँपालिका–६, बैरेनीमा उद्धार तथा राहत अभियानअन्तर्गत भग्नावशेष हटाउने र हिलो पन्छाउने काम सुरु गरेको छ।
भाद्र १७ गते जिफन्ट अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा ६५ सदस्यीय टोली बाढी प्रभावित क्षेत्रमा परिचालन भएको हो। टोलीलाई प्रभावित क्षेत्रमा पठाउनुअघि जिफन्ट कार्यालयमा बिदाइ कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा नेकपा एमालेका सचिव महेश बस्नेतलगायत नेताहरूको उपस्थिति रहेको थियो।
जिफन्टको ६५ जना स्वयमसेवकहरूले भाद्र १७ र १८ गते २ दिन बैरेनी क्षेत्रमा बाढीबाट प्रभावित आवास तथा आसपासका क्षेत्रमा जमेको हिलो पन्छाउने, भग्नावशेष हटाउने र सरसफाइ गर्ने काम गर्नेछ।
त्यसपछि टोली भाद्र १९ गते देखि बाढीबाट प्रभावित रसुवा जिल्लामा खटिने जिफन्टले जनाएको छ।
जिफन्टले बाढी प्रभावित श्रमिक तथा समुदायलाई तत्काल राहत उपलब्ध गराउनुका साथै प्रभावित क्षेत्रको पुनर्स्थापनामा समेत सहयोग गर्ने उद्देश्यले उद्धार, राहत तथा पुनर्स्थापना अभियान सञ्चालन गरिरहेको छ।
फोटोकोलागी तलको लिंकमा क्लीक गर्नु होला ।
https://www.facebook.com/media/set/?set=a.122204060342435116&type=3
https://www.facebook.com/media/set/?set=a.122204145860435116&type=3
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले भाद्र १० गते त्रिशुली नदिमा अकस्मात आएको बाढीले क्षेती पुर्याएको धादिङ जिल्लाको गल्छी - ६ स्थीत बैरनीमा भएका भग्नावशेष र हिलो पन्छाउन स्वयमसेवक खटाउने भएको छ ।

भाद्र १६ गते जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठको नेतृत्वमा उपाध्यक्ष जितेन्द्र श्रेष्ठ, महासचिब लक्ष्मण शर्मा र क्यूपेक महासचिब किर्तीनिधी बिष्टको टोलीले स्थलगत निरीक्षण गरेको थियो ।
जिफन्ट टोलीको निरीक्षण पछी गल्छी र बैरनी क्षेत्रको निजी तथा सावर्जनिक आवासको भग्नावशेषस पन्छाउन र आवास भित्रको हिलो हटाउन आज देखी ५० जना स्वयमसवेक परीचालन गर्न लागेको हो ।
त्यसैगरी १० गतेको बाढीबाट प्रभावीत भएको रसुवा जिल्लामा अध्यक्ष बिनोद श्रेष्ठको नेतृत्वमा तत्कालै स्वयम सेबक पठाउन लागेको जिफन्ट कार्यालयले जानकारी दिएको छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल चिया कफि श्रमिक युनियनद्वारा झापा जिल्लाको १ नं. निर्वाचन क्षेत्रको भेला भाद्र १३ गते सम्पन्न गरेको छ ।
युनियनको क्षेत्रिय इन्चार्ज दिनेश गिरीकोअध्यक्षता भएको भेलाको प्रमुख अतिथी केन्द्रीय अध्यक्ष शन्तकुमार राईले चिया श्रमिकहरुले पाउनु रकम, योगदानमा आधारित सामाजिक सुरक्षाकोषमा सूचीकरण, बिगतको सम्झौताहरु कार्यन्वयन र मौसमी श्रमिकलाई रोजगार सम्झौता लगायतका बिषयहरूका बारेमा प्रकाश पार्नु भएको थियो ।
भेलामा केन्द्रीय उपाध्यक्ष सहिकुमार राई लगायतका नेताहरूको उपस्थिती रहेको थियो ।