??? ????? ????? ??????

?????? : ????? ??????

????? ????????, ??????? ????????? ?????? ?????? ??????? ?????? ??

डुबानमा परेकाहरूको उद्दारका लागि जिफन्ट सुदुरपश्चिमले टोलीको गठन गर्यो

लगातार  ४ दिनदेखि भएको अबिरल वर्षाका कारण कैलाली जिल्लाको विभिन्न स्थानमा डुबानमा परेकाहरूको उद्दारका लागि जिफन्ट सुदुरपश्चिम प्रदेश अध्यक्ष जित मल्लको नेतृत्वमा  १५ जनाको उद्दार टोलीको गठन भएको छ ।  

सो उद्दार टोलीले डुबान क्षेत्रमा उद्दारको कार्य गरेको र अझै जोखिमपुर्ण अबस्था रहेको  स्थानमा उद्दार कार्य जारी रहेको प्रदेश अध्यक्ष जित मल्लले जानकारीमा  दिनु भएको छ 

जहाज दुर्घटनामा भएको क्षतिप्रति जिफन्टद्वारा दु:ख व्यक्त

सौर्य एयरलाइन्सको असार ९ गते बिहान भएको जहाज दुर्घटनामा १८ जना प्राविधिक र क्र्यु मेम्बरको निधनले जिफन्ट परीवार अत्यन्त दुःखीत भएको छ ।

जिफन्ट, दुर्घटनामा निधन हुने सबै मृतकहरुलाई हार्दिक श्रद्धाञ्जली र मृतकका शोकाकुल परिवारजनमा गहिरो समवेदना एवं घाईते भएका क्याप्टेन मनिष रत्न शाक्यको सिघ्रस्वास्थ लाभको कामना गर्दछ ।

शारीरिक श्रम गर्ने करिब ७० प्रतिशत व्यक्ति अत्यधिक गर्मीको चपेटामा

संयुक्त राष्ट संघका महासचिव एन्टोनियो गुटरेसले पृथ्वीको बढ्दो तापक्रमको असरबाट श्रम गरेर परिवार पाल्नेहरुको सुरक्षामा जोड दिन आव्हान गर्नु भएको छ । 

साउन १०गते बिहीबार अमेरिकाको न्युयोर्कस्थित युएन मुख्यालयमा आयोजित पत्रकार भेटघाटमा बोल्दै महासचिव गुटरेसले यस्तो सन्देश दिनु भएको हो । 

उहाँले भन्नुभयो "विश्वभर बढीरहेको गर्मीको असर भने सबैलाई समान रुपमा परेको छैन । शीतलमा बस्ने सुविधाबाट बन्चित गरिब, मजदुर, विस्थापित तथा गर्भवती, बालबालिका, वृद्धवृद्धा, विकलाङ्ग व्यक्तिहरु बढी प्रभावित छन् ।" 

साउन ६ गते आइतवार अर्थात् सन् २०२४  जुलाई २१ का दिन पृथ्वीको इतिहासकै सबैभन्दा गर्मी दिनको रुपमा मापन गरिएपछि महासचिव गुटरेसले श्रमिकहरूको संकटका बारेमा संवेदनशील रहन आग्रह गर्नु भएको हो । 

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को एक नयाँ रिपोर्ट अनुसार विश्वभर शारीरिक श्रम गर्न सक्ने करिब ७० प्रतिशत व्यक्ति अत्यधिक गर्मीको चपेटामा परेका छन् ।

 

‘जलवायु संकटसंग जुध्नकालागि बनाइने न्यायिक संक्रमणका रणनीतिहरू विशिष्ट प्रकारको हुनुपर्छः जिफन्ट महासचिब

नेपालका श्रम क्षेत्रमा गरिने ‘जलवायु संकटसंग जुध्नकालागि बनाइने न्यायिक संक्रमणका रणनीतिहरू विशिष्ट प्रकारको हुनुपर्ने’ नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) महासचिव लक्ष्मण शर्माले बताउनु भएको छ ।  महासचिव शर्माले उक्त कुरा आश्विन २ देखि ४ गतेसम्म थाइलेण्डको बैंककमा श्रमिक र न्यायिक संक्रमणको विषयमा भएको एसिया प्रशान्त क्षेत्रको सम्मेलनमा बताउनुभएको हो।

महासचिव शर्माले नेपालमा जलवायु संकटको तिब्र असर,  बहुसङ्ख्यक अनौपचारिक र असंगठित श्रमिकहरू ठुलो संख्यामा वैदेशिक रोजागारहरु, सुरुवाती चरणमा रहेको सामाजिक सुरक्षा प्रणाली भएकोले औद्योगिक राष्ट्रहरूको न्यायिक संक्रमणको मोडेलबाट हामीले सिक्नुपर्दछ तर नक्कल गर्नु हुँदैन भन्नुभयो। 

जिफन्टको तर्फबाट जलवायु संकटको माझमा नेपाली श्रमिकहरुले व्यहोर्नुपरेको समस्याको बारेमाकार्यपत्र प्रस्तुत गर्दै वहाँले वैदेशिक रोजगारीमा अरब र मलेसियामा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्य र सुरक्षाको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएकोथियो।

त्यसैगरी अर्को सत्रमा जिफन्टले जलवायु संकटको सम्बोधन गर्न जिफन्ट र नेपाली श्रमिकहरुले सञ्चालन गरेका न्यायिक संक्रमणका कार्यक्रमहरूको बारेमा विवरण प्रस्तुत गर्नुभएको थियो। 

सम्मेलनले एसिया प्रशान्त क्षेत्रका श्रमिक युनियनहरुको तर्फबाट न्यायिक संक्रमणमा यो क्षेत्रको अवस्था र मागहरु समेटिएको प्रस्ताव पनि अनुमोदन गरेकोछ। 
 

उद्दार कार्यमा जुट्न जिफन्टका कार्यकर्ता तथा सदस्यहरूलाई अनुरोध

गत शुक्रवारदेखि परिरहेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरो तथा दुबानले जनजीवन अस्तव्यस्त बनेको छ । 

मानविय र भौतिक क्षति भएको विवरणहरू आईरहेका छन् । सडक अवरूद्धका कारण सयौं संख्यामा यात्रुहरुको विचल्ली भएका छन् । 

यस्तो प्राकृतिक प्रकोपको कारण अप्ठ्यारो अवस्थामा रहेका जो कोहीलाई मद्दत गर्न र नजिक पर्ने स्थानहरूमा आफु सुरक्षित हुदै सुरक्षित तरिकाले उद्दार कार्यमा जुट्न नेपाल ट्रेड युनियन महासंघ जिफन्टका कार्यकर्ता तथा सदस्यहरूलाई परिचालन गर्न सम्बन्धित कमिटीहरूलाइ निर्देशित गरीएको छ । प्रस्तुत छ जिफन्ट टोलीद्वारा असोज १२ गते अपरान्ह टेकु, दोभानबाट उद्दार गरिएको दृश्य ।

वाढी पहिरोबाट पीडितहरूको तत्काल राहत तथा उचित व्यवस्थापन गर्न जिफन्टको माग

नेपाल ट्रेड युनियन महासंघले (जिफन्ट)ले वक्तव्य जारी गर्दै यही असोज १० गते रातीदेखि अविरल वर्षा तथा वाढी पहिरोको कारणले देशका विभिन्न भागमा व्यापक धनजनको क्षति र चाडबाडको मुखमा यस्तो प्राकृतिक प्रकोपबाट दैनिक गुजारा गर्ने श्रमजीविवर्गहरुलाई प्रत्यक्ष प्रभाव प्रति सिङ्गो महासंघ परिवार स्तब्ध भएको जनाएको छ । विपत्तिबाट ज्यान गुमाउनु भएकाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको पनि कामना गरेको छ ।

वाढी पहिरोबाट पीडितहरूको तत्काल राहत तथा उद्धारको व्यवस्था र सडक अवरूद्धका कारण यात्रुहरुको बिचल्लीमा परेकाहरूको उचित व्यवस्थापन गर्न सम्बन्धित निकाएको ध्यानाकर्षण गराउँदै जिफन्टको सम्पुर्ण संरचना, आबद्ध युनियन र कार्यकर्ताहरूलाई राहत र उद्धारका लागि तत्कालै लाग्न समेत आह्वान गरेको छ । 

साथै जिफन्ट बिपत ब्यवस्थापन र युवा कमिटीले असोज १३ गते बाढीबाट क्षतिग्रस्त सुन्दरीघाट स्थीत सुलक्षण किर्ती बिहारमा हिलो पन्छाउने काम गरेको छ ।

त्यसैगरी जिफन्ट केन्द्रीय कार्यालयमा बसेको आकस्मिक बैठकले बाढीबाट क्षतिग्रस्त बनेको नेकपा (एमाले)को कार्यालयलाई व्यवस्थित गर्नका लागि श्रमिक टोलीलाई तयारी अवस्थामा राखेको जानकारी प्राप्त भएको छ ।