????? ????????, ??????? ????????? ?????? ?????? ??????? ?????? ??
नेपाल ट्रेड युनिनयन महासंघ जिफन्टले संचालन गर्दै आइरहेको ट्रेड युनियन शिक्षामा प्रयोग भइरहेका पाठ्यसामंग्रीलाइ समय सापेक्ष पुनरावलोकन गर्न भदौ ३ गतेदेखि काठमाडौँमा ३ दिने कार्यशाला सुरु गरेको छ ।
डिल्ली बजारस्थित एक होटलमा जारी कार्यशालाको शुभारम्भ गर्नु हुँदै जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले १७ वर्ष अगाडी बनाएको पाठ्यसामग्री समय सापेक्ष पुनराबलोकन गर्न आवश्यक रहेको बताउनु भयो ।
जिफन्टले कस्का लागी, के गर्न खोजेको र के के गर्ने भन्ने बारेमा स्पष्ट हुँदै वर्तमान श्रम संसारलाइ बुझेर पाठ्यसामग्री पुनरावलोकन गर्न कार्यशालाका सहभागीहरूलाई आग्रह गर्नुभयो ।
सोही अवसरमा जिफन्ट उपाध्यक्ष तथा शिक्षा विभाग प्रमुख बिदुर कार्कीले कार्यशालाको उद्धेश्यकाबारे प्रष्ट पार्नुभयो ।
कार्यशालामा रामशरण प्याकुरेल, डा. पदम खतिवडा र ILO प्रतिनिधी कृपा बस्न्यात लगायतले सहजीकरण गरिरहनु भएको जिफन्ट शिक्षा सचिब हरी बहादुर कार्कीले जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ नेपाल समन्वय परिषद (आइटियुसी न्याक)को आयोजनामा जेठ ११ गते काठमाडौंमा आपूर्तिकर्ता (आउटसोर्सिङ) मार्फत करारमा कार्यरत श्रमिकहरुको अवस्था र मुद्ददाहरु तथा अनौपचारिक क्षेत्रका श्रमिकहरुको सामाजिक सुरक्षा कार्यान्वयन बारेमा गरिएका अध्ययनहरुको बारेमा छलफल कार्यक्रम आयोजना गरेको छ ।
आइटियुसी न्याक तथा नेपाल ट्रेड युनियन महासंघ जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले श्रमिकका मुद्दाहरु धेरै छन्, तर अधिकारको दृष्टिकोणबाट सबैभन्दा जोखिममा रहेका आउटसोर्सिङ, करार श्रमिक तथा श्रमिक आन्दोलनको सबैभन्दा ठूलो उपलव्धीको रुपमा लिइएको सामाजिक सुरक्षाको बारेमा अध्ययन गरिएको बताउनुभयो।
अध्यक्ष श्रेष्ठले अध्ययनका सिफारिसहरुलाई क्रमश कार्यान्वयनमा लैजाने बताउनु भएको कार्यक्रममा जिफन्ट महासचिव लक्ष्मण शर्मा र एनटियुसी उपाध्यक्ष गणेश केसीले अध्ययनहरु मुख्य मुख्य बियष प्रस्तुत गर्नु भएको थियो ।
जिफन्ट, एनटियुसी र अन्टुफका प्रतिनिधिहरूको उपस्थीती रहेको कार्यक्रममा डिटिडिएका प्रतिनिधि समेत सहभागी हुनुभएको थियो।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले २०४८ सालदेखि सञ्चालन गर्दै आएको राष्ट्रिय श्रम श्रोत केन्द्रलाई आधुनिक अनलाइन श्रोत केन्द्रका रूपमा विकास गर्ने प्रक्रिया सुरु गरेको जनाएको छ।
जिफन्टका अनुसार श्रोत केन्द्रमा रहेका सबै पुस्तक तथा अध्ययन सामग्रीलाई डिजिटल माध्यममा रूपान्तरण गरी अनलाइनबाट उपलब्ध गराइनेछ। यसबाट सदस्य, अनुसन्धानकर्ता तथा अन्य पाठकहरूले इन्टरनेटमार्फत अध्ययन सामग्री सहज रूपमा पहुँच गर्न सक्नेछन्।
त्यसैगरी, अन्तर्राष्ट्रिय श्रम संगठन (ILO), ग्लोबल युनियनहरू तथा अन्य अन्तर्राष्ट्रिय अनलाइन पुस्तकालयहरूसँग समन्वय गरी डिजिटल उपकरणमार्फत अध्ययन गर्न सकिने व्यवस्था पनि मिलाइने जिफन्टले जनाएको छ।
अनामनगरस्थित जिफन्ट श्रोत केन्द्रको डिजिटलाइजेशनपछि श्रमिक, ट्रेड युनियनकर्मी, अनुसन्धानकर्ता तथा आम पाठकले अध्ययन सामग्रीमा सहज, छरितो र प्रविधिमैत्री पहुँच प्राप्त गर्ने अपेक्षा जिफन्टले गरेको छ।