समग्र उद्योग ट्रेड युनियन नेपाल (व्हिन) युनिलिभर इकाई कमिटीको मंसिर २९ गते सम्पन्न १४औ अधिबेशनले उद्धब पहाडीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
व्हिन केन्द्रीय अध्यक्ष आनन्द थामीको प्रमुख आतिथ्यमा भर्को सो अधिवेशनमा जिफन्ट बागमती प्रदेश उपाध्यक्ष अर्जुन अर्याल, व्हिन केन्द्रिय सचिव गिता भण्डारी, सदस्य विनोद, सरस्वती देबकोटा लगायतका नेताहरू अतिथि रहनु भएको थियो ।
युनिलिभर इकाई कमिटी अध्यक्ष उद्धब पहाडीको अध्यक्षतामा सचिब राम सापकोटाले संचालन गर्नु भएको सो कार्यक्रममा विभिन्न संगठन परित्याग गरी नेपालको ट्रेड युनियन आन्दोलनको मुलधार नेपाल ट्रेड युनियन महसंघ जिफन्टमा प्रवेश गर्नु भएका श्रमिक साथीहरूलाइ प्रमुख अतिथि थामीले धन्यवाद सहित स्वगत गर्नु भएको थियो ।
नेपाल बिजुली पेण्टर प्लम्बर तथा निर्माण मजदुर युनियन क्यूपेक नेपाल बारा जिल्लाको मंसिर २९ गते जिफन्ट सभा हल सिमरामा सम्पन्न छैटौँ अधिवेशनले श्रीपालदाश तम्माको अध्यक्षतामा १५ सदस्य कमिटी निर्वाचित गरेको छ ।
अधिवेशनका प्रमुख अतिथि नेपाल ट्रेड युनियन महासंघ जिफन्ट मदेश प्रदेश अध्यक्ष कमलेश झाले अधिवेशन सफलताको शुभकामना दिनु हुंदै जिफन्टले पुस १ गते देखी संचालन गर्न लागेको कायाकल्पका लागी जिफन्टको अभियान २०८१को प्रकाश पार्नु भएको थियो ।
क्यूपेक जिल्ला अध्यक्ष सिह बहादुरको अध्यक्षतामा भएको अधिवेशन उद्धधाटन समारोहमा नेकपा एमाले केन्द्रीय सदस्य सरस्वती चौधरी, क्यूपेक केन्द्रीय उपाध्यक्ष मान बहादुर वि क, सदस्य शोभा खतिवडा 'जिफन्ट प्रदेश सचिव मुक्ति चौधरी लगायतका नेताहरूले अधिवेशन सफलताको शुभकामना मन्तव्य राख्नु भएको सो कार्यक्रमको संचालन धनेश्वर कुशवाहाले गर्नु भएको थियो ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको नेतृत्व र नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भण्डारी बिच ट्याङ्कर क्षेत्रका श्रमिक र स्वरोजगार श्रमिकहरूको समस्याका बारेमा
मंसिर २७ गते मन्त्रालयमा छलफल भएको छ ।
श्रमिकको समस्या समाधानको लागि विगतमा भएका सहमति कार्यान्वयन गर्न मन्त्रालय प्रतिबद्ध रहेको माननिय मन्त्री भण्डारीले छलफलमा बताउनु भएको संगठन केन्द्रीय कार्यालयले जानकारी दिएको हो ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट आवद्ध युनियन राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको आयोजनामा योगदानमा आधारित सामाजिक सुरक्षा अभिमुखीकरण कार्यक्रम मंसिर २७ गते जिफन्ट सभाहलमा सम्पन्न भयो ।
जिफण्ट अध्यक्ष बिनोद श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सो अभिमुखीकरण कार्यक्रमको अध्यक्षता नाबुन केन्द्रीय सचिव सुजना जोशीले गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि जिफण्ट अध्यक्ष श्रेष्ठले योगदानमा आधारित सामाजिक सुरक्षा जिफण्टको एजेण्डा भएको र श्रम क्षेत्रमा रहेका सबै श्रमिकहरूलाई कोषमा आबद्ध गराउन जिफण्टले भूमिका खेल्ने बताउनु भयो ।
कार्यक्रममा योगदानमा आधारित सामाजिक सुरक्षा कोषका उपनिर्देशक सरिता पाण्डे र सहायक निर्देशक राधिका निरौलाले अभिमुखीकरण कार्यक्रममा सहजीकरण गर्नुभएको थियो।
नाबुन केन्द्रीय सचिव सुजना जोशीले सामाजिक सुरक्षा कोषबारे अभिमुखीकरणलाई निरन्तरता दिई आफूहरुले सामाजिक सुरक्षा कोषबाट उपभोग गरिरहेको सुविधाको बारेमा जानकारी गराउनु भएको सो कार्यक्रमको संचालन सोलिना लामाले गर्नु भएको थियो भने कार्यक्रममा जिफन्ट उपाध्यक्ष बिदुर कार्की, सचिव तारानिधि पन्तको उपस्थिति रहेको थियो ।
कार्यक्रमको थप फोटोकालागी लिंकमा क्लीक गर्नुहोस
https://www.facebook.com/media/set/?set=a.122132196758435116&type=3
नेपाल बिजुली, पेण्टर प्लम्बर तथा निर्माण मजदुर युनियन क्यूपेक नेपाल मोरङ्ग जिल्ला कमिटीको प्रतिनिधि परिषद् बैठक सन्त बहादुर कुमालको अध्यक्षतामा मंसिर २६ गते सम्पन्न भएको छ ।
क्युपेक उपाध्यक्ष अम्विर लिङ्गदेनको प्रमुख आतिथ्यमा सम्पन्न सो परिषद् बैठकमा उपमहासचिव मुक्तिनाथ गिरी, जिफन्ट कोशी प्रदेश कमिटी सचिव सुर्यप्रकाश खवास, उपसचिव तथा प्रदेश महिला कमिटी अध्यक्ष डोमा गिरी लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

त्यसैगरी क्युपेक मकवानपुर जिल्लाको गढी गांउ कमिटीको मंसिर २८ गते सम्पन्न सातौँ अधिवेशनले बिल बहादुर स्यान्तानको अध्यक्षता ११ सदस्सीय कमिटी निर्वाचित गरेको छ ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट आबद्ध युनियन व्हिन, बोटलर्स नेपाल इकाई कमिटी बालाजुको दसौँ अधिवेशन मंसिर २६ गते जिफन्ट बागमति प्रदेश अध्यक्ष रामहरि नेपालको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
अधिवेशनले बसन्त रेग्मीको अध्यक्षतामा ११ सदस्यीय कमिटी चयन गरेको छ । निर्वाचित कमिटीलाई व्हिन उपमहासचिव अर्जुन चौलागाईले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो ।