Home Affiliates Activities

नेष्ट को पथरी शनिश्चरे नगर कमिटीको अध्यक्षमा शिव चरण ताजपुरिया निर्वाचित

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध युनियन नेपाल स्वरोजगार व्यापार श्रमिक संघ (नेष्ट) को पुस १७ गते सम्पन्न पथरी शनिश्चरे नगर कमिटीको छैठौं अधिबेशनले शिव चरण ताजपुरियाको अध्यक्षतामा ११ सदस्यीय नगर कमिटी चयन गरेको छ । 

नेष्टका केन्द्रीय सदस्य सावित्रा खड्काको प्रमूख आतिथ्यतामा सम्पन्न सो अधिवेशनमा केन्द्रीय सल्लाहकार कमिटीको उप- प्रमूख कृष्णप्रसाद घिमिरे र जिफण्ट कोशी प्रदेश कमिटी सदस्य नयेन्द्र बहादुर विष्ट को उपस्थित रहेको थियो ।
 

पम्फा केसीको अध्यक्षतामा नेभा गुराँस गाउँ पालिका कमिटी गठन

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट आबद्ध युनियन नेपाल स्वास्थ्य स्वयमसेवि संघ (नेभा)ले दैलेख जिल्लाको गुराँस गाउँ पालिकामा कार्यरत स्वस्थ्य स्वयमसेवीहरूको भेला पुस १६ गते सम्पन्न गरेको छ ।

जिफन्ट कर्णाली प्रदेश सचीव श्रीपाल सारु मगरले श्रमिकहरूकालागि योगदानमा आधारीत सामाजिक सुरक्षाको महत्वको बारेमा प्रकाश पार्नु भएको सो भेलाले पम्फा केसीको अध्यक्षतामा ११ सदस्यीय पालिका कमिटी गठन गरेको छ ।

त्यसैगरी नेभा केन्द्रीय सदस्य भिमु रिजाल सहित प्रतिनि मण्डलले गुराँस गाउँ पालिका उप प्रमुख तथा स्थानिय स्वास्थ्य प्रमुख समक्ष स्वास्थ्य स्वयम सेविहरुको माग पत्र पश गरेको छ ।
 

नेरुडे मिरमिरे लघुबित्तियका श्रमिक जिफन्टमा अवद्ध

देशैभरि सेवा प्रवाह गरिरहेको नेरुडे मिरमिरे लघुबित्तिय संस्था लिमिटेडमा कार्यरत श्रमिकहरूको संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध बैंक, वित्तिय तथा सहकारी कर्मचारी यूनियन (बाफ्स्यु) मा आबद्द भएको छ ।

जिफन्ट कोशी प्रदेश कार्यलाय बिराटनगरमा पुस १६ गते अयोजित एक कार्यक्रममा नेरुडे मिरमिरे लघुबित्तिय संस्था संङठनका महासचिव मुकेश यादबले देसैभरिका ४४४ जना मध्ये ३४० जनाको सदस्य सहित आबद्दता भएको धोषणा गर्नु हुदै दोस्रो चरणको कार्यक्रममा सबैलाइ अवद्ध हुने बताउनु भयो ।

कार्यक्रममा जिफन्ट कोशी प्रदेश अध्यक्ष किशोर धमलाले जिफन्ट र बैंक, वित्तिय तथा सहकारी कर्मचारी यूनियन (बाफ्स्यु) को सदस्यता प्रदान गर्नु भएको थियो ।
 

जुगकाटेमयूले ३८ औँ स्थापना दिवस मनायो

जुट गार्मेन्ट कार्पेट टेक्सटायल मजदुर युनियन नेपाल जुगकाटेमयूको ३८ अं स्थापना दिवसको सन्दर्भमा पुस ८ गते बारा जिल्लाको परवानीपुरमा एक कार्यक्रमको आयोजना गरेको छ ।

जुगकाटेमयु केन्द्रीय अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जिफन्ट मधेस प्रदेश अध्यक्ष कमलेश झा प्रमुख अतिथि रहनु भएको थियो भने जुगकाटेमयू उपाध्यक्ष  अमर यादव, जिफन्ट मदेश प्रदेश सचिव  मुक्ति चौधरी, जिल्ला सचिव श्यामबाबु पटेल लगायत का नेताहरूको सहभागीता रहेको कार्यक्रममा जुगकाटेमयू त्रिवेणी सेन्थेटिक्स प्रतिष्ठानका अध्यक्ष रामेश्वर महत्तोले स्वगत गर्नु भएको थियो । 

 

एनसेल कर्मचारी युनियनको वार्षिक साधारण सभा सम्पन्न

जिफन्ट आबद्ध इम्प्रेशन नेपालको प्रतिष्ठान युनियन - एनसेल कर्मचारी युनियनको वार्षिक साधारण सभा पुस ५ गते काठमाडैंमा सम्पन भयो । 

"strong in Salidarity - Unstoppable in - growth" नाराका साथ सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले कुनै पनि व्यवसायको प्रगति र विकासमा पुँजी र श्रमको बराबर महत्त्व रहेको र एनसेलले अहिलेको उचाई प्राप्त गर्नमा यसका मेहनती र इमान्दार कर्मचारी कै कारले कारणले भएको बताउनु भयो । 

जुन प्रतिष्ठानका कर्मचारी एकजुट भएर अगाडि बढेका हुन्छन् त्यहाँ अवश्य नै सफलता हासिल हुन्छ भन्नुभयो । जिफन्टमा आबद्धता भएकै निहुँमा अर्को युनियन खोल्ने काम भएता पनि त्यसलाई निस्तेज पार्नमा यो युनियनले सफलता प्राप्त गरेकोमा बधाई पनि दिनु भयो ।

कार्यक्रममा प्रचार सचिव - महेन्द्रलाल श्रेष्ठ, इम्प्रेशन नेपाल अध्यक्ष- बालगोपाल थापा, प्रदेश सचिव कृष्ण रिमाल, महासचिव सुरज अधिकारी तथा एनसेलका कार्यकारी निर्देशक जाबर कायुमोभको अतिथ्यता र शुकान्त अधिकारीको अध्यक्षतामा भएको सो वार्षिक सभाबाट विजयराज महतको अध्यक्षतामा १५ सदस्यीय नयाँ कमिटी पनि चयन भएको छ।
 

क्यूपेक-नेपाल बर्दिया जिल्लामा योजना बैठक सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ जिफन्टले अगामी पुस १ गते देखी  संचालन गर्ने कायाकल्पका लागी जिफन्टको अभियान २०८१को सन्दर्भमा नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निमार्ण मजदुर यूनियन क्यूपेक-नेपाल बर्दिया जिल्ला कमिटीले आफ्ना संरचना तथा सदस्यहरूलाई परिचालन गर्न  पुस ३ गते योजना बैठक बसेको छ । 

जिल्ला अध्यक्ष कविराम बि.कको अध्यक्षतामा सम्पन्न सो बैठकमा जिफन्ट राष्ट्रिय कमिटी सदस्य पूर्ण बहादुर केसीले अभियानको संचालनको महत्व र उद्धेश्यमाथी प्रकास पार्नु भएको थियो । 

त्यसैगरी क्यूपेक महासचिब राजेन्द्र विष्टले केन्द्रीय कमिटीको ५५ अं बैठकको निर्णय र योगदानमा अधारीत सामाजिक सुरक्षा माथि प्रकाश पार्नु भएको बैठकमा केन्द्रीय सचिव पदम बुढामगर, केन्द्रीय सदस्य मनिराम ढुङगाना र जिफन्ट लुम्बिनी प्रदेश सदस्य तथा बर्दिया इन्चार्ज दुर्गा बहादुर के.सी.को समेत सहभागिता रहेको थियो ।