नेपाल ट्रेड युनियन महासंघ जिफन्ट आवद्ध युनियन राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको आयोजनामा योगदानमा आधारित सामाजिक सुरक्षा अभिमुखीकरण कार्यक्रम मंसिर २७ गते जिफन्ट सभाहलमा सम्पन्न भयो ।
जिफण्ट अध्यक्ष बिनोद श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सो अभिमुखीकरण कार्यक्रमको अध्यक्षता नाबुन केन्द्रीय सचिव सुजना जोशीले गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि जिफण्ट अध्यक्ष श्रेष्ठले योगदानमा आधारित सामाजिक सुरक्षा जिफण्टको एजेण्डा भएको र श्रम क्षेत्रमा रहेका सबै श्रमिकहरूलाई कोषमा आबद्ध गराउन जिफण्टले भूमिका खेल्ने बताउनु भयो ।
कार्यक्रममा योगदानमा आधारित सामाजिक सुरक्षा कोषका उपनिर्देशक सरिता पाण्डे र सहायक निर्देशक राधिका निरौलाले अभिमुखीकरण कार्यक्रममा सहजीकरण गर्नुभएको थियो।
नाबुन केन्द्रीय सचिव सुजना जोशीले सामाजिक सुरक्षा कोषबारे अभिमुखीकरणलाई निरन्तरता दिई आफूहरुले सामाजिक सुरक्षा कोषबाट उपभोग गरिरहेको सुविधाको बारेमा जानकारी गराउनु भएको सो कार्यक्रमको संचालन सोलिना लामाले गर्नु भएको थियो भने कार्यक्रममा जिफन्ट उपाध्यक्ष बिदुर कार्की, सचिव तारानिधि पन्तको उपस्थिति रहेको थियो ।
कार्यक्रमको थप फोटोकालागी लिंकमा क्लीक गर्नुहोस
https://www.facebook.com/media/set/?set=a.122132196758435116&type=3