Home Affiliates Activities

क्युपेक कास्कीको अध्यक्षमा तिर्थराज मगर निर्वाचित

नेपाल ट्रेड यूनियन महासंघ जिफन्ट आबद्ध क्यूपेक–नेपाल कास्की जिल्लाको मंसिर १८ गते सम्पन्न ११ औं अधिवेशनले तिर्थराज मगरको अध्यक्षतामा १३ सदस्य कमिटी निर्वाचित गरेको छ ।

क्यपेक अध्यक्ष शान्ता बस्नेतको प्रमुख अतिथ्यमा जिफन्ट प्रदेश अध्यक्ष रूद्र खत्री लगाएतका नेताहरूको उपस्थितिमा सम्पन्न सो अधिवेशनका प्रमुख अतिथि बस्नेतले अधिवेशन सफलताको शुभकामना दिनु हुँदै श्रमिकहरूको हक  र हितकालागी बलियो संगठन निर्माण गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाले वर्षौदेखिको संघर्षबाट प्राप्त गरेको योगदानमा आधारित सामाजिक सुरक्षालाइ प्रभावकारी ढंगबाट कार्यान्वयन गर्न अनौपचारीक श्रमिकहरूलाई स्थानिय तहमा सुचिकृत गर्नु पर्ने धारणा राख्नु भयो ।

अधिवेशन उद्घाटन अघि श्रमिक र्‍यालीले पोखरा नगरको परिक्रमा गरेको थियो । 
 

क्यूपेक कागेश्वरीमा दिपक आचार्य निर्वाचित

नेपाल बिजुली पेण्टर प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक नेपाल) कागेश्वरी नगरको मंसीर १५ गते सम्पन्न अधिवेशनले दिपक आचार्यको अध्यक्षतामा १३ सदस्य कमिटी निर्वाचित गरेको छ ।

क्यूपेक नेपाल केन्द्रीय उपाध्यक्ष योगेन्द्र शर्माको प्रमुख आतिथ्यमा अधिवेशनमा सम्पन्न भएको हो ।
 

यातायात भालुबाङ इकाईमा राम प्रसाद सुवेदी

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेश कमिटीको संगठन बिस्तार अभियान अन्तरगत मंसिर १५ गते दाङ जिल्लाको भालुबाङमा सम्पन्न भेलाले राम प्रसाद सुवेदीको अध्यक्षतामा ११ सदस्यीय भालुबाङ–प्युठान–सितगंगा इकाई कमिटी गठन गरेको छ ।

संगठन केन्द्रीय कमिटी उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्ज ठाकुर प्रसाद गैरेको प्रमुख आतिथ्यता र सुमनराज खनालको अध्यक्षतामा सम्पन्न सो भेलामा उपमहासचिव खगेन्द्र बहादुर वली, सल्लाहकार संयोजक ध्यान बहादुर राई लगायत नेताहरूको उपस्थिति रहेको थियो ।
 

नेस्वहोमयूले ४५ औँ स्थापना दिवस मनायो

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले सम्पूर्ण श्रमजीवी वर्गलाई एकताबद्ध भएर आन्दोलनमा सरिक हुनका लागि आव्हान गर्नु भएको छ । 

जिफन्ट आबद्ध संस्थापक मध्येको एक युनियन “नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेष्ट मजदुर युनियन” नेस्वहोमयूको ४५ औँ स्थापना दिवसको उपलक्ष्यमा मंसिर १३ गते काठमाण्डौको ठमेलमा आयोजित कार्यक्रमलाई सम्बोधनको क्रममा बताउनु भएको हो । 

सुविधा प्राप्त भए पछि युनियन चाहिँदैन भन्ने मानसिकता श्रमिकहरूले त्याग्नु पर्ने भन्नु हुँदै श्रम आन्दोलनमा समय सँगै मागहरू पनि परिवर्तन हुने र श्रम शोषणको रूप पनि फेरिने भएकोले श्रमिकहरूको एकताबद्ध आन्दोलनको निर्माण गर्नुपर्ने खाँचो भएकाले सम्पुर्ण श्रमजीवी मजदुर साथिहरुलाई एकताबद्ध भएर आफ्नो आन्दोलनमा सरिक हुनु पर्नेमा जोड दिनु हुँदै बर्षको संधर्षबाट प्राप्त १० प्रतिशत सेवा शुल्क खोसिए जस्तै क्रमश अन्य अधिकारहरू पनि खोसिन सक्छ तसर्थ १० प्रतिशत सेवा शुल्क पुन प्राप्ती लगाएत श्रम कानुनको प्रभावकारी कार्यान्वयनकालागी प्रतिष्ठान स्तरबाटै श्रमिकहरूलाई जागरूक बनाउदै संगठन सुदृढ र मजबुत बनाउन जिफन्टले आगामी पोष १ गते देखी जिफन्टको कायाकल्पकालागी अभियान संचालन गर्न लागेको बताउनु भयो । 

कार्यक्रममा जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपाल, जुगकाटेमयू केन्द्रिय अध्यक्ष अर्जुन अधिकारीले स्थापना दिवसको शुभकामना दिनु भएको कार्यक्रमको अध्यक्षता लक्ष्मण तिवारी, स्वागत निशा बरालले गर्नु भएको थियो भने संचालन महासचिव कमल घिमिरेले गर्नु भएको थियो । 

नेस्वहोमयू गोकर्ण फरेष्ट रिसोर्ट प्रतिष्ठानका सदस्य सुरेश घिमिरेका छोरा सुदिप घिमिरे र नेस्वहोमयू द बेकरी क्याफे प्रतिष्ठानका उपाध्यक्ष विवेक देउलाको छोरी अंशु देउलालाई स्वर्गीय माधव न्यौपाने स्मृति छात्रवृत्ति पुरस्कार प्रदान गरिएको थियो भने सर्वोत्कृष्ट ट्रेड युनियनको पुरस्कार नेस्वहोमयु होटल पोखरा ग्राण्ड कास्कीलाइ  प्रदान गरिएको छ ।

कार्यक्रमको फोटोकालागी लिंकमा क्लीक गर्नुहोस् ।

https://www.facebook.com/media/set/?set=a.122129700362435116&type=3

नेभाद्वारा २ दिने नेतृत्व विकास तालिम सम्पन्न

नेपाल स्वास्थ्य स्वयंसेवी संघ (नेभा) द्वारा कोशी प्रदेशमा रहेका जिल्ला कमिटीलाई २ दिने नेतृत्व विकास तालिम मंसिर १० र ११ गते बिराटनगरमा सम्पन्न गरेको छ ।

कार्यक्रममा सामाजिक सुरक्षा कोष कोशी प्रदेश प्रमुख दिपकराज भट्टले अनौपचारिक क्षेत्रमा सामाजिक सुरक्षाको बारेमा, केन्द्रिय अध्यक्ष गिता थिङ्गले नेभाको इतिहास र नीति तथा कार्यक्रमको बारेमा र समग्र नेपालका केन्द्रिय उपाध्यक्ष मनोज मगरले श्रम कानुनका बारेमा प्रशिक्षण दिनु भएको थियो ।

नेभा केन्द्रिय अध्यक्ष गिता थिङ्गको प्रमुख आतिथ्यमा नेभा पूर्व अध्यक्ष टोटला दाहाल, जिफन्ट कोशी प्रदेश उपसचिव हरी अधिकारी, समग्र नेपालका केन्द्रिय उपाध्यक्ष मनोज मगर, जिफन्ट केन्द्रिय श्रम सम्बन्ध परिषद सदस्य मुरारी भट्टराईको उपस्थिति रहेको सो कार्यक्रममा नेभा पूर्व अध्यक्ष टोटला दाहाल र जिफन्ट कोशी प्रदेश उपसचिव हरी अधिकारीले शुभकामना मन्तव्य राख्नु भएको थियो । 

कार्यक्रमको अध्यक्षता रत्ना रिजालले गर्नु भएको थियो भने केन्द्रिय सदस्य भवानी अधिकारीले संचालन गरेको थियो ।
 

अन्नपूर्ण भेजिटेवलको आधिकारिक ट्रेड यूनियनको निर्वाचनमा ब्हीन विजयी

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट आवद्ध युनियन समग्र उद्योग ट्रेड युनियन नेपाल ब्हीन, बारा जिल्लाको परवानिपुर स्थित रहेको अन्नपूर्ण भेजिटेवलमा सम्पन्न आधिकारिक ट्रेड यूनियनको निर्वाचनमा विजयी भएको छ ।

कार्तिक २९ गते भएको आधिकारिक निर्वाचनमा कुल १०४ मध्ये समग्र उद्योग ट्रेड यूनियन नेपाल (व्हिन)ले ६३ मत प्राप्त गरी बिजय भएको हो । 

निर्वाचनमा नेपाल कारखाना श्रमिक संघले ३६ मत प्राप्त गरेको थियो भने ५ मत बदर भएको थियो ।