नेपाल अटो-मेकानिक्स ट्रेड युनियन (नाटु) बुटवलद्वारा मेकानिक्सहरूको क्षमता अभिवृद्धि गर्न कार्तिक २७ गते देउसी भैलो कार्यक्रम मार्फत आर्थिक संकलन गरेको छ ।
बुटवल स्थित रहेको केन्द्रीय प्रविधिक भवनमा EV भेहिकलको मर्मत तथा मेकानिकल एड्भान्स प्राविधिक तालिम संचालन गर्न "देउसी भैलो कार्यक्रम आयोजना गरेको नाटु बुटवलले जानकारी दिएको हो ।
समग्र उद्योग ट्रेड युनियन नेपाल ब्हीन कोशी प्रदेश कमिटीले कार्तिक २८ गते विराटनगरमा योगदानमा आधारित सामाजिक सुरक्षा सम्बन्धी प्रशिक्षण तथा श्रमिक भेला आयोजना गरेको छ ।
प्रशिक्षण कार्यक्रमका प्रमुख आतिथ्य नेपाल ट्रेड युनियन महासंघ जिफन्ट कोशी प्रदेश अध्यक्ष किशोरले धमलाले जिफन्टको नीति तथा कार्यक्रम र जिफन्टले योगदानमा आधारित सामाजिक सुरक्षाको सन्दर्भमा गरेका अभियानहरूको बारेमा चर्चा गर्नु भएको थियो ।
त्यसैगरी ब्हीन केन्द्रीय उपाध्यक्ष मनोज मगरले श्रम ऐन तथा कानुनकाबारेमा जानकारी दिनु भएको कार्यक्रममा योगदानमा आधारित सामाजिक सुरक्षा बिषयमा सामाजिक सुरक्षा कोष विराटनगर कार्यालयका शाखा प्रमुख दिपक राज भट्टले प्रकाश पार्नु भएको थियो ।
ब्हीन कोशी प्रदेश अध्यक्ष नवीन चौधरीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संचालन प्रदेश सचिव गणेश मगरले गर्नुभएको थियो ।
नेपाल ट्रेड युनियन म महासंघ (जिफन्ट) आवद्ध नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदूर युनियन (क्यूपेक नेपाल) केन्द्रीय कमिटीको आयोजनामा कार्तिक २७ गते काठमाण्डौं को अनामनगर स्थित, जिफन्ट स्कुलमा पेन्टिङ पेशामा कार्यरत पेण्टर र बिजुली श्रमिकहरूको लिड चेक गरेको छ ।
क्यूपेक नेपाल केन्द्रीय अध्यक्ष शान्ता बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा : Samyak Diagnostic का डाक्टर विवेक पन्तले पेन्टिङ, तथा इलेक्ट्रिक पेशामा लामो समयदेखि काम गर्न श्रमिकहरूमा सुगर, प्रेसर जस्तै साइलेन्स डिजिज देखा पर्ने र यसले स्नायु प्रणालीमा ठुलो असर पार्ने हुनाले यसको उपचार समयमा नै रोकथाम गर्न सकिने भएको ले यसका लागि लिड परीक्षण आवश्यक भएको जानकारी गराउनु भयो ।
क्यूपेक नेपाल केन्द्रीय महासचिव राजेन्द्र बस्नेतले संचालन गर्नु भएको लिड परीक्षण कार्यक्रममा २३ जना श्रमिकहरूले परीक्षण " गर्नु भएको थियो ।
नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक नेपाल) मनहरी गाउँ कमिटीले तिहार, नेपाल सम्वत ११४५, छठ पर्व लगायतका राष्ट्रिय पर्वहरूको अवसरमा कार्तिक ११ गते शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री माननिय शुक माया तामाङले निर्माण क्षेत्रमा काम गर्ने श्रमिकहरूलाई सम्मान गर्नु पर्ने भन्नु हुँदै ती क्षेत्रमा काम गर्ने श्रमिकहरूको जिवन सुरक्षा योजनाकालागी प्रदेश सरकारमा छलफल गर्ने बताउनु भयो ।
जिफन्ट आबद्ध समग्र उद्योग ट्रेड युनियन नेपाल (व्हिन) द्वारा विजया दशमी, तिहार, नेपाल सम्वत ११४५, ईद, छठ पर्व तथा तमु ल्होसारकों अवसरमा कार्तिक १३ गते चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम जिफन्ट मदेश प्रदेश कार्यालय सिमरामा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री पुरूषोतम पौडेलले वैचारिक अवसरवाद हाबी भएकोले नेपालको राजनीतिमा स्टण्डवाज मौलाएको भन्नु हुँदै राजनीतिलाई सहि दिशामा ल्याउन वर्गीय आन्दोलनले मात्र सम्भव हुने बताउनु भएको छ ।

कार्यक्रममा जिफन्ट उपाध्यक्ष तथा मधेस प्रदेश सभा सदस्य मन्जु थापामगर, देवनारायण चौधरी, जिफन्ट मदेश प्रदेश अध्यक्ष कमलेश झा, व्हिन अध्यक्ष आनन्द थामी लगायतले सांस्कृतिक पर्वहरूको अवसरमा आ आफ्नो बिचार सहित शुभकामना ब्यक्त गर्नु भएको थियो ।
व्हिन मदेश प्रदेशका अध्यक्ष हेमराज न्यौपानेको अध्यक्षतामा प्रेम चौधरीले संचालन गर्नु भएको शुभकामना आदान प्रदान कार्यक्रममा मनोज चौधरीले स्वागत गर्नु भएको थियो ।
नेपाल स्वस्थ स्वयंसेवी संघ (नेभा)को आयोजनामा संगठन क्षमता विकास कार्यशाला कार्तिक १० र ११ गते नुवाकोटको बटारमा सम्पन्न गरेको छ ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट उपमहासचिव नरनाथ लुइँटेल र जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपालले सहजीकरण गर्नु भएको कार्यशालामा नुवाकोट जिल्लाका १० वटा पालिकाका स्वस्थ स्वयंसेवीहरूको सहभागीता रहेका थियो ।
त्यसैगरी सोही कार्यक्रममा गंगा बोगटीको अध्यक्षतामा ११ सदस्यीय नेपाल स्वस्थ स्वयंसेवी संघ नेभा नुवाकोट जिल्ला समन्वय कमिटी गठन गरिएको छ।
नव गठित कमिटीलाई नेभा केन्द्रिय अध्यक्ष गिता थिङ ले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो ।