व्हिन, बोटलर्स नेपाल इकाई कमिटीको अध्यक्षमा बसन्त रेग्मी

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट आबद्ध युनियन व्हिन, बोटलर्स नेपाल इकाई कमिटी बालाजुको दसौँ अधिवेशन मंसिर २६ गते जिफन्ट बागमति प्रदेश अध्यक्ष रामहरि नेपालको प्रमुख आतिथ्यमा  सम्पन्न भएको छ । 

अधिवेशनले बसन्त रेग्मीको अध्यक्षतामा ११ सदस्यीय कमिटी चयन गरेको छ । निर्वाचित कमिटीलाई व्हिन उपमहासचिव अर्जुन चौलागाईले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो ।