व्हिन युनिलिभर इकाई कमिटीको अध्यक्षमा उद्धब पहाडी

समग्र उद्योग ट्रेड युनियन नेपाल (व्हिन) युनिलिभर इकाई कमिटीको मंसिर २९ गते सम्पन्न १४औ अधिबेशनले उद्धब पहाडीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

व्हिन केन्द्रीय अध्यक्ष आनन्द थामीको प्रमुख आतिथ्यमा भर्को सो अधिवेशनमा जिफन्ट बागमती प्रदेश उपाध्यक्ष अर्जुन अर्याल, व्हिन केन्द्रिय सचिव गिता भण्डारी, सदस्य विनोद, सरस्वती देबकोटा लगायतका नेताहरू अतिथि रहनु भएको थियो । 

युनिलिभर इकाई कमिटी अध्यक्ष उद्धब पहाडीको अध्यक्षतामा  सचिब राम सापकोटाले संचालन गर्नु भएको सो कार्यक्रममा  विभिन्न संगठन परित्याग गरी नेपालको ट्रेड युनियन आन्दोलनको मुलधार नेपाल ट्रेड युनियन महसंघ जिफन्टमा प्रवेश गर्नु भएका श्रमिक साथीहरूलाइ प्रमुख अतिथि थामीले  धन्यवाद सहित स्वगत गर्नु भएको थियो ।