Home Affiliates Activities

क्यूपेक केन्द्रीय कमिटीको ५५औं बैठक सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट आबद्ध युनियन क्यूपेक -नेपालको केन्द्रीय कमिटीको ५५औं बैठक अध्यक्ष सान्ता बस्नेतको अध्यक्षतामा मंसिर २५ गते बसेको छ । 

जिफन्ट महासचिव लक्ष्मण शर्माको उपस्थितिमा सम्पन्न सो बैठकमा आगामी कामको प्रस्ताव, आय–व्यय विवरण, संगठन सुदृढीकरण र सदस्य बिस्तार अभियान लगायतका विषयमा केन्द्रित रहेको थियो ।

जिफन्टको कायाकल्पका लागि अभियान–२०८१मा १३ हजार नयाँ सदस्य बिस्तार गर्नका लागि सातवटै प्रदेशमा प्रभावकारी रूपमा अभियान संचालन गरिने पनि बैठकबाट निर्णय गरिएको थियो । समय सापेक्ष प्रविधिको प्रयोग गर्दै अनलाइन माध्यमबाट भर्चुअल बैठक भएको थियो ।

 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एयरपोर्ट ट्याक्सी इकाई अध्यक्षमा दुर्योधन बस्नेत

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एयरपोर्ट ट्याक्सी इकाई कमिटीको मंसिर २५ गते सम्पन्न पाँचौँ अधिवेशनले दुर्योधन बस्नेतको अध्यक्षतामा १७ सदस्य कमिटी निर्वाचित गरेको छ ।

केन्द्रीय अध्यक्ष भीमज्वाला राईलेको प्रमुख आतिथ्यमा सम्पन्न सो अधिवेशनमा ट्याक्सीमा छुटेका नगद र जिन्सी सामानहरु इमानदारीपूर्वक यात्रुलाई फिर्ता गर्ने ११ जना चालकहरुलाई सम्मान गरिएको थियो । 

दिलबहादुर शाक्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन दुर्योधन बस्नेत र स्वागत मन्तव्य रामकृष्ण लामीछानेले गरेको थियो  । 
 

बुढानिलकण्ठ माइक्रो बस इकाई कमिटीद्वारा स्वास्थ्य उपचार सहयोग प्रदान

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बुढानिलकण्ठ माइक्रो बस इकाई कमिटीले संगठनका सदस्य चालक सोम बहादुर सुनारलाई स्वास्थ्य उपचारका लागि नगद रु. २७०००/- राहत दिने भएको छ ।

इकाई कमिटी अध्यक्ष मनोज बहादुर राउतको अध्यक्षतामा प्रदेश अध्यक्ष कमरेड शंकर थापा, सचिव शिव कुमार श्रेष्ठ, सह सचिव गणेश बहादुर श्रेष्ठ र कोषाध्यक्ष डाक बहादुर राउत सहितको उपस्थितिमा मंसिर २२ गते बसेको बैठकले सो निर्णय गरेको थियो ।
 

ट्याङकर इकाई कमिटीको सातौँ अधिवेशनबाट विष्णु बोहरा अध्यक्षमा निर्वाचित

"श्रमको सम्मान र मर्यादित काम, सामाजिक सुरक्षा कार्यान्वयन हाम्रो अभियान" भन्ने मूल नाराका साथ मंसिर २२ गते नेपालगन्जमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्याङकर इकाई कमिटीको सातौँ अधिवेशन जिफन्ट राष्ट्रिय कमिटी सदस्य पूर्ण केसीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले विष्णु बोहराको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

इकाई कमिटी अध्यक्ष कविराम पुनको अध्यक्षता भएको अधिवेशनको उद्घाटन सत्रमा संगठनका केन्द्रीय सल्लाकार ध्यान बहादुर राई, उपमहासचिव तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज खगेन्द्र बहादुर वली, सुदूरपश्चिम प्रदेश अध्यक्ष ललीत चन्द, लुम्बिनी प्रदेश सचिव हुम बहादुर क्षेत्री, लुम्बिनी प्रदेश सदस्य तथा बाँके जिल्ला ईन्चार्ज सुमन गिरी श्रेष्ठ लगायत सम्बन्धित कार्यालय प्रमुख, पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष, मध्यपश्चिम पेट्रोलियम ढुवानीमा अध्यक्ष, नेपालगन्ज श्रम तथा रोजगार कार्यालयका प्रतिनिधी, सामाजिक सुरक्षा कोष नेपालगन्जका प्रमुख साथै स्थानीय जनप्रतिनिधि र पत्रकारहरूको सहभागिता रहेको थियो । 

काठमाण्डो महानगर पालिकाद्वारा नेपाल स्वास्थ्य स्वयंसेवी संघ नेभालाइ सम्मान

२१ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमंसेविका दिवस २०८१ को अवसरमा काठमाण्डो महानगर पालिकाले नेपाल ट्रेड युनियन महासंघ जिफन्ट अवद्ध युनियन नेपाल स्वास्थ्य स्वयंसेवी संघ नेभालाइ सम्मान गरेको छ । 

नेपालको स्वास्थ्य सेवाको क्षेत्रमा निरन्तर रुपमा निःस्वार्थ भावनाका साथ पुऱ्याएको अतुलनीय योगदान र लैङ्गिक हिंसा रोकथाम लगायतका क्षेत्रमा पुऱ्याएको योगदानको कदर स्वरूप मंसिर २०गते  महिला सामुदायिक स्वास्थ्य स्वयमंसेविका दिवस अवसरमा महानगरले आयोजना गरेको कार्यक्रममा सम्मान गरेको हो ।

क्युपेक तनहुँको अध्यक्षमा बम बहादुर थापामगर निर्वाचित

जिफन्ट आबद्ध यूनियन क्यूपेक नेपाल तनहुँ जिल्लाको मंसिर २० गते सम्पन्न अधिवेशनले बम बहादुर थापामगरको अध्यक्षतामा १५ सदस्य जिल्ला कमिटी निर्बाचित गरेको छ ।

क्यपेक अध्यक्ष शान्ता बस्नेतको प्रमुख अतिथ्यमा सम्पन्न सो अधिवेशनमा नेकपा एमाले तनहुँ जिल्ला सचिब प्रदिप अधिकारी, क्यूपेक केन्द्रीय महासचिव राजेन्द्र बिष्ट, उपमहासचिव सोम बहादुर आले, सचिब पुण्य प्रसाद उप्रेती लगाएतका नेताहरूको उपस्थिति रहेको थियो ।