सूचित रहनुहोस्, प्रेरित रहनुहोस्। हाम्रो समाचार पृष्ठमा स्वागत छ।
जिफन्ट गोकर्णेश्वर पालिका कमिटीले श्रम डेस्क स्थापनाको माग गर्दै साउन २६ गते उप–मेयर साननानी लामा समक्ष ध्यानाकर्षण पत्र पेस गरेको छ।
ध्यानआकर्षण पत्रमा गोकर्णेस्वर नगरपालिका क्षेत्रका श्रमिकहरुको पंजिकरण, सामाजिक सुरक्षा कोषमा सुचिकरण, श्रमसम्बन्धी विवाद समाधान, कानुनी परामर्श, नगर क्षेत्रमा श्रमिक अधिकारको संरक्षण र सेवा सुविधामा पहुँच सहज बनाउनका लागि स्थायी श्रम डेस्क आवश्यक रहेको उल्लेख गरेको छ।

जिफन्ट सचिब स्मृती लामा, बागमती प्रदेस अध्यक्ष रामहररी नेपाल लगायत स्थानिय युनियनका नेताहरुको सहभागितामा बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्नु हुंदै उप–मेयर लामाले पेश भएका मागप्रति सकारात्मक रहेको र यस विषयमा आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छ्न ।
जापानमा सडक दुर्घटनामा परेर ज्यान गुमाउनु भएकी बिना पाण्डेको पार्थिव शरीरलाई जिफन्टको पहलमा साउन २५ गते नेपाल ल्याई पुर्याएको छ ।
जिफन्ट आबद्ध क्युपेक-नेपाल काभ्रे जिल्लाका पूर्व सल्लाहकार खेम पाण्डेकी छोरी उच्च शिक्षा हासिल गर्न २०८१ साल चैत्र महिनामा जापान गएको थियो ।
गत असार १३ गते सडक दुर्घटनामा परी घाइते भएकी पाण्डेको उपचारको क्रममा २० गते मृत्यु भएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) काठमाडौँ जिल्ला समन्वय कमिटीको आयोजनामा साउन २५ गते जिफन्ट स्कुल, अनामनगरमा अगुवा कार्यकर्ता भेला जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठको प्रमुख आथित्यतामा सम्पन्न भएको छ ।
भेलालाइ सम्बोधन गर्नु हुंदै जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले गत साउन १४ र १५ गते काठमाडौंमा सम्पन्न राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको १२ औं बैठकले निर्देशित कामहरूका बारेमा प्रकाश पार्नु भएको थियो ।

अध्यक्ष श्रेष्ठले बदलीयको श्रम संसारमा ट्रेड युनियन आन्दोलनलाइ पनि बदलेर अगाडि बढन सक्नु पर्ने बताउदै समाज र श्रम आन्दोलनलाइ अलग हो भन्ने मानसिकता त्याग्नु पर्ने बताउनु भयो ।

भेलामा जिफन्ट उपाध्यक्ष सिता लामाले समय अनुसार श्रम आन्दोलनका नेताहरूले आफुलाइ पनि परिवर्तन गर्दै जानु पर्ने भन्नु हुदै राजनैतिक पार्टीलाइ श्रम आन्दोलनबाट प्रभावित बनाउन संगठन बलियो हुनु पर्ने र संगठन बलियो हुन नेतृत्वले श्रमता विकास गर्नु पर्नेमा जोड दिनु भयो ।

त्यसैगरी जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपालले स्थानिय तहको संरचनालाइ बलियो बनाउन सके मात्र सिंगो ट्रेड युनियन आन्दोलन बलियो हुने बताउनु भएको कार्यक्रममा जिफन्ट उपाध्यक्ष जितेन्द्र श्रेष्ठ, सदस्य सुमन पराजुली लगायतका नेताहरूको सहभागिता रहेको थियो ।

कार्यक्रम जिफन्ट जिल्ला समन्वय कमिटि सयोजक तथा बागमती प्रदेश कार्यबाहाक सचिब गोपाल कार्कीको अध्यक्षतामा सचिव कृष्ण लाल श्रेष्ठले संचालन गर्नु भएको थियो ।
कार्यक्रमको थप फोटोकोलागी लिंकमा क्लीक गर्नुहोस्।
https://www.facebook.com/media/set/?set=a.122164209170435116&type=3
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) भरतपुर महानगर पालिका कमिटीद्वारा हरितालिका तीज २०८२ को सन्दर्भमा साउन २३ गते भरतपुरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख अतिथी जिफन्ट वागमती प्रदेश कमिटी सदस्य तथा चितवन जिल्ला इन्चार्ज अञ्जु गुरुङले तीज पर्वलाई सांस्कृतिक पर्व मात्र नभई महिला एकता, आत्म–सम्मान र सहकार्यको प्रतीक रहेको भन्नु हुंदै तीज केवल रमाइलोमा सीमित नराखी पेशागत अधिकार र सम्मानका लागि एकताबद्ध भइ हाम्रा हक अधिकार प्राप्तीको आन्दोलनलाइ थप उर्जा थप्ने एउटा माध्याम रहेको बताउनु भयो ।
कार्यक्रममा जिफन्ट चितवन जिल्ला अध्यक्ष पुस्करबाबु त्रिपाठी लगायतका अतिथीहरूले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
चिया वगान तथा चिया उत्पादन र प्रशोधन गर्ने उद्योग प्रतिष्ठानमा कार्यरत श्रमिकहरुको हकमा लागूहुने गरी न्युनतम पारिश्रमिक निर्धारण गर्ने प्रकृया अन्तिम चरणमा पुगेको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा साउन २३ गते आयोजना गरिएको न्युनतम पारिश्रमिक निर्धारण समितिको बैठकमा चिया उत्पादक संघ र श्रमिक प्रतिनिधिहरुले आपसमा छलफल गरी निर्णयमा पुग्न साउन २९ गते सम्मको समय माग गरेको छ ।

चिया क्षेत्रमा क्रियासिल ट्रेड यूनियनका केन्द्रीय कमिटीका अध्यक्षहरु र चिया उत्पादक संघका प्रतिनिधिहरुलाई आमान्त्रित गरिएको बैठक सौहार्दपूर्ण रुपमा सम्पन्न भएको जिफन्ट उपाध्यक्ष तथा न्युनतम पारिश्रमिक निर्धारण समिति सदस्य जनक चौधरीले जानकारी दिनु भएको छ ।
नेपाल ट्रेड युनियन महासंघमा आवद्ध राइडर्स युनियन नेपालको दोस्रो स्थापना दिवसको एक कार्यक्रममा साउन २३ गते जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले डिजिटल प्लेटफर्म श्रमिकहरुको कानुनी मान्यता र सुरक्षाकालागि जिफन्ट स्पष्ट, प्रतिबध्द र सकृय रुपमा लागि परेको बताउनु भएको छ ।

अध्यक्ष श्रेष्ठले डिजिटल प्रविधि र आधुनिक यातायात प्रणालीको विकाससँगै राइड सेयरिङ सेवा रोजगारीको नयाँ स्वरूपका रूपमा उदाएको र नेपालमा राइड शेयरिङ सेवाको प्रयोग पछिल्ला केही वर्षहरूमा तीव्ररूपमा वृद्धि भएको बताउनु हुंदै डिजिटल रोजगार क्षेत्रका श्रमिकहरूको कानुनी मान्यता र सुरक्षाका लागि जिफन्ट प्रतिबद्ध छ र अन्तरराष्ट्रिय स्तरमा समेत यो क्षेत्रमा काम गर्ने श्रमिकहरूको अधिकार संरक्षण गर्नकालागि मापदण्ड सहित ILO अभिसन्धी बनाउने काम सुरू बताउनु भयो ।
दोस्रो स्थापना दिवसको यो अवसरलाई नयाँ उर्जा, प्रतिबद्धता र एकताको प्रेरणा बनाउँदै, श्रमिकहरूको अधिकार स्थापनाका लागि अझ बलियो कदम चाल्न अध्यक्ष श्रेष्ठले आग्रह समेत गर्नु भयो ।

रन अध्यक्ष माधब पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिब सन्तोष खतिवडाले गर्नु भएको थियो ।

त्यसैगरी स्थापना दिवसको सन्दर्भमा चितवन जिल्ला कमिटीले दिपावली सहित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न्न गरेको छ ।
कार्यक्रमको थप फोटोकोलाथी लिंकमा क्लीक गर्नुहोस् ।
https://www.facebook.com/media/set/?set=a.122164007972435116&type=3