नाबुन भरतपुर महानगरले तीज मनायो

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) भरतपुर महानगर पालिका कमिटीद्वारा हरितालिका तीज २०८२ को सन्दर्भमा साउन २३ गते भरतपुरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमका प्रमुख अतिथी जिफन्ट वागमती प्रदेश कमिटी सदस्य तथा चितवन जिल्ला इन्चार्ज अञ्जु गुरुङले तीज पर्वलाई सांस्कृतिक पर्व मात्र नभई महिला एकता, आत्म–सम्मान र सहकार्यको प्रतीक रहेको भन्नु हुंदै तीज केवल रमाइलोमा सीमित नराखी पेशागत अधिकार र सम्मानका लागि एकताबद्ध भइ हाम्रा हक अधिकार प्राप्तीको आन्दोलनलाइ थप उर्जा थप्ने एउटा माध्याम रहेको बताउनु भयो ।

कार्यक्रममा जिफन्ट चितवन जिल्ला अध्यक्ष पुस्करबाबु त्रिपाठी लगायतका अतिथीहरूले शुभकामना मन्तब्य राख्नु भएको थियो ।