राइडर्स युनियनले दोस्रो स्थापना दिवस मनायो

नेपाल ट्रेड युनियन महासंघमा आवद्ध राइडर्स युनियन नेपालको दोस्रो स्थापना दिवसको एक कार्यक्रममा साउन २३ गते जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले डिजिटल प्लेटफर्म श्रमिकहरुको कानुनी मान्यता र सुरक्षाकालागि जिफन्ट स्पष्ट, प्रतिबध्द र सकृय रुपमा लागि परेको बताउनु भएको छ ।

अध्यक्ष श्रेष्ठले डिजिटल प्रविधि र आधुनिक यातायात प्रणालीको विकाससँगै राइड सेयरिङ सेवा रोजगारीको नयाँ स्वरूपका रूपमा उदाएको र नेपालमा राइड शेयरिङ सेवाको प्रयोग पछिल्ला केही वर्षहरूमा तीव्ररूपमा वृद्धि भएको बताउनु हुंदै डिजिटल रोजगार क्षेत्रका श्रमिकहरूको कानुनी मान्यता र सुरक्षाका लागि जिफन्ट प्रतिबद्ध छ र अन्तरराष्ट्रिय स्तरमा समेत यो क्षेत्रमा काम गर्ने श्रमिकहरूको अधिकार संरक्षण गर्नकालागि मापदण्ड सहित ILO अभिसन्धी बनाउने काम सुरू बताउनु भयो ।

दोस्रो स्थापना दिवसको यो अवसरलाई नयाँ उर्जा, प्रतिबद्धता र एकताको प्रेरणा बनाउँदै, श्रमिकहरूको अधिकार स्थापनाका लागि अझ बलियो कदम चाल्न अध्यक्ष श्रेष्ठले आग्रह समेत गर्नु भयो ।

रन अध्यक्ष माधब पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिब सन्तोष खतिवडाले गर्नु भएको थियो ।

त्यसैगरी स्थापना दिवसको सन्दर्भमा चितवन जिल्ला कमिटीले दिपावली सहित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न्न गरेको छ ।

कार्यक्रमको थप फोटोकोलाथी लिंकमा क्लीक गर्नुहोस् ।

https://www.facebook.com/media/set/?set=a.122164007972435116&type=3