चिया वगान तथा चिया उत्पादन र प्रशोधन गर्ने उद्योग प्रतिष्ठानमा कार्यरत श्रमिकहरुको हकमा लागूहुने गरी न्युनतम पारिश्रमिक निर्धारण गर्ने प्रकृया अन्तिम चरणमा पुगेको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा साउन २३ गते आयोजना गरिएको न्युनतम पारिश्रमिक निर्धारण समितिको बैठकमा चिया उत्पादक संघ र श्रमिक प्रतिनिधिहरुले आपसमा छलफल गरी निर्णयमा पुग्न साउन २९ गते सम्मको समय माग गरेको छ ।

चिया क्षेत्रमा क्रियासिल ट्रेड यूनियनका केन्द्रीय कमिटीका अध्यक्षहरु र चिया उत्पादक संघका प्रतिनिधिहरुलाई आमान्त्रित गरिएको बैठक सौहार्दपूर्ण रुपमा सम्पन्न भएको जिफन्ट उपाध्यक्ष तथा न्युनतम पारिश्रमिक निर्धारण समिति सदस्य जनक चौधरीले जानकारी दिनु भएको छ ।