गृह पृष्ठ सूचना सञ्चार

श्रेणी : सूचना सञ्चार

सूचित रहनुहोस्, प्रेरित रहनुहोस्। हाम्रो समाचार पृष्ठमा स्वागत छ।

शिक्षक सङ्गठनद्वारा अन्तर्राष्ट्रिय श्रम सङ्गठनलाई युनियन अधिकार हननबारे ध्यानाकर्षण

नेपालका पेशागत क्षेत्रको ट्रेड युनियनहरूको खारेजी तथा संगठित हुने र सामूहिक सौदाबाजीको अधिकार संकूचन गरिएको विषयमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले June 1 देखी जेनेभामा सञ्चालन भइरहेको ११४औ अन्तर्राष्ट्रिय श्रमिक सम्मेलनमा अन्तर्राष्ट्रिय श्रम सङ्गठन र विश्व महासंघहरूलाई ध्यानाकर्षण गराएको छ । 

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष हंशबहादुर शाही र महासचिव प्रकाश खनाल द्वारा हस्ताक्षरित पत्र ११४औ अन्तर्राष्ट्रिय श्रमिक सम्मेलनमा श्रमिकको तर्फबाट प्रतिनिधित्व गर्दै जेनेभा पुग्नु भएका जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठलाइ जेठ २२ गते जिफन्ट कार्यालयमा अध्यक्ष शाही र महासचिब खनालले हस्तान्तरण गरेको थियो ।

 

सीप, क्षमता र संगठन सुदृढीकरणमा नाबुन: निःशुल्क मेकअप तालिम सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध रास्ट्रिय सैान्दर्यकर्मी युनियन नेपाल (नाबुन)चन्द्रागिरी नगर कमिटिले जेठ २२ गते निःशुल्क Drag proof makeup बिषयमा तालिम सम्पन्न गरेको छ । 

तालिम कार्यक्रममा नाबुन केन्द्रिय अध्यक्ष सुजना जोशीले नाबुन सदस्यहरूको ज्ञान, सिप तथा नेतृत्व बिकासका लागि युनियनले कार्यक्रम नियमित रूपमा संचालन गर्दै आइरहेको भन्नु हुंदै यस्ता कार्यक्रमले सदस्यहरू बिच एकता सहकार्य र संगठाप्रतिको प्रतिबद्धता अझ सुदृढ बनाउने बिस्वास ब्यक्त गर्नु भयो ।

नाबुन  बाग्मती प्रदेश अध्यक्ष करूणा पुरी र करूणा ओलीले Drag proof makeup बिषयमा तालिम दिनु भएको कार्यक्रमको अध्यक्षता नाबुन चन्द्रागिरी नगर कमिटी अध्यक्ष पुनम खड्का क्षेत्रीले र संचालन उपाध्यक्ष उषा कार्कीले गर्नु भएको थियो ।
 

जिफन्टले मनायो विश्व वातावरण दिवस

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले विश्व वातावरण दिवस ५ जुनको सन्दर्भमा जेठ २२ गते एक कार्यक्रम आयोजना  गरेको छ । 

कार्यक्रममा अध्यक्ष बिनोद श्रेष्ठले विश्व वातावरण दिवसको २०२६को अवसरमा शुभकामना व्यक्त गर्नु हुंदै हरेक वर्ष जुन ५ मा मनाइने विश्व वातावरण दिवसले हामीलाई प्रकृतिप्रति आफ्नो दायित्व सम्झाउने अवसर प्रदान गर्ने र स्वच्छ हावा, शुद्ध पानी, हरियाली वन तथा जैविक विविधता हाम्रो अस्तित्वका आधार भएको बताउनु भयो  । 

अध्यक्ष श्रेष्ठले बढ्दो प्रदूषण, वन विनाश, जलवायु परिवर्तन र प्राकृतिक स्रोतहरूको अव्यवस्थित उपयोगले वातावरणमा गम्भीर चुनौतीहरू सिर्जना भइरहेको भन्नु हुंदै विश्व वातावरण दिवसको अवसरमा हामी सबैले वातावरण संरक्षणका लागि दृढ संकल्प गर्ने प्रेरणा मिलने बिश्वास सहित सबैले भावी पुस्तालाई स्वच्छ तथा सुरक्षित पृथ्वी हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्न पनि आब्हान गर्नु भएको छ ।
 

नेपालमा ट्रेड युनियन मात्रै हैन लोकतन्त्र हनन् हुँदैछः जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठ

नेपाल ट्रेड युनियन महासङघ (जिफन्ट) तथा संययुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)का अध्यक्ष विनोद श्रेष्ठले लोकतन्त्र र ट्रेड युनियन अधिकारमाथि सरकारले गरेको प्रहारका विरुद्ध जेनेभामा भइरहेको ११४औँ अन्तरराष्ट्रिय श्रम सम्मेलनमा जोडदार रूपमा आवाज उठाउने बताउनु भएको छ । 

जेटीयूसीसीद्वारा जेठ २२ गते काठमाडौँको संवाद डबलीमा आयोजित  पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले नेपालमा ट्रेड युनियन मात्रै हैन लोकतन्त्र हनन् हुँदैछ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनलाई लत्याउँदै ट्रेड युनियनमाथि हस्तक्षेप लगायतका विषयमा अन्तर्राष्ट्रिय जगतलाई ध्यानाकर्षण गराउने बताउनु भएको  हो । 

पत्रकार सम्मेलनमा नेपाल ट्रेड युनियन कांग्रेस (एनटियुसी) का अध्यक्ष योगेन्द्र कुमार कुँवरले नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिमाथि खेद ध्यक्त गर्नु भएको थियो । 

त्यसैगरी जेटीयूसीसीका महासचिव नवराज दाहाल, महिला समिति अध्यक्ष प्रमिला ढुङ्गाना ट्रेड युनियन महासङ्घ (टुकोन) का केन्द्रीय अध्यक्ष हिक्मत जङ्ग भण्डारीले वर्तमान सरकार गरिब, उत्पीडित तथा श्रमिक वर्ग विरोधी र लोकतन्त्रका लागि खतरा बन्दै गएकाले यसका विरुद्ध सबै एकजुट भएर लड्न तयार हुनुपर्ने पत्रकार सम्मेलनमा बताउनु भएको छ ।
 

आईएलओ) को ११४औँ सम्मेलनमा जिफन्टअध्यक्ष बिनोद श्रेष्ठले सम्बोधन गर्ने

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) बाट अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को ११४औँ सम्मेलनमा भागलिन जान लाग्नु भएका प्रतिनिधिहरूलाइ जेठ २२ गते जिफन्ट केन्द्रीय कार्यालले शुभयात्रा कार्यक्रम आयोजनामा गरेको छ ।

कार्यक्रममा अध्यक्ष श्रेष्ठले अन्तरराष्ट्रिय श्रम सम्मेलनमा जिफन्टले खेल्ने भुमिकाबारे प्रकाश पार्नु हुंदै बर्तमान सरकारीले अन्तर्राष्ट्रिय कानुनलाई लत्याउँदै ट्रेड युनियनमाथिको हस्तक्षेप बिरूद्ध अन्तर्राष्ट्रिय जगतलाई ध्यानाकर्षण गराउने बताउनु भएको छ ।

आईएलओका १८७ सदस्य राष्ट्रका श्रमिक, रोजगारदाता तथा सरकारी प्रतिनिधिहरू सहभागी रहने सम्मेलनमा नेपालबाट श्रमिक समूहको प्रतिनिधित्व गर्दै जिफन्ट तथा जेटियुसिसिका अध्यक्ष बिनोद श्रेष्ठले सम्बोधन गर्ने सम्मेलनमा जिफन्टबाट संरक्षक बिष्णु रिमाल, महासचिब लक्ष्मण शर्मा, सचिब स्मृती लामापनि सहभागी हुने छ ।
 

यातायात श्रमिक विरोधी दफाहरु संशोधनका लागि खबरदारी गर्ने

नेपाल ट्रेड युनियन महासङघ (जिफन्ट) आवद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सवारी तथा यातायात ऐन २०८३ सम्बन्धी विद्येयकमा भएका श्रमिक विरोधी दफाहरु संशोधनका लागि खबरदारी सभाहरु गर्ने भएको छ । 

जेठ २१ गते अनामनगर स्थीत जिफन्ट स्कुलमा सम्पन्न संगठनको सातौं बैठकले देशभरीका सबै बसपार्कहरुमा खबरदारी सभा गर्ने निर्णय गरेको हो । 

संगठनका अनुसार जेठ १५ गते नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ध्यानाकर्षण गराइए पनि कुनै सुनुवाइ नभएपछि देशभरका बसपार्कमा खबरदारी सभा गर्ने निर्णय गरिएको हो ।

संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईका अनुसार ऐनको दफा ६५ मा रहेको ‘ज्यान मारेमा’ सम्बन्धी व्यवस्था र चालकलाई तोकिएको सजाय पूर्वाग्रहपूर्ण रहेको छ ।

उनले सडक दुर्घटनालाई मुलुकी अपराध संहितासँग जोडेर चालकलाई कारबाही गर्ने प्रावधान अस्वाभाविक छ र यसलाई सच्याउन आवश्यक रहेको बताएका छन्।

त्यस्तै दफा ६६ (अङ्गभङ्ग भएमा हुने सजाय), दफा ६२ (तत्काल जरिवाना), तथा दफा २० (चालक अनुमतिपत्र निलम्बन र खारेजी) जस्ता प्रावधानहरू पनि श्रमिक विरोधी भएको संगठनको दाबी छ ।

अध्यक्ष राईले भने, ‘सरकारले सरोकारवालासँग छलफल नगरी ऐन जबरजस्ती अघि बढाए देशभर यातायात ठप्प पार्ने अवस्था आउन सक्छ ।’

संगठनले ऐनलाई श्रमिक, लगानीकर्ता र यात्रुमैत्री बनाउनुपर्ने भन्दै पुरानो संरचना हटाएर राष्ट्रिय यातायात प्राधिकरण गठन गर्नुपर्ने माग पनि राखेको छ । साथै सवारी तथा यातायात ऐनसँगै यातायात नीति र सडक सुरक्षा परिषद् ऐन पनि एकैसाथ ल्याउनुपर्ने माग गरिएको छ ।

सरकारले यातायात क्षेत्रलाई उपेक्षा गर्दै मन्त्रालयबाट ‘यातायात’ शब्द हटाएर संरचना परिवर्तन गरेकोप्रति पनि संगठनले आपत्ति जनाएको छ ।

बैठकले ३४ वर्ष पुरानो सवारी तथा यातायात व्यवस्था ऐन २०४९ लाई प्रतिस्थापन गर्नुपर्ने निष्कर्ष निकाल्दै तत्काल संशोधनको माग गरेको छ ।