मे दिवस २०८२ बारे छलफल

नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट)द्वारा अन्तरराष्ट्रिय श्रमिक दिवस २०८२ (मे दिवस २०२५) मनाउने सन्दर्भमा चैत्र २६ गते जिफन्ट सभाहलमा छलफल भएको छ । 

छलफलमा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले वर्तमान नेपालको राजनैतीक अवस्था र श्रम संसारमा देखिएका चुनौतीका बारेमा चर्चा गर्नु हुँदै गणतन्त्र बिना श्रमिकहरूको अधिकार सुरक्षित नहुने भएको हुनाले नेपालको संविधान र यसले संस्थागत गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी प्रणाली र सामाजिक न्याय जस्ता उपलब्धिको रक्षा र सबल अर्थतन्त्र, सामाजिक न्याय र श्रमिक हितको पक्षमा रहेको श्रमशक्तीलाइ आगामी मे दिवसमा प्रदर्शन गर्न आवश्यक रहेको बताउनु भयो । 

जिफन्ट राष्ट्रिय कमिटी नेताहरूले आ–आफ्नो बिचार राख्नु भएको सो छलफलले २०८२ साल बैसाख १८ गते देशभर जिफन्टले मे दिवस मनाउने  निर्णय  समेत गरेको छ ।