सरकारी करार र ज्यालादारी श्रमिक पनि सामाजिक सुरक्षा कोषमा आबद्ध
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मकवानपुर गढी गाउँपालिका कमिटीको चैत्र २७ गते डुम्रेकुनामा सम्पन्न प्रथम अधिवेशनले धर्म तिमल्सिनाको अध्यक्षतामा ११ सदस्यीय पालिका कमिटी चयन गरेको छ ।
अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि जिफन्ट बागमती प्रदेश उपाध्यक्ष अर्जुन अर्यालले जिफन्ट श्रमिकको मर्यादित काम चाहान्छ र मर्यादित कामका निमित्त जिफन्टले प्रतिफल, दिगोपन र सुरक्षाको प्रत्याभूत हुनुपर्दछ भन्ने मान्यता राख्दछ भन्नुहुँदै जिफन्टको कामकाबारेमा र योगदानमा आधारित सामाजिक सुरक्षा योजनाका बारेमा प्रशिक्षण मुलक मन्तव्य व्यक्त गर्नुभयो ।
धर्म तिमल्सिनाको अध्यक्षतामा भएको सो अधिवेशनमा नेकपा एमाले मकवानपुर गढी गाउँपालिका अध्यक्ष जितबहादुर घिमिरे, जिफन्ट मकवानपुर उपाध्यक्ष प्रल्हाद राई, क्युपेक मकवानपुर सचिव पुर्णबहादुर बराल, लगायतका अतिथीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको संचालन सचिव केदार पुडासैनीले र स्वागत सिताराम तिमल्सिनाले गर्नुभएको थियो ।
