जनताको पिडामा जिफन्ट

नेपाल ट्रेड यूनियन महासंघले (जिफन्ट)ले गत असोज १० गते रातीदेखि अविरल वर्षा तथा वाढीको कारण दुबानमा परेको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय परिसरको हिलो पन्छाउने काम गरेको छ।

जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठको नेतृत्वमा असोज १४ गते करिब ४ दर्जन श्रमिकहरूको टोलीले हिलो पन्छाएर सफाई कार्यको थालनी गरेको छ । 

यस अधि जिफन्ट बिपद ब्यवस्थापन कमिटी र जिफन्ट युवा कमिटीको नेतृत्वमा असोज १२ गते बल्खु र कुलेश्वरको विचमा करीब ८ महिनाको बच्चा सहित ४ जनालाइ उद्दार गरेको थियो भने असोज १३ गते बाढीबाट क्षतिग्रस्त सुन्दरीघाट स्थीत सुलक्षण किर्ती बिहारमा हिलो पन्छाउने काम गरेको थियो ।