जिफन्टले अविरल वर्षाबाट भएको जन–धनको क्षतिबाट प्रभावित श्रमिकहरूको लगत संकलन

गत असोज १० गतेदेखि परेको अविरल वर्षाबाट भएको जन–धनको क्षतिबाट प्रभावित श्रमिकहरूको लगत संकलन तथा उद्धार कार्यमा लाग्न असोज १६ गते जिफन्टमा योजना बैठक सम्पन्न भएको छ ।

जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले प्राकृतिक प्रकोपको कारण देश अप्ठेरो स्थितीमा हुँदा-जिफन्ट सधै अग्रभागमा रहेर काम गर्दै अएको स्मरण गर्नु हुदै प्रकोपका कारणले भएको जन–धनको क्षति पुरा गर्न नसकिएता पनि पिडामा रहेका श्रमिकहरूलाई मलम लगाउने काम जिफन्टले १२ गतेदेखि नै सुरू गरी सकेको भन्नु भयो । 

जिफन्ट राष्ट्रिय कमिटी, प्रदेश र घटक युनियनका नेताहरू संलग्न रहेको सो बैठकमा अगामी २० गते भित्र जन–धनको क्षतिबाट प्रभावित श्रमिकहरूको लगत संकलन गरी सक्ने योजना बनाएको छ ।

जिफन्टले आफ्ना सबै संरचना, आबद्घ यूनियनका साथै व्यक्तिगत सदस्यलाई आफ्ना नजिक र थाहा भएका सदस्यहरूको विवरण केन्द्र, प्रदेश, जिल्ला, आ–आफ्नो यूनियन वा सिधै श्रमिक खबरलाई फेसबुक मेसेन्जर मार्फत पनि जानकारी दिन हुन हार्दिक अनुरोध गरेको छ ।