गृह पृष्ठ सूचना सञ्चार

श्रेणी : सूचना सञ्चार

सूचित रहनुहोस्, प्रेरित रहनुहोस्। हाम्रो समाचार पृष्ठमा स्वागत छ।

विभिन्न मुद्दामा ६ सय १५ नेपाली श्रमिक साउदी जेलमा

वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका ६ सय १५ जना नेपाली कामदार विभिन्न मुद्दामा जेलजीवन बिताइरहेका हुन् ।

रियादस्थित नेपाली दूतावासले आयोजना गरेको संविधान तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा प्रथम सचिव टीकाराम उपाध्यायले जानकारी दिनु भएको हो ।

हाल थुनामा रहेकामध्ये ८० प्रतिशत नेपाली कामदार मदिरा बनाउने, बिक्री गर्ने, मदिराको व्यापारमा संलग्न भएको र ओसारपसारको आरोपमा पक्राउ परेका छन् । 

दूतावासको पहलमा १ वर्षको अवधिमा ४ हजार १ सय ६३ नेपालीले एक्जिट भिसा पाएको बताउनु भएको छ ।
 

जिफन्ट ऐक्यबद्धता कोषबाट तनहुँ जिल्लाको ३ जनालाइ उपचार सहयोग प्रदान

नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर यूनियन (क्यूपेक नेपाल) का सदस्यहरू पवित्रा सार्की, टीकाराम गुरुङ र कृष्ण बहादुर थापालाई  असोज ६ गते जिफन्ट ऐक्यबद्धता कोषबाट उपचार सहयोग प्रदान गरेको छ ।

तनहुँ जिल्ला भिमाद -६ का पवित्र सार्की क्यान्सर , म्याग्दे -६ टीकाराम गुरुङ मुटु रोगबाट पीडित हुनुहुन्छ, भने ब्यास-१ का कृष्ण बहादुर थापा पक्षाघात रोगबाट पीडित हुनुहुन्छ ।

क्युपेक नेपाल उपमहासचिव सोम अले लगायतका नेताहरूको सहभागितामा उक्त सहयोग रकम पबित्रा सार्कीलाइ  र टीकाराम गुरुङ को श्रीमति ज्ञानु गुरुङले र कृष्ण बहादुर थापाको भतिज भक्त बहादुर थापालाई हस्तान्तरण गरेको हो ।
 

कैलाली जिल्लामा थप ३ जिफन्ट पालिका कमिटी गठन

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) प्रदेश अध्यक्ष जित बहादुर मल्लको प्रमुख आतिथ्यतामा असोज ५ गते कैलाली जिल्ला गौरीगंगा नगरपालिकामा भिम प्रसाद भुसालको संयोजकत्वमा ७ सदस्यिय र नरबहादुर थापाको संयोजकत्वमा ११ सदस्यिय गोदावरी पालिका कमिटी गठन गरेको छ । 

त्यसैगरी असोज ६ गते बर्दगोरिया पालिकामा सुमित कुमार श्रेष्ठको संयोजकत्वमा ७ सदस्यिय र घोडाघोडी नगर पालिकामा धन बहादुर तामाङको संयोजकत्वमा ७ सदस्यिय कमिटि गठन गरेको छ । 

कार्यक्रममा प्रदेश सचिव चन्द्र प्रकाश गैह्रे, सह सचिव शोभा थापा रावल, सदस्य हिरा बिष्ट, जिल्ला स.संयोजक सुमित कुमार श्रेष्ठ लगायत जिफन्ट घटक युनियनका नेताहरूको सहभागिता रहेको थियो ।
 

जिफन्ट बर्दिया जिल्लाले ३००० सदस्य पुर्याउने

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)  बर्दिया जिल्लाले अगामी वर्ष ३००० जिफन्ट सदस्य पुर्‍याउने योजना बनाएको छ ।

जिफन्ट बर्दिया जिल्ला समन्वय कमिटीको  असोज ६ गते अध्यक्ष सन्तराम थारुको अध्यक्षतामा बसेको बिस्तारित बैठकले उक्त निर्णय गरेको हो । 

जिफन्ट राष्ट्रिय कमिटी सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष हुमकान्त काफ्ले, नेकपा एमाले जिल्ला अध्य्क्ष सालिकराम अधिकारी, जिफन्ट राष्ट्रिय कमिटी सदस्य पूर्ण के सी, क्यूपेक केन्द्रीय सचिव पदम बूढ़ा, जिफन्ट प्रदेश कमिटी सदस्य बर्दिया इन्चर्ज दुर्गा के सी लगायतका नेताहरू सहभागी  रहेको सो विस्तारित बैठकले संगठन सुदृढीकरण अभियान अन्तरगत सदस्यता बिस्तार, कमिटी गठन पुनरगठन तथा अधारभुत ट्रेड युनियन प्रशिक्षण  संचालन गर्ने निर्णय गरेको हो ।
 

‘जलवायु संकटसंग जुध्नकालागि बनाइने न्यायिक संक्रमणका रणनीतिहरू विशिष्ट प्रकारको हुनुपर्छः जिफन्ट महासचिब

नेपालका श्रम क्षेत्रमा गरिने ‘जलवायु संकटसंग जुध्नकालागि बनाइने न्यायिक संक्रमणका रणनीतिहरू विशिष्ट प्रकारको हुनुपर्ने’ नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) महासचिव लक्ष्मण शर्माले बताउनु भएको छ ।  महासचिव शर्माले उक्त कुरा आश्विन २ देखि ४ गतेसम्म थाइलेण्डको बैंककमा श्रमिक र न्यायिक संक्रमणको विषयमा भएको एसिया प्रशान्त क्षेत्रको सम्मेलनमा बताउनुभएको हो।

महासचिव शर्माले नेपालमा जलवायु संकटको तिब्र असर,  बहुसङ्ख्यक अनौपचारिक र असंगठित श्रमिकहरू ठुलो संख्यामा वैदेशिक रोजागारहरु, सुरुवाती चरणमा रहेको सामाजिक सुरक्षा प्रणाली भएकोले औद्योगिक राष्ट्रहरूको न्यायिक संक्रमणको मोडेलबाट हामीले सिक्नुपर्दछ तर नक्कल गर्नु हुँदैन भन्नुभयो। 

जिफन्टको तर्फबाट जलवायु संकटको माझमा नेपाली श्रमिकहरुले व्यहोर्नुपरेको समस्याको बारेमाकार्यपत्र प्रस्तुत गर्दै वहाँले वैदेशिक रोजगारीमा अरब र मलेसियामा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्य र सुरक्षाको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएकोथियो।

त्यसैगरी अर्को सत्रमा जिफन्टले जलवायु संकटको सम्बोधन गर्न जिफन्ट र नेपाली श्रमिकहरुले सञ्चालन गरेका न्यायिक संक्रमणका कार्यक्रमहरूको बारेमा विवरण प्रस्तुत गर्नुभएको थियो। 

सम्मेलनले एसिया प्रशान्त क्षेत्रका श्रमिक युनियनहरुको तर्फबाट न्यायिक संक्रमणमा यो क्षेत्रको अवस्था र मागहरु समेटिएको प्रस्ताव पनि अनुमोदन गरेकोछ। 
 

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयनकालागी स्थानीय तहसँग अन्तरक्रिया

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयनकालागी असोज ५ गते मधेस प्रदेशमा स्थानीय तह सँग अन्तरक्रिया गरेको छ । 

मधेस प्रदेशका विभिन्न  पालिकाका प्रमुख र उपप्रमुखहरूको सहभागिता रहेको अन्तरक्रिया कार्यक्रममा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले श्रमिकहरूको कामलाइ मर्यादित बनाउन स्थानीय तहको सरकारले चासो  राख्नु पर्ने भन्नु हुँदै यस्कालागी सहकार्य गर्दै अगाडी बढ्न जिफन्ट सधैँ तयार रहेको बताउनु भयो । 

अध्यक्ष श्रेष्ठले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयन गर्न पहिलो चरण स्थानीय तहमा श्रमिक पंजिकरण गर्नु पर्नेमा जोड दिनु भएको थियो । 

जिफन्ट उपाध्यक्ष बिदुर कार्कीले स्थानीय तहमा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयनकालागी बनेका कानुन र कार्य विधिहरूको बारेमा र जिफन्टको अवधारणा प्रस्तुत गर्नुभएको  सो कार्यक्रममा जिफन्ट उपाध्यक्ष मन्जु थापा, जितपुर सिमरा उपमहानगरपालीकाका मेयर राजन पौडेल,  उपमेयर भोला अधिकारी,  परवानीपुर गांउ पालिकाका प्रमुख राम क्षेत्री पटेल, पोखरीया नगर पालिकाकी उपप्रमुख रुवी ठाकुर,  पचरौता नगर पालिकाकी उपमेयर नासिमा खातुन लगायतले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयनकालागी जिफन्टसंग समन्वय गरी अगाडी बढ्ने प्रतिबद्धता जनाउनु भएको थियो । 

बारा जिल्लाको सिमरामा आयोजित सो कार्यक्रम जिफन्ट मधेस प्रदेश अध्यक्ष कमलेश झाको अध्यक्षतामा प्रदेश सचिव मुक्ति चौधरीले संचालन गर्नु भएको थियो ।