खोकाछाप्राहरुको उचित व्यवस्थापन गर

महेन्द्रनगर विकास पीडित संयुक्त संघर्ष समितिले विजया दशमी तथा शुभ दीपावलीको अवसरमा खोकाछाप्राका प्रतिनिधि राम नाथको अध्यक्षतामा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

संयुक्त संघर्ष समितिका संरक्षक तथा प्रमुख अतिथि महेश पन्तले सुकुम्बासी, हलिया, मुक्त कमैया र खोकाछाप्राहरुको उचित व्यवस्थापन हुनु पर्नेमा जोड दिएका छन । 

कार्यक्रममा अखिल नेपाल सुकुम्बासी संघका केन्द्रीय सचिव तथा सुप इन्चार्ज आनन्द सिंह धामी, मदन आश्रित टोलका अध्यक्ष लहान चौधरी, ग्रीन टोलका अध्यक्ष मोतिलाल उरावले  शुभकामना दिनुहुँदै नेपाल सरकार र स्थानीय सरकारले वर्षौदेखि सुकुम्बासीको व्यवस्थापन नगरेकोले पिडा भोग्नुपरेको बताए ।

कार्यक्रमको सञ्चालन संघर्ष समितिका सचिव दान सिंह विष्टले गरेका थिए ।