नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले गत पुस १७ गते नवपरासी बर्दघाट–१२ स्थित कजरिया टायल्समा कार्यरत श्रमिकहरु होमबहादुर थापा र उत्तरप्रदेश प्रतापगढ जिल्लाका विनोद कुमारको मृत्यु भएको समाचारले जिफन्ट परिवार स्तव्ध भएको भन्दै पुस २० गते बिज्ञप्ती जारी गरेको छ ।
बिज्ञप्तीमा मृतक श्रमिकहरुलाई भावपूर्ण श्रध्दाञ्जली साथै शोकसंतप्त परिवारजनमा हार्दिक समवेदना ब्यक्त गर्दै श्रमिकहरुले सुरक्षित कार्यथलोमा मर्यादित रोजगारी गर्न पाउनु मौलिक हक भएको र कार्यथलोमा भएका श्रमिकहरुको मृत्युको जिम्मेवारी रोजगारदाता र व्यवस्थापन हुनु पर्ने भन्दै पीडितहरुलाई श्रम कानुनहरुले व्यवस्था गरे बमोजिमको क्षतिपूर्ती प्रदान गर्न गराउन सम्बन्धित सबैमा जिफन्टले आव्हान समेत गरेको छ ।