नाबुन कागेश्वरी मनहरा पालिकाको अध्यक्षमा सुनिता खड्का लम्साल निर्वाचित
आइएलओ गभर्निङ बडीको ३५६ औं सत्रको पहिलो हप्तामा, आइएलओ एक्ट्राभका निर्देशक ओलिभर रोप्केले सत्रमा भाग लिने ट्रेड युनियन नेताहरूसँग द्विपक्षीय छलफल गरेको छ ।
छलफलहरूमा ओलिभरले अन्तर्राष्ट्रिय श्रम मापदण्ड, सामाजिक संवाद र सबैका लागि सामाजिक न्याय प्रवर्द्धन गर्न ट्रेड युनियनहरूलाई आइएलओको सहयोग निरन्तर रहेने बताउनु भएको छ ।
एसिया-प्रशान्त र अरब राज्यहरूका श्रमिक समूहका सदस्यहरू र दुवै क्षेत्रका निर्देशकहरू सहभागि छलफलमा विश्व ट्रेड युनियन महासंघ, अफ्रिकी ट्रेड युनियन एकताको संगठन, दक्षिण अफ्रिकी ट्रेड युनियनहरूको कांग्रेस, सोमाली ट्रेड युनियनहरूको महासंघ र इजिप्टियन ट्रेड युनियन महासंघको सहभागिता रहेको थियो ।