??? ????? ????? ??????

?????? : ????? ??????

????? ????????, ??????? ????????? ?????? ?????? ??????? ?????? ??

नेपालको ट्रेड युनियन आन्दोलनको ७८ औँ स्थापना दिवस ४ मार्चमा मनाउने

नेपालको ट्रेड युनियन आन्दोलन सुरू भएको ७८ वर्ष पुगेको अवसरमा आगामी मार्च ४ अर्थात फागुन २० गतेकालागि जिफन्टद्वारा आयोजना गर्ने कार्यक्रमको तयारी बैठक फागुण १२ गते जिफन्ट हलमा सम्पन्न भयो । 

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठले नेपालको ट्रेड युनियन आन्दोलन राजनैतिक आन्दोलन भन्दा पुरानो रहेको भन्नु हुँदै २००३ सालमा स्थापना भएको अखिल नेपाल ट्रेड युनियन कांग्रेसको विरासत नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) भएको बताउनु भयो ।

अध्यक्ष श्रेष्ठले ७८ औँ स्थापना दिवसको सन्दर्भमा ४ मार्चका दिन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा उद्धघाटन समारोह राष्ट्रिय सभा ग्रहमा र दोस्रो दिन जलवायु परीवर्तनले पर्यटन क्षेत्रको श्रम बजारमा परेको असरका बारेमा विज्ञ सहित प्यानल छलफल गरी आगामी दिनकालागि योजना निर्माण गर्ने बताउनु भयो ।

जिफन्ट महासचिव लक्ष्मण शर्माले संचालन गर्नु भएको सो बैठकमा जिफन्ट पदाधिकारीहरू, सचिवालय सदस्यहरू  र आवद्ध युनियनका नेताहरूको सहभागिता रहेको थियो ।

थप फोटो लिंकमा छ ।
https://www.facebook.com/media/set/?vanity=gefontmoments&set=a.122141601674435116

अन्तर्राष्ट्रिय जन अदालत नेपालमा सुरु

अन्तर्राष्ट्रिय मुद्राकोष (IMF) र विश्व बैङ्क (World Bank) विरुद्ध अन्तर्राष्ट्रिय जन अदालत (International Peoples Tribunal) (IPT) 2025, चैत्र १ गते देखी नेपालमा सुरु भएको छ ।

काठमाण्डौको शान्ति बाटिकामा सार्वजनिक पत्रकार सम्मेलनको आयोजना गरी सुरुबाट गरेको सो पत्रकार सम्मेलन पश्चात् र्याली सहित दरबार मार्ग पुगी कोण सभामा परिणत भएको थियो ।

कोणसभामा जिफन्ट उपाध्यक्ष तथा FIA नेपालका संयोजक सीता लामाले अन्तर्राष्ट्रिय मुद्राकोष र विश्व बैङ्कले बितिए स्थिरता सुरक्षित गर्ने नाममा प्रदान गर्ने अनुदानहरूको नाममा हाम्रो देशको नीतिहरूलाई निगरानी गर्ने गरेको बताउनु हुदै उद्योगहरूलाई निजीकरण गर्न प्रेरित गर्ने समेत बताउनु भयो ।

उपाध्यक्ष लामाले IMF र विश्व बैङ्कको यी जनबिरोधि क्रियाकलापको विरुद्ध श्रमजीवीहरू एक भएर लाग्न अनुरोध पनि गर्नु भयो । 
 

थप फोटोकोलागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://www.facebook.com/media/set/?set=a.122144502092435116&type=3

भारतीय मजदुर सभा (बिएमएस) प्रतिनिधिद्धारा जिफन्ट स्कुलको अवलोकन

भारतीय मजदुर सभा (बिएमएस) प्रतिनिधि बि सुरेन्दरन लगायतका प्रतिनिधि मण्डलले चैत्र २१ गते नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट)को अनामनगरमा रहेको जिफन्ट ट्रेड युनियन पोलिसी इन्स्टिच्युट, रिसोर्स सेन्टर, जिफन्ट स्कुल, मिडिया सेण्टरको अवलोकन गर्नु भएको छ । 

अवलोकनको क्रममा जिफन्ट उपाध्यक्ष जितेन्द्र श्रेष्ठ र महासचिव लक्ष्मण शर्माले जिफन्टले संचालन गरीरहेको मिडिया, स्कुलको बारेमा जानकारी दिनु भएको थियो ।


समाज र श्रम अन्दोलनलाइ अलग हो भन्ने मानसिकता त्याग्नु पर्नेः जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठ

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) काठमाडौँ जिल्ला समन्वय कमिटीको आयोजनामा साउन २५ गते जिफन्ट स्कुल, अनामनगरमा अगुवा कार्यकर्ता भेला जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठको प्रमुख आथित्यतामा सम्पन्न भएको छ ।

भेलालाइ सम्बोधन गर्नु हुंदै जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले गत साउन १४ र १५ गते काठमाडौंमा सम्पन्न राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको १२ औं बैठकले निर्देशित कामहरूका बारेमा प्रकाश पार्नु भएको थियो ।

अध्यक्ष श्रेष्ठले बदलीयको श्रम संसारमा ट्रेड युनियन आन्दोलनलाइ पनि बदलेर अगाडि बढन सक्नु पर्ने बताउदै समाज र श्रम आन्दोलनलाइ अलग हो भन्ने मानसिकता त्याग्नु पर्ने बताउनु भयो । 

भेलामा जिफन्ट उपाध्यक्ष सिता लामाले समय अनुसार श्रम आन्दोलनका नेताहरूले आफुलाइ पनि परिवर्तन गर्दै जानु पर्ने भन्नु हुदै राजनैतिक पार्टीलाइ श्रम आन्दोलनबाट प्रभावित बनाउन संगठन बलियो हुनु पर्ने र संगठन बलियो हुन नेतृत्वले श्रमता विकास गर्नु पर्नेमा जोड दिनु भयो । 

त्यसैगरी जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपालले स्थानिय तहको संरचनालाइ बलियो बनाउन सके मात्र सिंगो ट्रेड युनियन आन्दोलन बलियो हुने बताउनु भएको कार्यक्रममा जिफन्ट उपाध्यक्ष जितेन्द्र श्रेष्ठ, सदस्य सुमन पराजुली लगायतका नेताहरूको सहभागिता रहेको थियो ।

कार्यक्रम जिफन्ट जिल्ला समन्वय कमिटि सयोजक तथा बागमती प्रदेश कार्यबाहाक सचिब गोपाल कार्कीको अध्यक्षतामा सचिव कृष्ण लाल श्रेष्ठले संचालन गर्नु भएको थियो ।

कार्यक्रमको थप फोटोकोलागी लिंकमा क्लीक गर्नुहोस्।

https://www.facebook.com/media/set/?set=a.122164209170435116&type=3

प्रचार तथा प्रकाशन विभागको आठौं बैठक सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) प्रचार तथा प्रकाशन विभागको आठौं बैठक साउन २८ गते उपाध्यक्ष जितेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भयो ।

बैठकले जिफन्टको १२ औँ महाधिवेशन प्रतिनिधि परिषद् बैठकले पारित गरेका कामहरूलाई सम्पादन गर्न योजना तयार गरेको छ ।

जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठ, महासचिव लक्ष्मण शर्मा सहभागी बैठकमा विभागमा मनोनीत सदस्य अमर ध्वज लामालाई पद तथा गोपनीयताको शपथग्रहण पनि गराइएको थियो ।

जिफन्ट मधेश प्रदेश महिला कमिटीले तीज मनायो

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) मधेश प्रदेश महिला कमिटीले हरीतालिका तीजको सन्दर्भमा साउन ३१ गते जिफन्ट प्रदेश कार्यालय सिमरामा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।

जिफन्ट उपाध्यक्ष तथा मधेश प्रदेश सार्वजनिक लेखा समिति सभापती माननिय मन्जु थापामगरको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा जिफन्ट मधेश प्रदेश अध्यक्ष कमलेश झा, नेकपा (एमाले) प्रदेश सचिवालय सदस्य सुन्दर वि क लागायतका अतिथीहरूले शुभकामना दिनु भएको थियो ।