नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) मधेश प्रदेश महिला कमिटीले हरीतालिका तीजको सन्दर्भमा साउन ३१ गते जिफन्ट प्रदेश कार्यालय सिमरामा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।
जिफन्ट उपाध्यक्ष तथा मधेश प्रदेश सार्वजनिक लेखा समिति सभापती माननिय मन्जु थापामगरको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा जिफन्ट मधेश प्रदेश अध्यक्ष कमलेश झा, नेकपा (एमाले) प्रदेश सचिवालय सदस्य सुन्दर वि क लागायतका अतिथीहरूले शुभकामना दिनु भएको थियो ।
