नेपालको ट्रेड युनियन आन्दोलनको ७८ औँ स्थापना दिवस ४ मार्चमा मनाउने

नेपालको ट्रेड युनियन आन्दोलन सुरू भएको ७८ वर्ष पुगेको अवसरमा आगामी मार्च ४ अर्थात फागुन २० गतेकालागि जिफन्टद्वारा आयोजना गर्ने कार्यक्रमको तयारी बैठक फागुण १२ गते जिफन्ट हलमा सम्पन्न भयो । 

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठले नेपालको ट्रेड युनियन आन्दोलन राजनैतिक आन्दोलन भन्दा पुरानो रहेको भन्नु हुँदै २००३ सालमा स्थापना भएको अखिल नेपाल ट्रेड युनियन कांग्रेसको विरासत नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) भएको बताउनु भयो ।

अध्यक्ष श्रेष्ठले ७८ औँ स्थापना दिवसको सन्दर्भमा ४ मार्चका दिन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा उद्धघाटन समारोह राष्ट्रिय सभा ग्रहमा र दोस्रो दिन जलवायु परीवर्तनले पर्यटन क्षेत्रको श्रम बजारमा परेको असरका बारेमा विज्ञ सहित प्यानल छलफल गरी आगामी दिनकालागि योजना निर्माण गर्ने बताउनु भयो ।

जिफन्ट महासचिव लक्ष्मण शर्माले संचालन गर्नु भएको सो बैठकमा जिफन्ट पदाधिकारीहरू, सचिवालय सदस्यहरू  र आवद्ध युनियनका नेताहरूको सहभागिता रहेको थियो ।

थप फोटो लिंकमा छ ।
https://www.facebook.com/media/set/?vanity=gefontmoments&set=a.122141601674435116