??? ????? ????? ??????

?????? : ????? ??????

????? ????????, ??????? ????????? ?????? ?????? ??????? ?????? ??

जिफन्ट तनहुँ जिल्ला समन्वय कमिटी र ब्यास पालिका कमिटी गठन

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को भाद्र १३ गते दमौलीमा सम्पन्न तनहुँ जिल्ला भेलाले अर्जुन सुनारको अध्यक्षतामा ११ सदस्यीय जिफन्ट तनहुं जिल्ला समन्वय कमिटी र मोति श्रेष्ठको अध्यक्षतामा ५ सदस्यीय ब्यास नगर तदर्थ कमिटी चयन गरेको छ । 

जिफन्ट गण्डकी प्रदेश अध्यक्ष रुद्र खत्रीको प्रमुख अथित्यतामा भएको भेलामा  नेकपा एमाले तनहुँ जिल्ला अध्यक्ष हरिराज कँडेल, क्युपेक केन्द्रीय उपमहासचिव सोम आले लगायतका अतिथीहरूको उपस्थीती रहेको थियो ।

 

जिफन्टद्वारा संसद विघटन गैरसंवैधानीक रहेको भन्दै तत्काल पुनस्र्थापना गर्न माग

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले संसद विघटन गैरसंवैधानीक रहेको भन्दै तत्काल पुनस्र्थापना गर्न माग गरेको छ । 

भाद्र २९ गते बसेको जिफन्ट राष्ट्रिय कमिटी बैठकले लोकतन्त्रमा मात्रै श्रमिकहरुको अधिकार सुनिश्चित गर्न सकिने निष्कर्ष निकाल्दै संविधानको मुलमर्म कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका रहेकाले त्यसको रक्षाले मात्रै लोकतान्त्रिक गणतन्त्रको संरक्षण हुने भएकाले संविधानको रक्षाले मात्रै सम्भव हुने र लोकतन्त्रको आधारस्तम्भ भनेको राजनैतीक दल भएको हुनाले आपसी मनमुटाव र द्धेष त्यागेर संविधान र व्यवस्थाको रक्षाका लागि सबै दलहरुले कार्ययोजना समेत तय गर्न जिफन्टले आग्रह गरेको छ ।

बैठकमा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले लोकतन्त्रले मात्रै नयाँ नेपालको परिकल्पना गर्न सकिने भएकाले यो व्यवस्थाको विकल्प खोज्नेहरुको सपना किमार्थ पुरा हुन श्रमिकहरुले नदिने बताउनु हुंदै  हामी भ्रष्टाचारका विरोधी हौ, शुसासनका पक्षपाती हौँ त्यसको कार्यान्वयन सरकारले आफ्ना योजना मार्फत गर्ने बताउदै भदौ २३ गते ज्यान जानेगरी भएका घटना र २४ गते तोडफोड र आगजनीका घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कडा कारबाही गर्न माग गर्नु भयो । 

अध्यक्ष श्रेष्ठले आगजनी र तोडफोडका कारण बेरोजगारी भएका श्रमिकहरुको देशव्यापी तथ्याङक तयार गरिने र श्रमिकहरुको न्यायका लागि जिफन्टको तर्फबाट अभियान सञ्चालन गरिने बताउनुभयो ।
 

थपफोटोकोलागी तलको लिंकमा क्लीक गर्नुहोस्र ।

https://www.facebook.com/media/set/?set=a.122168549060435116&type=3

नेपालका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाइ जनस्वास्थ्य च्याम्पियन पुरस्कार घोषणा

बिश्व स्वास्थ्य संगठन WHO ले दक्षिण-पूर्वी एसिया क्षेत्रीय जनस्वास्थ्य च्याम्पियन पुरस्कारको विजेता नेपालका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका घोषित गरेको छ।

जनस्वास्थ्य क्षेत्रमा दिगो प्रभाव र स्वास्थ्य क्षेत्रमा योगदान दिंदै अइरहेका व्यक्ति र संस्थाहरूको असाधारण प्रयासहरूलाई सम्मान गर्न  WHO दक्षिण-पूर्वी एसिया क्षेत्रीय कार्यालयले गत जुन महिनामा सार्वजनिक स्वास्थ्य च्याम्पियन पुरस्कारको घोषणा गरेको थियो।
बंगलादेश, भारत, नेपाल र थाइल्याण्ड लगायत ५० भन्दा बढी संघ संस्थाहरू पुरस्कारको लागि मनोनयन भएको थियो ।

श्रीलंकाको कोलम्बोमा WHO दक्षिण-पूर्वी एसिया क्षेत्रीय समितिको अक्टोबर १३ देखि १५ मा सम्पन्न हुने ७८ औं सत्रमा च्याम्पियनहरूलाई सम्मान गरिने भएको छ।
 

जिफन्ट गण्डकीद्वारा अगुवा कार्यकर्ता भेला सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेशद्वारा असोज ७ गते पोखरामा अगुवा कार्यकर्ता भेला तथा बडा दशैं २०८२को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

जिफन्टका पूर्व उपाध्यक्ष चुडामणी जंगलीक‍ो प्रमुख आतिथ्यता भएको कार्यक्रमको अध्यक्षता प्रदेश अध्यक्ष रुद्र बहादुर खत्रीले गर्नु भएको थियो । 

भदौ २३ र २४ गतेको आन्दोलनले श्रम क्षेत्रमा पारेको प्रभावका बारेमा छलफल र अराजक समुहले जिफन्ट केन्द्रीय कार्यालयमा गरेको तोडफोडको निन्दा गर्दै आपराधिक कार्यमा संलग्नलाई कडा कारबाहीको माग समेत गरेको छ ।

जेनजी आन्दोलनमा झन्डै ३४ प्रतिशत अनलाइन संवाद नक्कली

इजरायलको तेलअभिभमा रहेको साइबर इन्टेलिजेन्स कम्पनी सायाब्राले गरेको अनुसन्धानमा नेपालमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा झन्डै ३४ प्रतिशत अनलाइन संवाद नक्कली एकाउन्ट र एआईमा आधारित सामग्रीबाट फैलाइएको एक अनुसन्धानले निष्कर्ष निकालेको छ ।

जेनजी विद्रोहमा वास्तविक प्रयोगकर्तासँग मिसिएर जेनजी प्रोटेस्ट, वेकअप नेपालजस्ता ह्यासट्याग प्रयोग गर्दै आन्दोलनलाई अतिवादी र हिंसात्मक बनाउने दिशामा धकेल्न केही नक्कली प्रयोगकर्ताहरूले भूमिका खेलेको प्रतिवेदनमा उल्लेख छ ।
 

राजनीतिक सचेतनाका साथ ट्रेड युनियन आन्दोलनलाई व्यवस्थित रूपमा अघि बढाउनुपर्नेः अध्यक्ष बिनोद श्रेष्ठ

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) बागमती प्रदेश कमिटीको आयोजनामा असोज २७ गते जिफन्ट सभाहलमा अगुवा कार्यकर्ताहरूको भेला सम्पन्न गरेको छ । 

भेलालाइ सम्बोधन गर्नु हुंदै जिफन्ट अध्यक्ष बिनोद  श्रेष्ठले गत भाद्र २३ र २४ गतेको जेन्जी आन्दोलन र त्यसबाट उत्पन्न परिस्थितिको सन्दर्भमा वास्तविकता र भ्रमबीचको भिन्नता स्पष्ट पार्दै, राजनीतिक सचेतनाका साथ ट्रेड युनियन आन्दोलनलाई व्यवस्थित रूपमा अघि बढाउनुपर्नेमा जोड दिनु भयो । 

सहभागीहरूले उठाएका जिज्ञासाहरूको जवाफ दिँदै अध्यक्ष श्रेष्ठले सत्य–तथ्यका आधारमा धारणा बनाउन, कसैको धाक, धम्की र त्रासमा नपरी उत्साहपूर्वक मातहत कमिटीहरूलाई परिचालन गर्न निर्देशन दिनुहुंदै अध्यक्ष श्रेष्ठले नेकपा (एमाले) का अध्यक्षको भ्रष्टाचार विरुद्धको स्पष्ट अडान, सत्यसँग नलड्ने र शक्ति–प्रभावसँग नझुक्ने अटल प्रतिबद्धताकै कारण पार्टी नेतृत्वमाथि प्रतिक्रियावादी अदृश्य शक्ति र फरक विचार राख्ने केही दलका नेताहरूको निशाना परेको उल्लेख गर्दै, संकटको घडीमा नेतृत्वको प्रतिरक्षा गर्दै पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। 

भेलामा जिफन्ट भवनमाथि भएको तोडफोड घटनाको निन्दा गर्दै, श्रमिकहरूको पसिनाले निर्मित भवनलाई श्रमिकहरूकै सहयोगमा मर्मत गर्न जिफन्ट सदस्यहरूलाइ कम्तीमा १  दिनको पारीश्रमिक सहयोगको लागी जिफन्टले अनुरोध गरेको समेत अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

बागमती प्रदेश अध्यक्ष रामहरी नेपालको अध्यक्षतामा, उप–सचिव गोपाल कार्कीले संचालन गर्नु भएको भेलाले तिहारअघि सबै पालिका कमिटीहरूको बैठक सम्पन्न गर्ने निर्णय समेत गरेको छ।