प्रचार तथा प्रकाशन विभागको आठौं बैठक सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) प्रचार तथा प्रकाशन विभागको आठौं बैठक साउन २८ गते उपाध्यक्ष जितेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भयो ।

बैठकले जिफन्टको १२ औँ महाधिवेशन प्रतिनिधि परिषद् बैठकले पारित गरेका कामहरूलाई सम्पादन गर्न योजना तयार गरेको छ ।

जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठ, महासचिव लक्ष्मण शर्मा सहभागी बैठकमा विभागमा मनोनीत सदस्य अमर ध्वज लामालाई पद तथा गोपनीयताको शपथग्रहण पनि गराइएको थियो ।