??? ????? ????? ??????

?????? : ????? ??????

????? ????????, ??????? ????????? ?????? ?????? ??????? ?????? ??

अलबिदा कमरेड धन बहादुर श्रेष्ठ

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट आबद्ध युनियन जुट, गार्मेन्ट, कार्पेट, टेक्सटायल मजदुर युनियन, नेपाल (जुगकाटेमयु) का सदस्य तथा नेकपा एमाले मजदुर बिशेष जिल्ला कमिटी पुर्वसदस्य कमरेड धन बहादुर श्रेष्ठको गत कार्तिक २२ गते भएको असामयिक निधनले जिफन्ट परीवार स्तब्ध भएको छ । 

यस दुखद घडीमा जिफन्टले स्वर्गीय श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । 

स्वर्गीय श्रेष्ठको पार्थिव शरीरको अन्तेष्टी पूर्व कार्तिक २६ गते पशुपतिस्थित संक्षिप्त श्रद्धाञ्जली सभाको आयोजना गरीएको थियो । 

उक्त श्रद्धाञ्जली सभामा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले पार्टीको झण्डा ओढाउनु भएको थियो । 

त्यसैगरी, जिफन्ट उपाध्यक्ष जितेन्द्र श्रेष्ठ र सीता लामाले जिफन्टको झण्डा र जुगकाटेमयु अध्यक्ष अर्जुन अधिकारीले युनियनको झण्डा ओढाइ श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । 

दोलखा जिल्ला शैलुङ्ग गाबिस वडा नं ३ स्थाइ घर भएका स्वर्गीय धनबहादुर श्रेष्ठ २०४५ साल देखी रोजगारीको सिलसिलामा काठमाण्डौको बौद्ध  बस्दै आउनु भएको थियो ।

स्वर्गीय श्रेष्ठ गत कार्तिक २२ गते परीवार सहित मुक्तिनाथको तीर्थयात्रा सम्पन्न गरी फर्कने क्रममा बाटैमा असामयिक निधन भएको थियो  ।
 

जिफन्टद्वारा समतामूलक र न्यायपूर्ण जलवायु वित्तको माग गर्दै प्रभात फेरी

चालू कोप 29 मा समतामूलक र न्यायपूर्ण जलवायु वित्तको माग गर्दै मंसिर १ गते नेपाल ट्रेड युनियन महासंघ जिफन्ट र सम्बद्ध जलवायु अभियन्ताहरूका संघ संस्थाहरूले काठमाडौँमा प्रभात फेरीको आयोजना गरेका छन् । 

जलवायु परिवर्तनका कारण सिगों देशले भोग्नु परेको समस्या र श्रमिकहरूको रोजगारीमा परेको असरका बारेमा र श्रमिकहरूलाई मर्यादित काम र सामाजिक सुरक्षाको प्रत्याभुति गर्नु पर्ने आदि नाराका प्लेकार्ड सहित भृकुटीमण्डपबाट सुरू भएको प्रभात फेरी रत्नपार्क स्थित शान्ति बाटिकामा पुगी कोणसभामा परिणत भएको थियो । 

कोणसभामा जिफन्ट उपाध्यक्ष तथा असमानता विरुद्धको एलायन्सका नेपाल संयोजक सिता लामाले जलवायु सङ्कटले देशव्यापी रुपमा समुदायहरु र हिमाली पर्यटनदेखि कृषीक्षेत्रसम्म परेको असरले श्रमिकहरुको गाँस बास कपास स्वास्थ्य शिक्षा रोजगारीमा परेको असरहरुको बारेमा प्रकाश पार्दै चालू कोप सम्मेलनको बैठकले अल्पविकसित तथा विकासशील राष्ट्रका समुदायका नागरिक र श्रमिकहरुलाई न्याय दिलाउनुपर्ने माग गर्नुभएको थियो। 

थप फोटोकोलागी  लिंकमा क्लीक गर्नुहोस ।

https://www.facebook.com/media/set/?set=a.122128005722435116&type=3

महामहिम राजदूतमा डा. नेत्र तिमिल्सिनालाइ बधाई तथा शुभकामना

मलेसियाका लागि नेपाल सरकारको तर्फबाट महामहिम राजदूतमा प्रस्तावित डा. नेत्र तिमिल्सिना र जिफन्टका उच्च नेतृत्वसँग पौष ४ गते  केन्द्रिय कार्यालयमा भेटघाट भयो । 

उक्त भेटमा जिफन्टको नेतृत्वबाट मलेसियामा कार्यरत नेपाली श्रमिकहरुले  झेल्नु परेका समस्या एवं त्यहाँको नेपाली दूतावासले गर्ने सेवा र समन्वयमा जिफन्टको अपेक्षाहरुको बारेमा जानकारी गरेको थियो । 

बैठकमा डा. तिमिल्सिनाले मलेसिया नेपालको एक महत्त्वपूर्ण श्रम गन्तव्य भएकोले श्रमिकका मुद्दाहरूको यथाशीघ्र सहजिकरण गर्ने बताउनु भयो । बैठकमा जिफन्टको अध्यक्ष सहित पदाधिकारी र सचिवालय सदस्यहरुको सहभागिता रहेको थियो ।
 

बागमती प्रदेशमा “जिफन्टको कायाकल्पका लागि अभियान–२०८१” अभिमुखीकरण सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले  बागमती प्रदेश कमिटीले “जिफन्टको कायाकल्पका लागि अभियान–२०८१” अभिमुखीकरण कार्यक्रम पुस ६ गते काठमाण्डौमा सम्पन्न गरेको छ । 

प्रदेश अध्यक्ष रामहरी नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष विनोद श्रेष्ठले अभियानको विषयमा प्रकाश पार्नुहुँदै अभियानको उद्देश्य, स्वरुप,  संरचना, कार्य अवधि, अभियानभित्र गरिने कार्य र अनुगमनका आधारहरुका बारेमा विस्तृतमा प्रकाश पार्नु भएको थियो ।

बागमती प्रदेश भित्रका १३ जिल्लालाई ३ वटा क्लस्टरमा बिभाजनगरी संचालन गर्न लागेको सो अभियान प्रदेश अध्यक्ष रामहरी नेपालको नेतृत्वमा राष्ट्रिय कमिटी सचिवहरू स्मृती लामा, कृष्ण केसी र बेलीमाया घलेले सहजीकरण गर्नु हुने छ ।

थप फोटोकालागी लिंकमा क्लिक गर्नुहोस् ।

https://www.facebook.com/media/set/?set=a.122132749880435116&type=3

डिजिटल प्रविधिको प्रयोग सम्बन्धमा तालिम सम्पन्न

जिफन्टले श्रम संसारमा  डिजिटल प्रविधिको प्रयोगबारे फागुण ७ गते शिप मूलक तालिम पोखरामा सम्पन्न गरेको छ ।

जिफन्ट उपाध्यक्ष जितेन्द्र श्रेष्ठ, सचिव महेन्द्र लाल श्रेष्ठ र प्रचार विभाग सदस्य किरण मालीले प्रविधिको प्रयोग गरी, हाइब्रिड बैठक, प्रशिक्षण सञ्चालन शिपका बारे तालिम दिनु भएको थियो ।

तालिम कार्यक्रममा जिफन्ट गण्डकी प्रदेश प्रचार विभाग, कार्यालय सचिव, नेपाल बिजुली ,पेन्टर,प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक-नेपाल) र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका प्रतिनिधिहरू सहभागी रहेको थियो ।
 

जिफन्ट गण्डकी प्रदेशमा एक्सन रूमको शुभारम्भ

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट गण्डकी प्रदेश कार्यालयमा फागुन ७ गते जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले एक्सन रूमको शुभारम्भ गर्नु भएको छ ।

अध्यक्ष श्रेष्ठले विश्वमा आयको प्रविधिको विकास सँगै श्रम संसारलाइ पनि प्रविधि मैत्री बनाउन आठों महाधिवेशनले पारित गरेको कार्यक्रमहरू मध्ये जहा श्रमिक त्यहाँ डटिजिल्ली कार्यक्रम अन्तरगत जिफन्टले केन्द्र बाट मात्र सञ्चालन गर्दै आइरहेको एक्सन रुमलाइ यस वर्ष देखी गण्डकी प्रदेशमा पनि सञ्चालनमा ल्याएको बताउनु भएको छ ।

भर्चुअल माध्यमाबाट आयोजित सो कार्यक्रममा जिफन्ट सातै प्रदेश अध्यक्षहरूबाट शुभकामना दिनुका साथै प्रदेशको रिपोर्टिङ पनि गर्नु भए थियो ।

जिफन्ट महासचिव लक्ष्मण शर्माले सञ्चालन गर्नु भएको सो कार्यक्रममा जिफन्ट पदाधिकारीहरू, सचिवालय सदस्य लगायतका नेताहरू सहभागी रहेको थियो ।

कार्यक्रममा जिफन्ट गण्डकी प्रदेश अध्यक्ष रुद्र खत्रीले जिफन्ट केन्द्रलाइ धन्यवाद दिनु हुँदै एक्सन रुमलाइ श्रम आन्दोलनको हितमा व्यापक सदुपयोग गर्ने बताउनु भएको थियो ।