????? ????????, ??????? ????????? ?????? ?????? ??????? ?????? ??
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को राष्ट्रिय प्रतिनिधि परिषद बैठक हिँजो असार ५ गते काठमाडौंमा शुभारम्भ भयो । नेकपा (एमाले) का उपमहासचिव तथा जिफन्ट संरक्षक विष्णु रिमालको अध्यक्षतामा दुइ दिनसम्म जारी रहने उक्त बैठकमा देशैभरीका परिषद सदस्यहरूले भाग लिइहेका छन् ।
परिषद बैठकको उद्घाटन सत्रमा समावेशी आयोगका सदस्य हरिदत्त जोशी, नेकपा (एमाले) जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकाल, एफईएस नेपाल प्रतिनिधि चन्द्रदेव भट्टको समेत उपस्थिति रहेको थियो । उक्त अवसरमा हालै प्रधानमन्त्री केपी शर्मा वलीको प्रमुख सल्लाहकार नियुक्त हुनुभएका जिफन्ट संरक्षक विष्णु रिमाललाई जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले बधाई एवम् शुभकामना प्रदान गर्नुभयो ।
परिषद बैठको पहिलो दिन जिफन्ट ऐक्यवद्धता कोषको राष्ट्रिय भेलाको समेत आयोजना गरिएको थियो । कोषलाई थप व्यवस्थित र प्रभावकारी बनाउन कोष सञ्चालन-परिचालन नियमावली-२०७३ लाई शंसोधन गर्ने सम्बन्धी जिफन्ट महासचिव लक्ष्मण शर्माद्वारा प्रस्तुत प्रस्ताव माथी भेलाका प्रतिनिधिहरूले सुझाव राखेका थिए ।
उक्त अवसरमा जिफन्टले गत वर्षको असार २४ देखि शुरू गरेको दैनिक डिजिटल बुलेटिन 'श्रमिक खबर' को पहिलो वार्षिकोत्सवको अवसरमा बुलेटिन उत्पादन समूहमा संलग्न समाचार सम्पादक, प्राविधिक र समाचार वाचकहरू अमर ध्वज लामा, बिक्रम श्रेष्ठ, सबिता बस्नेत, जेनिश श्रेष्ठ रबिन गोपाली, सुप्रिया राइ, बिष्णु खनाललाई जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले सम्मानित गर्नुभयो । सोही क्रममा श्रमिक खबर नियम हेर्ने, सुन्ने र सामाजिक सञ्जालमा सवैभन्दा बढी सेयर गर्ने दुइजना गण्डकी प्रदेशकी सङ्गीता पाण्डे र सुदुर पश्चिम प्रदेशका दानसिंह विष्टलाई सम्मानित गरिएको थियो ।
परिषद बैठकको पहिलो सत्रमा महासचिव लक्ष्मण शर्माले राष्ट्रिय कमिटिको प्रतिवेदन, बाबुराम कोइरालाले आर्थिक प्रतिवेदन र अध्यक्ष बिनोद श्रेष्ठले आगामी कार्यक्रमहरूको प्रस्ताव प्रस्तुत गर्नुभयो । बैठकको कार्यसूचि अनुसार पहिलो दिन प्रस्तुत प्रतिवेदन र प्रस्तावहरू आज साउन ६ गते छलफल गरि पारित गरिने छ ।
थप फोटोकोलागी ………..
https://www.facebook.com/media/set/?set=a.122097910820435116&type=3
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार तथा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) संरक्षक विष्णु रिमालले पद, प्रतीष्ठाको लोभ नगरी श्रमजीवीवर्गको मुक्ति आन्दोलनको निष्ठा कायम गर्न जिफन्ट सफल रहेको बताउनु भयो । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को राष्ट्रिय प्रतिनिधि परिषद बैठकको अध्यक्षता गर्नुभएका रिमालले सम्बोधनका क्रममा उक्त विचार व्यक्त गर्नुभएको हो ।
नेकपा (एमाले) का उपमहासचिव समेत रहनु भएका रिमालले जिफन्टलाई अतिरञ्जित गराई श्रमिकहरूको विश्वास गुम्न नदिन समेत परिषद सदस्यहरू सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
वर्तमान सरकार निराशा चिर्दै अर्थतन्त्रको सुधार गर्नेतर्फ उन्मुख रहेकाले स्थानीय तहसम्मका श्रमिकहरूलाई सामाजिक सुरक्षा कार्यक्रममा जोडाउँदै जिफन्टले सरकारलाई सघाउन समेत नेता रिमालले आग्रह गर्नुभयो ।
परिषद बैठकलाई सम्बोधन गर्दै नेकपा (एमाले) जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले पार्टीका २३ जनसंगठन मध्ये पार्टीलाई सघाउन सबैभन्दा अग्रपङ्तिमा रहँदै आएकोमा जिफन्टको प्रशंसा गर्नुभयो । 'जिफन्टलाई अराउनु पर्दैन, बोलेको पुरा गर्छ' उहाँले भन्नुभयो ।
देशैभरी सञ्जाल रहेको जिफन्टले अव स्थानीयस्तरमा रहेको पार्टी कमिटिहरूमा प्रभाव सिर्जना गर्ने गरी काम गर्न समेत जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले परिषद सदस्यहरूलाई सुझाव दिनुभयो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को राष्ट्रिय प्रतिनिधि परिषदको ११ औं बैठक हिँजो सम्पन्न भयो । नेकपा (एमाले) का उपमहासचिव तथा जिफन्ट संरक्षक विष्णु रिमालको अध्यक्षतामा साउन ५ र ६ गते काठमाडौंको थापागाउँमा आयोजित बैठकले विभिन्न प्रस्तावहरू पारित गरेको छ ।
परिषद बैठकले जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठद्वारा प्रस्तुत १७ वटा शीर्षकमा विभाजित अगामी कामको प्रस्ताब पारित गर्यो ।
२८ पृष्ठ लामो उक्त कार्यक्रमहरूमा सङ्गठन सुदृढिकरण र सदस्यता वितरण, श्रम कानुन शंसोधन, होटल तथा पर्यटन क्षेत्रका मजदुरको १० % सेवा शुल्क फीर्ता अभियान, तालिमेलाई तलबी अभियान, सबै क्षेत्रमा सामाजिक सुरक्षा लागू गराउने अभियान, आउटसोर्स श्रमिकलाई सङ्गठित गर्ने र सामाजिक सुरक्षामा आवद्ध गराउने अभियान, प्रतिष्ठान स्तरमा श्रम अडिटको कार्यान्वयन गराउने अभियान, प्रशिक्षण सञ्चालन, श्रम सम्बन्ध सन्तुलित बनाउन कार्यथलोमा उठ्ने विवाद निरूपण र श्रम डेस्क स्थापना, श्रमिकका योगदानको प्रचार तथा प्रकाशन गर्ने, व्यवसाय जन्य सुरक्षा र स्वास्थ्य सुरक्षालाई वलियो बनाउने, विभिन्न दिवस र समारोहको आयोजना, प्रवासी श्रम र रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने श्रमिकका मुद्धामा जेटियुसीसी मार्फत साझा पहल र संयुक्त कामलाई बलियो बनाउने , विशेष कार्यक्रमहरूको आयोजना, केन्द्रीय कार्यलयलाई थप व्यवस्थित बनाउने र सहकार्य तथा जनसङ्गठनको अन्तरसम्बन्ध प्रभावकारी बनाउने जस्ता १७ वटा शीर्षक अन्तरगत वर्षभरी कार्यान्वयन हुने विस्तृत गतिविधिहरू समेत परिषद बैठकले पारित गरेको छ ।

त्यसैगरी, बैठकले उपाध्यक्ष बिदुर कार्कीले पेश गर्नु भएको २१ बुँदे समसायिक बिषयको प्रस्ताव, महासचिव लक्ष्मण शर्माले पेश गर्नु भएको राष्ट्रिय कमिटिको प्रतिवेदन र अर्थिक प्रवन्धक बाबुराम कोइरालले पेश गर्नु भएको आर्थिक प्रतिवेदन पारीत गरेको छ ।
प्रतिवेदन पारित गर्नु पुर्व ४ वटै प्रतिवेदन उपर ५ समुह बनाइ छलफल गरिएको थियो । छलफल पश्चात अर्जुन अर्याल, सुजना जोशी, सरिता नेपाल, कृपा कार्की र शंकर थापाले आ अफ्नो समुहको तर्फबाट सुझाव तथा टिप्पणी पेश गर्नु भएको थियो ।
जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले राष्ट्रिय प्रतिनिधि परिषदको ११ औं बैठकले पारित गरेका कार्यक्रम र बैठकले प्रदान गरेको म्याण्डेडलाई प्रभावकारी कार्यान्वयनमा लैजान सिङ्गो जिफन्ट तयार रहेको र यसबाट ट्रेड युनियन आन्दोलनमा जिफन्टले नयाँ उचाई प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।
थप फोटोकोलागि ……….
https://www.facebook.com/media/set/?set=a.122097945446435116&type=3
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) राष्ट्रिय कमिटीको १११ औं बैठक बिनोद श्रेष्ठको अध्यक्षतामा साउन ६ गते सम्पन्न भयो ।
जिफन्ट सभाहलमा सम्पन्न बैठकले राष्ट्रिय प्रतिनिधि परिषदको साउन ५ र ६ गते आयोजित बैठकले पारित गरेका प्रतिवेदनहरूलाइ शुत्रवध्द गरी दस्तावेज तयार गर्न उपाध्यक्षहरू बिदुर कार्की, जितेन्द्र श्रेष्ठ, जनक चैधरी र सीता लामाको समूहले अगामी कामको प्रस्ताब र उपमहासचिव कमला तामाङ, सचिवहरू स्मृती लामा, बेलीमाया घले, बिजया खडका, तारानिधी पन्तको समूहले सांगठानिक प्रतिवेदनलाई तयार गर्ने निर्णय गरेको छ ।
प्रतिनिधि परिषदको ११ औं बैठक सम्पन्न गर्न योगदान गर्नुहुने सबैमा धन्यवाद दिदै बजार ब्यवस्थान तथा बिक्री कर्मचारी संघ (अम्स नेपाल) लाइ जिफन्टको अवध्दता दिने बैठकले निर्णय गरेको छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को प्रचार प्रसारलाइ प्रभावकारी बनाउने सन्दर्भमा प्रचार तथा प्रकाशन बिभाग र जिफन्ट प्रदेश अध्यक्षहरूबीच साउन २२ गते भर्चुअल बैठक सम्पन्न भयो ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष बिनोद श्रेष्ठले प्रचार तथा प्रकाशनको सन्दर्भमा जिफन्टको नीति एवं प्रदेश कमिटि र विभागबीचको समन्वयकारी भूमिकाबारे प्रकाश पार्नु भयो ।
उपाध्यक्ष तथा विभाग प्रमुख जितेन्द्र श्रेष्ठले जिफन्टले नेतृत्व गर्दै आएको ट्रेड युनियन आन्दोलनलाई अझै सशक्त बनाउन यूनियनका हरेक गतिबिधि समुदायसम्म पुर्याउन प्रचारको भूमिका विशेष भएको बताउनु भयो ।
प्रचार तथा प्रकाशन विभाग सचिव महेन्द्रलाल श्रेष्ठले अगामी दिनमा गरिने काममा प्रदेशहरूको भुमिकाका बारे भर्च्युयल बैठकमा प्रष्ट पार्नु भएको थियो ।
सो अवसरमा जिफन्ट प्रदेश अध्यक्षहरूले आफू मातहतका अवस्थाका बारेमा संक्षेपमा जानकारीका साथै सुझावहरू दिनुभएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध युनियन नेस्वहोमयुका पूर्व उपाध्यक्ष तथा नेकपा एमाले उपत्यका बिशेष प्रदेश कमिटी सदस्य हरिओम अधिकारीको भाद्र १ गते भएको असामयिक निधनले जिफन्ट परीवार स्तब्ध भएको छ ।
यस दुखद घडीमा जिफन्टले स्वर्गीय अधिकारीप्रति भावपूर्ण श्रध्दाञ्जली व्यक्तगर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
स्वर्गीय अधिकारीको पार्थिब शरिरको अन्तष्टी पुर्व पशुपतिस्थित बिधुतीय सब गृहमा संक्षिप्त श्रद्ध्ञ्जली सभाको आयोजना गरीएको थियो । उक्त श्रद्धाञ्जली सभामा नेकपा एमाले पोलिटब्यरो सदस्य तथा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ले जिफन्टको झण्डा ओढाउनु भएको थियो ।
त्यसैगरी, नेकपा एमाले पोलिटव्युरो सदस्य तथा बिशेष प्रदेश इन्चार्ज सुजिता शाक्यले पार्टीको झण्डा र नेस्वहोमयु अध्यक्ष लक्ष्मण तिवारीले युनियनको झण्डा ओडाइ श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।