??? ????? ????? ??????

?????? : ????? ??????

????? ????????, ??????? ????????? ?????? ?????? ??????? ?????? ??

जिफन्टद्वारा छठ पर्वको शुभकामना

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले छठ पर्व २०८२ को अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गरेको छ ।

सूर्य देवता र छठी माताको पूजा अर्चना गरी मनाउने यो पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिक लगायत सबै प्रकारका विभेद, कुरीति एवम् विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्न र आपसी सद्‌भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्ने जिफन्टले विश्वास लिएको छ ।

जिफन्टद्वारा उपचार सहयोग प्रदान

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध  नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक-नेपाल) पूर्व केन्द्रीय सदस्य तथा केन्द्रीय महिला कमिटी सचिव धुर्पादेवी राईको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ । 

टाउकोमा रगत जमेको कारण बिराटनगरस्थित आर ए न्यूरो हस्पिटल कञ्नचनबारीमा अप्रेशन गर्नु भएकी राईलाई जिफन्ट ऐक्यबद्धता कोषबाट २५ हजार रूपैयाँ र क्युपेक-नेपालको तर्फबाट नगद रू १६ हजार १ सय  रूपैयाँ राईकी छोरी लक्ष्मी रानालाई जिफन्ट उपमहासचिव नरनाथ लुईटेल र कोशी प्रदेश अध्यक्ष किशोर धमलाले कार्तिक ८ गते हस्पिटल पुगी हस्तान्तरण गरेको हो ।

अलबिदा कमरेड कमल गौतम

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का उपाध्यक्ष कमरेड कमल गौतमको आज लुम्बिनी प्रदेश रुपन्देहीमा विद्युत कटौतीका कारण श्रमिकहरूको रोजगारी संकटमा परेको विषयमा भएको विरोध कार्यक्रममा संबोधन गर्दागर्दै हृद‌याघातको कारणले निधन भएको छ  ।

जिफन्ट केन्द्रीय कार्यालयले शोक बिज्ञप्ती निकाली गत ४ दशकदेखि नेपाली वामपन्थी तथा श्रमिक आन्दोलनमा निरन्तर योगदान गर्दै आउनु भएका कमरेड गौतमको निधनले अपुरणीय क्षती भएको बताएको छ ।

बिज्ञप्ति मार्फत दिवंगत नेताको देहवसान प्रति हार्दिक श्रद्धाञ्जली र शोक संतप्त परिवारजन, इष्टमित्र, सहकर्मी कमरेडहरूमा हार्दिक समवेदना प्रकट गरेको छ ।
 

स्वर्गीय कमल गौतमको ५ औं पुण्य तिथिमा बुटवलमा शोक सभा सम्पन्न

जिफन्ट लुम्बिनी प्रदेश कमिटीको आयोजनामा कार्तिक १७ गते स्वर्गीय कमल गौतमको ५ औं दिनको पुण्य तिथिमा उहाँकै निवासमा शोक सभा सम्पन्न भयो । 

जिफन्ट लुम्बिनी प्रदेशका अध्यक्ष हुमाकान्त काफ्लेले कमरेड कमल गौतमको पारिवारिक र साङ्गठनिक जीवन बारे प्रकाश पार्नु भयो भने जिफन्ट राष्ट्रिय कमिटी सचिव हरि कार्कीले शोक मन्तब्य राख्नु भयो ।

कार्यक्रमको सन्चालन प्रदेश सचिव सन्तोष के. सी. ले गर्नु भएको थियो ।

जिफन्ट नेतृत्व र डिजिबी र बिडब्लुआई दक्षिण एसिया प्रतिनिधी बिच भेटवार्ता

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) केन्द्रीय कार्यालयमा कार्तिक १७ गते जिफन्ट नेतृत्व र जर्मन ट्रेड युनियन कन्फेडेरेसन (DGB) र बिडब्लुआई दक्षिण एसिया प्रतिनिधी बिच भेटवार्ता भएको छ । 

जिफन्ट महासचिब लक्ष्मण शर्मा र बिदेश बिभाग सचिब स्मृती लामाले नेपालको ट्रेड युनियन अन्दोलन र बर्तमान राजनैतिक परीवेशका बारेमा जानकारी गराउनु भएको भेटवार्तामा जिफन्ट आवद्ध क्युपेक नेपाल अध्यक्ष शान्ता बस्नेत पनि सहभागी रहेको थियो ।

 

जिफन्टले लोकतन्त्रको प्रतिरक्षाका लागि डटेर सामना गर्दै आएको छः जिफन्ट अध्यक्ष श्रेष्ठ

पब्लीक सर्भिस इन्टरनेशनल (पिएआइ) नेपाल आवद्ध कमिटीको कात्तिक २३ गते काठमाण्डौमा सम्पन्न चौथो साधारण सभाले उत्तम कुमार कटुवालको अध्यक्षतामा सात सदस्यीय कमिटि चयन गरेको छ । 

साधारण सभालाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि एवम् नेपाल ट्रेड युनियन महासंघ जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले भाद्र २३ र २४ को आन्दोलन पस्तात श्रमक्षेत्र पनि प्रभावित भएको भन्दै  आन्दोलनको नाममा अराजक समुहले गरेको तोडफोड तथा आगजनीका कारण हजारौं श्रमिकहरू बेरोजगार भएको बताउनु भयो । 

अध्यक्ष श्रेष्ठले लोकतन्त्रलाइ जोगाउन सके मात्र श्रमिक आन्दोलन पनि रहने भएको हुनाले  जिफन्टले लोकतन्त्रको प्रतिरक्षाका लागि डटेर सामना गर्दै आएको बताउनु भयो । 

कार्यक्रममा नेपाल ट्रेड युनियन काङ्ग्रेस (एन्टियुसि) अध्यक्ष योगेन्द्र कुवर , जिफन्ट नेभा अध्यक्ष गीता थिङ लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।