??? ????? ????? ??????

?????? : ????? ??????

????? ????????, ??????? ????????? ?????? ?????? ??????? ?????? ??

मजदुर बिशेष जिल्ला कमिटीको बिस्तारित बैठक सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी (एमाले) मजदुर बिशेष जिल्ला कमिटीको बिस्तारित बैठक साउन ३० गते  अध्यक्ष तुलसी सिवाकोटीको अध्यक्षतामा जिफन्ट हलमा सम्पन्न भयो । 

बैठकमा पोलिटब्यरो सदस्य तथा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले जिफन्टको लडाइँ बर्गीय अधिकारको लागी भएको बताउनु हुदै बिषेश जिल्ला कमिटीमा आवद्ध रहेका सबैले सकारात्मक सोचका साथ सक्रिय भएर लाग्नु पर्नेमा जोड दिनु भयो ।

बैठकमा उपत्यका विशेष प्रदेश कमिटी ईन्चार्ज सुजिता शाक्यले जनसङ्गठन भित्र पार्टी काम र पार्टी संगठन बिचको अन्तर सम्बन्धका बारेमा, ट्रेड युनियन अन्दोलनमा पार्टीको भुमिका र महत्वका बारेमा उपत्यका बिशेष प्रदेश अध्यक्ष प्रेम पराजुलीले र आसन्न बिधान महाधिवेशनको सन्दर्भमा मजदुर बिशेष जिल्ला कमिटी इन्चार्ज सीता लामाले प्रकाश पार्नु भएको थियो । 

कार्यक्रमको थप फोटोकोलागी तलको लिंकमा क्लीक गर्नुहोस् ।

https://www.facebook.com/media/set/?set=a.122164768184435116&type=3

अर्जुनदृष्टी सेक्युरिटिमा कार्यरत श्रमिकहरू जिफन्टमा आबद्ध

अर्जुनदृष्टी सेक्युरिटि कम्पनि मार्फत मोरङ जिल्लाको गोठगाउमा रहेको पुर्वान्चल बिश्व बिधालयलयमा सेक्युरेटी गार्डमा कार्यरत ३५ जना श्रमिकहरू जिफन्टमा आबद्ध भएका छन । 

जिफन्ट कोशी प्रदेश कमिटी अध्यक्ष किशोर धमलाले साउन ३० गते एक कार्यक्रम बिच जिफन्टको सदस्यता प्रदान गर्नु हुंदै जिफन्टको नीति तथा कार्यक्रम, योगदानमा आधारित सामजिक सुरक्षा र न्युनतम ज्याला लगाएतका बिषयमा प्रकाश पार्नु भएको थियो ।

जिफन्ट पनौती पालिकाले तीज मनायो

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)  पनौती पालिका कमिटीद्वारा भाद्र ३ गते आयोजित तीज कार्यक्रममा जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरि नेपालले श्रमिक महिलाको अधिकार सुनिश्चित गर्न पालिका स्तरमा श्रम डेस्क स्थापना, श्रमिक पञ्जीकरण र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन दवाब सिर्जना गर्नुपर्ने बताउनु भएको छ । 

कार्यक्रममा नेकपा एमाले पनौती नगर कमिटी अध्यक्ष सुरेश हुमागाईंले तीजलाई स्वतन्त्रताको अनुभूति गर्ने र श्रमिक अधिकारप्रति सचेत रहने पर्वका रूपमा मनाउनुपर्नेमा जोड दिनु भएको छ । 

कल्पना थापाको अध्यक्षतामा, रिता तामाङले संचालन गर्नु भएको कार्यक्रममा जिफन्ट प्रदेश महिला कमिटी अध्यक्ष शान्ती कार्की र जिल्ला सचिव श्याम सापकोटाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री माननीय जयराम थापालाई बधाइ

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) बागमती प्रदेश अध्यक्ष रामहरि नेपालले श्रम बजारमा देखिएका समस्या र समाधानका बारे सुझाव दिँदै प्रदेशको तर्फबाट बधाई तथा शुभकामना दिनु भएको छ । 

बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री माननीय जयराम थापालाई भाद्र ३ गते संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (JTUCC) बागमती प्रदेश समन्वय कमिटी र श्रम सल्लाहकार परिषद् सदस्यहरूले नव नियुक्त मन्त्री थापालाइ कार्यकाल सफलताको शुभकामना सहित बधाई ज्ञापन गरेको हो ।

एफइएसद्वारा मंगोलियामा प्रशिक्षक प्रशिक्षण तालिम

श्रम आन्दोलनलाई प्रभावकारी र सशक्त बनाउने उद्देश्यका साथ ट्रेड युनियनमा दक्ष जनशक्ती निर्माण गर्ने उद्धेश्यले फ्रेडरिक-एबर्ट-स्टिफ्टुङ (एफइएस) एशिया प्रसान्तको आयोजनामा कामको भविष्यका लागि Power Resource Approach (PRA) सम्बन्धी प्रशिक्षक प्रशिक्षण भाद्र १० गते देखी मंगोलियामा सुरु भएको छ । 

भाद्र १४ गते सम्म संचालन हुने तालिमको पहिलो दिन समस्या देखि लक्ष्य’ (Problems to Goal) शिर्षकको सत्रमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) बिदेश बिभाग सचिव स्मृति लामाले कार्यशैली र रणनीतिका दृष्टिकोणबारे अनुभव राख्नु हुंदै Power Resource Approach (PRA) को प्रयोगमा व्यावहारिक ज्ञान र सीपका बारेमा प्रस्तुत गर्नु भएको थियो । 

Power Resource Approach टूलकिटकी लेखक तथा ट्रेड युनियन प्रशिक्षक डीना फेलर र FES फिलिपिन्सका कार्यक्रम व्यवस्थापक चाओ काबातिङ्गनले सहजीकरण गरीरहनु भएको तालिममा नेपाल, भारत, पाकिस्तान, थाईल्याण्ड, मंगोलिया र फिलिपिन्सका ट्रेड युनियन नेताहरू सहभागी रहेको छ ।

 

नेपालीहरूको महान पर्व बडा दशैको तपाईं सबैलाई शुभकामना!

नेपालीहरूको महान पर्व बडा दशैको तपाईं सबैलाई शुभकामना! 

 GEFONT कार्यालय २९ सेप्टेम्बर देखि ४ अक्टोबर सम्म दशै बिदाको लागि बन्द रहनेछ। 

आपतकालीन अवस्थामा, कृपया महासचिव लक्ष्मण शर्मालाई +९७७-९८५१०-८०८६० र बिदेश बिभाग सचिब स्मृती लामालाइ +९७७-९८५१२४८६७७  मा सम्पर्क गर्नुहोस्।