??? ????? ????? ??????

?????? : ????? ??????

????? ????????, ??????? ????????? ?????? ?????? ??????? ?????? ??

राईडर्स युनियन नेपाल (रन) को योजना बैठक सम्पन्न

नेपाल ट्रेड युनियन महासघ जिफन्ट आबद्ध  राईडर्स युनियन नेपाल (रन) को योजना बैठक भाद्र २२ गते जिफन्ट केन्द्रीय कार्यालय मनमोहन मजदुर भवन, पुतलीसडकमा सम्पन्न भयो ।

जिफन्ट राष्ट्रिय कमिटी सदस्य तथा राईडर्स युनियन नेपालका अध्यक्ष माधव पाण्डेको अध्यक्षतामा सम्पन्न सो बैठकले आगामी ६ महिना संगठन सुदृढीकरण तथा सदस्यता बिस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकमा जिफन्ट महासचिव लक्ष्मण शर्माले जिफन्टले बदलिँदो श्रम संसारलाइ ध्यानमा राखी सबै क्षेत्रका श्रमिकहरूलाइ जिफन्टमा सङ्गठित गर्दै नेपालको ट्रेड युनियन आन्दोलनलाई सशक्त बनाउने अभियानका साथ क्रियाशील रहेको बताउँदै यस क्षेत्रका श्रमिकहरूलार्इ सङ्गठित गर्न जिफन्टले गर्दै आइ रहेको सहयोग निरन्तर रहिरहने बताउनु भयो ।  बैठकमा जिफन्ट उपमहासचिव नरनाथ लुईटेलको पनि सहभागिता रहेको थियो ।

 

ओम्स नेपालको दोस्रो स्थापना दिवसको शुभकामना सन्देश

बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ, नेपाल (OMMSW) Nepal को दोस्रो स्थापना दिवसको सन्दर्भमा नेपाल ट्रेड युनियन महासंघ जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले आगामी दिनहरूमा सबै सदस्यहरूको समर्पण, परिश्रम, र एकताले आफ्ना लक्षित उद्देश्यहरू प्राप्त गर्दै संगठनलाई अझ प्रभावकारी बनाउने छ भन्ने विश्वासका साथ स्थापना दिवसको शुभ कामना दिनु भएको छ ।

अध्यक्ष श्रेष्ठले भाद्र २६ गते भिडियो मार्फत शुभकामना दिनु हुंदै नेपाल सरकारको श्रम तथा सामाजिक सुरक्षा विभागमा ५५६ नं. दर्ता कायम रहेको यो युनियन २०८० भदौ २६ गते दर्ता भई नेपाल ट्रेड युनियन महासंघ जिफन्टमा आबद्ध यस संगठन बिक्री र मार्केटिङ क्षेत्रमा कार्यरत श्रमिकहरूको हक र अधिकार सुनिश्चित गर्नका लागि श्रम बजारमा छुट्टै पहिचान सहितको एउटा नया तर बलियो युनियन भएको बताउनु भएको हो ।

श्रमिकहरूको हक अधिकारको आन्दोलनमा यो युनियन एउटा महत्त्वपूर्ण अंगका रुपमा आफूलाई स्थापित गर्दै यो क्षेत्रका श्रमिकहरूको पेशागत अधिकार विरुद्धको मूक्तिकामी आन्दोलनमा आफ्नो स्थान सदैव अग्रमोर्चामा स्थापित गर्नेछ भन्ने जिफन्टको विश्वास रहेको भन्नु हुंदै अमेरिका, जर्मनी, बेलायत, क्यानडा, अष्ट्रेलिया लगायत विभिन्न देशमा यस्तै खालका संगठनहरूले श्रमिकको पक्षमा महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् । यी संगठनहरूले श्रमिकहरूको काम गर्ने वातावरण, न्यायपूर्ण तलब, सामाजिक सुरक्षा, र अन्य अधिकारहरू सुनिश्चित गर्न विभिन्न पहलहरू गर्छन् ।

ओम्स नेपालले पनि यस्ता संगठनहरूको अनुभव र रणनीतिहरूको अध्ययन गरेर विभिन्न उद्योगका सेल्स, मार्केटिङ तथा म्यानेजमेन्ट क्षेत्रमा कार्यरत कर्मचारी तथा श्रमिकहरूको पेशागत संगठनको रुपमा बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ, नेपाल ओम्स नेपालले  स्थापनाकालको छोटो अवधिमा सातै प्रदेशमा आप्mनो संगठन विस्तार र निर्माणमा उल्लेखनीय प्रगति गरेको छ । आगामी दिनहरूमा सबै सदस्यहरूको समर्पण, परिश्रम, र एकताले आप्mना लक्षित उद्देश्यहरू प्राप्त गर्दै संगठनलाई अझ प्रभावकारी बनाउने छ भन्ने विश्वासका साथ अध्यक्ष श्रेष्ठले स्थापना दिवसको शुभ कामना दिनु भएको छ ।

श्रम क्षेत्रको बांकी कामहरू पुरा गर्न मिलेर अगाडी बढ्नको विकल्प छैनः जिफन्ट अध्यक्ष श्रेष्ठ

इन्सपायर एसियाको आयोजनामा भदौ २५ गते काठमाडौँमा सम्पन्न दोस्रो विश्व पथप्रदर्शक राष्ट्रहरूको एसियन बैठकमा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले – नेपालमा मर्यादित काम, योगदानमा आधारित सामाजिक सुरक्षा लगायतका श्रमिक पक्षीय थुप्रै कामहरु श्रम क्षेत्रमा उपलब्धि भएको बताउँदै यसको प्रभावकारी कार्यान्वयनमा अझै पनि समस्या रहेको बताउनु भएको छ ।  

प्यानेलिस्टको रुपमा आफ्नो कुरा राख्दै ¬अध्यक्ष श्रेष्ठले ¬– दिगो विकास लक्ष्य हासिल गर्नकालागी श्रम क्षेत्रमा भएका उपलब्धिहरूलाई प्रभावकारी कार्यान्वयन गर्दै गर्न बांकी कामहरू पुरा गर्न हामी सबैको दायित्व रहेको भन्नु हुँदै मिलेर अगाडी बढ्नको विकल्प नभएको बताउनु भयो ।  

दिगो विकासको लक्ष्यहरू प्राप्त गर्न कोविड-१९ को महामारी र अन्य कारणहरुले ढिलो हुने भएपछि त्यसलाई द्रुत गति दिन सुरु भएको यो विश्व अभियानको सदस्य राष्ट्र नेपाल पनि हो र एसियाका बांगलादेश, कम्बोडिया, भियतनाम र इण्डोनेसियाहरु पनि सदस्य राष्ट्र हुन।  
 

इन्सपायर एसियाका प्रतिनिधि मण्डलले जिफन्ट ट्रेड युनियन पोलिसी इन्स्टीच्युटको भ्रमण

इन्सपायर एसियाको आयोजनामा भाद्र २५ गते देखी काठमाडौँमा दोस्रो विश्व पथप्रदर्शक राष्ट्रहरूको एसियन बैठकमा सहभागी कम्बोडिया, बंगलादेश, इण्डोनेसिया, फिलिपिन्स लगायतका मुलुकका प्रतिनिधि मण्डलले भाद्र २७ गते अनामनगर स्थित नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ट्रेड युनियन पोलिसी इन्स्टीच्युटको अवलोकन भ्रमण गर्नु भएको छ । 

प्रतिनिधि मण्डललाई स्वागत गर्नुहुँदै जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले जिफन्टले बिश्व ट्रेड युनियन आन्दोलनबाट सिक्दै र सिकाउँदै नेपालको ट्रेड युनियन आन्दोलनलाइ अगाडी बढाइरहेको भन्नु हुँदै जिफन्टले नेपालको ट्रेड युनियन आन्दोलनमा गरेका योगदान र अगामी दिनमा गर्ने कामहरूको बारेमा र तपाइहरू समक्ष अनुभव आदान प्रदान गर्ने प्रयास गरेको बताउनु भयो ।

अध्यक्ष श्रेष्ठले श्रम आन्दोलनमा तपाइहरूको अनुभवबाट पनि नेपालको ट्रेड युनियन आन्दोलनलार्इले केही सिक्न पाउ जसको कारण नेपालको मात्र नभई सिङ्गो श्रम संसारको श्रम आन्दोलनलाइ मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भयो । 

कार्यक्रममा जिफन्ट उपाध्यक्ष बिदुर कार्कीले जिफन्टको नीति तथा कार्यक्रम, ट्रेड युनियन पोलिसी इन्स्टिच्युट,  जिफन्ट ट्रेड युनियन स्कुल र जिफन्ट रिसर्च सेन्टरको बारेमा बताउनु भएको थियो ।

जिफन्ट महासचिब लक्ष्मण शर्माले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा डब्लुएसएम इन्सपायर एसियाका कोडिनेटर बिस्मो सान्योटोले जिफन्ट र जिफन्टको कामहरूको बारेमा जानकारी दिनु भएकोमा धन्यवाद व्यक्त गर्नु भएको थियो । 

थप फोटोकोलागी https://www.facebook.com/media/set/?set=a.122117472554435116&type=3

जलबायु परिबर्तनमा जिफन्टको चासो

विकसित देशले ठुला आणविक भट्टी सञ्चालन र खनिज पदार्थको दोहन गर्दा जलवायुमा असर परेको कारण यसको नकारात्मक परिणाम अल्पविकसित र विकसित राष्ट्रले बेहोर्नुपरेको भन्दै नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) लगायतका संस्थाहरूद्वारा असोज ४ गते काठमाडौँको माइतीघर मण्डलामा कोणसभा आयोजना गरेको छ ।

कोणसभालाई सम्बोधन गर्नु हुँदै जिफन्ट उपाध्यक्ष सीता लामाले हरित ग्यास उत्सर्जन गरेबापत उनीहरूले क्षतिपूर्ति दिने प्रतिबद्धता गर्छन् तर त्यसको कार्यान्वयन नहुँदा श्रमिक र गरिब वर्ग मर्कामा परेका भन्नु हुँदै जलवायु परिवर्तनमा नेपालको भूमिका नरहे पनि त्यसको प्रत्यक्ष असर झेल्नुपरेको बताउनु भएको छ । 

उपाध्यक्ष लामाले जलवायु परिवर्तनले तापक्रम वृद्धि हुने, अल्पवृष्टि र अनावृष्टि हुनेजस्ता समस्या निम्तिएको र यसले कृषिलगायत विविध क्षेत्रमा श्रमिकको रोजीरोटी खोसिएको तथा गरिबी, बेरोजगारीका कारण युवा पलायन भइरहेको दाबी गर्नुभयो ।

कोणसभामा गैरसरकारी संस्था महासङ्घका अध्यक्ष रामप्रसाद सुवेदीले जलवायु परिवर्तनका कारण तापक्रम बढ्दा नेपालका हिमालका हिमशृङ्खला पग्लिएर काला पहाड बन्ने खतरा बढेको भन्नु हुँदै खेतिपाती लगायत हरेक क्षेत्रमा देखिएको असर न्यूनीकरणका लागि विकसित देशले जलवायु असरमा शून्य भूमिका खेल्ने नेपाललाई क्षतिपूर्ति दिनुपर्ने विचार व्यक्त गर्नुभयो । 

जिफन्ट आबद्ध युनियन नेपाल ट्रेकिङ ट्राभल्स र्‍याफ्टिङ, एयरलाइन्स मजदुर युनियन (युनिट्राभ)का अध्यक्ष सुमनप्रसाद पराजुलीले कोपनहेगनमा २०२४ मा भएको जलवायुसम्बन्धी सम्मेलनमा विकसित देशले गरेको प्रतिबद्धताको पूर्ण पालनाका लागि नेपालले अन्तर्राष्ट्रिय मञ्चमा कडा आवाज  उठाउनुपर्नेमा जोड दिँदै कृषिमा आधारित नेपालजस्तो देशलाई सहयोग गर्ने प्रतिबद्धता गरे पनि त्यस्ता देशले चर्को ब्याजमा ऋण उपलब्ध गराएर ऋणको भार बोकाइरहेको दाबी गर्नुभयो ।

कोणसभामा अखिल नेपाल किसान महासंघका ,उपमहासचिव  सरीता भुसाल लगायतले जलवायु परिवर्तनको प्रभावबाट सबैभन्दा बढी नोक्सानी विश्वका गरिब राष्ट्रले व्यहोरि रहेको बताउनु भएको थियो । 

थप फोटोकालागि लिंकमा क्लिक गर्नु होला 

https://www.facebook.com/media/set/?set=a.122119101968435116&type=3
 

जिफन्ट बैजनाथ गाउँपालिकाको अध्यक्षमा शनिराम थारु

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) लुम्बिनी प्रदेशको बाँके जिल्ला अन्तरगत  बैजनाथ गाउँपालिकाको असोज २ गते सम्पन्न भेलाले शनिराम थारुको अध्यक्षतामा १३ सदस्य पालीका कमिटी गठन गरेको छ ।

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य घननाथ खनालको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा नेकपा एमाले बाँके जिल्ला सदस्य निर्मला मल्ल, किशोर थापा, जिफन्ट राष्ट्रिय कमिटी सदस्य पूर्ण के.सी, लगायतका नेताहरू अतिथिको रूपमा सहभागी रहनु भएको थियो ।