बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ, नेपाल (OMMSW) Nepal को दोस्रो स्थापना दिवसको सन्दर्भमा नेपाल ट्रेड युनियन महासंघ जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले आगामी दिनहरूमा सबै सदस्यहरूको समर्पण, परिश्रम, र एकताले आफ्ना लक्षित उद्देश्यहरू प्राप्त गर्दै संगठनलाई अझ प्रभावकारी बनाउने छ भन्ने विश्वासका साथ स्थापना दिवसको शुभ कामना दिनु भएको छ ।
अध्यक्ष श्रेष्ठले भाद्र २६ गते भिडियो मार्फत शुभकामना दिनु हुंदै नेपाल सरकारको श्रम तथा सामाजिक सुरक्षा विभागमा ५५६ नं. दर्ता कायम रहेको यो युनियन २०८० भदौ २६ गते दर्ता भई नेपाल ट्रेड युनियन महासंघ जिफन्टमा आबद्ध यस संगठन बिक्री र मार्केटिङ क्षेत्रमा कार्यरत श्रमिकहरूको हक र अधिकार सुनिश्चित गर्नका लागि श्रम बजारमा छुट्टै पहिचान सहितको एउटा नया तर बलियो युनियन भएको बताउनु भएको हो ।
श्रमिकहरूको हक अधिकारको आन्दोलनमा यो युनियन एउटा महत्त्वपूर्ण अंगका रुपमा आफूलाई स्थापित गर्दै यो क्षेत्रका श्रमिकहरूको पेशागत अधिकार विरुद्धको मूक्तिकामी आन्दोलनमा आफ्नो स्थान सदैव अग्रमोर्चामा स्थापित गर्नेछ भन्ने जिफन्टको विश्वास रहेको भन्नु हुंदै अमेरिका, जर्मनी, बेलायत, क्यानडा, अष्ट्रेलिया लगायत विभिन्न देशमा यस्तै खालका संगठनहरूले श्रमिकको पक्षमा महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् । यी संगठनहरूले श्रमिकहरूको काम गर्ने वातावरण, न्यायपूर्ण तलब, सामाजिक सुरक्षा, र अन्य अधिकारहरू सुनिश्चित गर्न विभिन्न पहलहरू गर्छन् ।
ओम्स नेपालले पनि यस्ता संगठनहरूको अनुभव र रणनीतिहरूको अध्ययन गरेर विभिन्न उद्योगका सेल्स, मार्केटिङ तथा म्यानेजमेन्ट क्षेत्रमा कार्यरत कर्मचारी तथा श्रमिकहरूको पेशागत संगठनको रुपमा बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ, नेपाल ओम्स नेपालले स्थापनाकालको छोटो अवधिमा सातै प्रदेशमा आप्mनो संगठन विस्तार र निर्माणमा उल्लेखनीय प्रगति गरेको छ । आगामी दिनहरूमा सबै सदस्यहरूको समर्पण, परिश्रम, र एकताले आप्mना लक्षित उद्देश्यहरू प्राप्त गर्दै संगठनलाई अझ प्रभावकारी बनाउने छ भन्ने विश्वासका साथ अध्यक्ष श्रेष्ठले स्थापना दिवसको शुभ कामना दिनु भएको छ ।