????? ????????, ??????? ????????? ?????? ?????? ??????? ?????? ??
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) बागमती प्रदेश अन्तरगत चितवन जिल्लाको रत्ननगर पालिकामा असोज ५ गते चितवन जिल्ला समन्वय कमिटी अध्यक्ष पुस्कर बाबु त्रिपिठाको अध्यक्षतामा श्रमिक भेला सम्पन्न भयो ।
जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरि नेपालको प्रमुख आतिथ्यमा रत्ननगर स्थित उद्योग वाणिज्य महासंघको सभाहलमा सम्पन्न भेलामा नेकपा एमालेका नेताहरू प्रकाश खनाल, टिका पौडेल, प्रताप डल्लाकोटि, निरन्जना घिमिरे, ईश्वर अर्याल, रितु गिरि, जिफन्ट आवद्ध युनियन बाफ्स्यु अध्यक्ष नारायण अधिकारी र नाबुन केन्द्रीय सदस्य अन्जु गुरुङ लगायतका अतिथिहरूले मन्तव्य राख्नु भएको थियो ।
गोबिन्द खनालले स्वागत मन्तव्य राख्नु भएको उक्त भेलाले शंकर खनालको संयोजकत्वमा नौ सदस्यीय कमिटी गठन गरेको छ।
नवगठीत कमिटीलाई जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरि नेपालले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मधेस प्रदेश को २१ औ पूर्ण बैठक जिफन्ट प्रदेश अध्यक्ष कमलवश झाको अध्यक्षतामा असोज ६ गते सिमरा सम्पन्न भयो ।
बैठकले विधान बमोजिम आबद्ध घटक यूनियन समग्र उद्योग ट्रेड युनियन नेपाल (ब्हीन) बाट दिल्ली दाहाललाई प्रदेश कमिटीको सदस्य पदमा मनोतित गरेको छ ।
बैठकको रिपोर्टिंगको क्रममा उठेका जिज्ञासा र समस्यालाई समेट्ने गरी सुझाव सहितको निर्देशन दिँदै बैठकका प्रमुख अतिथि अध्यक्ष विनोद श्रेष्ठले बैठकलाई सम्बोधन गर्नु भएको थियो ।
बैठकमा उपाध्यक्ष विदुर कार्कीको पनि आतिथ्यता रहेको थियो । प्रदेश सचिव मुक्ति चौधरीले संगठन विस्तारको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) बर्दिया जिल्लाले अगामी वर्ष ३००० जिफन्ट सदस्य पुर्याउने योजना बनाएको छ ।
जिफन्ट बर्दिया जिल्ला समन्वय कमिटीको असोज ६ गते अध्यक्ष सन्तराम थारुको अध्यक्षतामा बसेको बिस्तारित बैठकले उक्त निर्णय गरेको हो ।
जिफन्ट राष्ट्रिय कमिटी सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष हुमकान्त काफ्ले, नेकपा एमाले जिल्ला अध्य्क्ष सालिकराम अधिकारी, जिफन्ट राष्ट्रिय कमिटी सदस्य पूर्ण के सी, क्यूपेक केन्द्रीय सचिव पदम बूढ़ा, जिफन्ट प्रदेश कमिटी सदस्य बर्दिया इन्चर्ज दुर्गा के सी लगायतका नेताहरू सहभागी रहेको सो विस्तारित बैठकले संगठन सुदृढीकरण अभियान अन्तरगत सदस्यता बिस्तार, कमिटी गठन पुनरगठन तथा अधारभुत ट्रेड युनियन प्रशिक्षण संचालन गर्ने निर्णय गरेको हो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) प्रदेश अध्यक्ष जित बहादुर मल्लको प्रमुख आतिथ्यतामा असोज ५ गते कैलाली जिल्ला गौरीगंगा नगरपालिकामा भिम प्रसाद भुसालको संयोजकत्वमा ७ सदस्यिय र नरबहादुर थापाको संयोजकत्वमा ११ सदस्यिय गोदावरी पालिका कमिटी गठन गरेको छ ।
त्यसैगरी असोज ६ गते बर्दगोरिया पालिकामा सुमित कुमार श्रेष्ठको संयोजकत्वमा ७ सदस्यिय र घोडाघोडी नगर पालिकामा धन बहादुर तामाङको संयोजकत्वमा ७ सदस्यिय कमिटि गठन गरेको छ ।
कार्यक्रममा प्रदेश सचिव चन्द्र प्रकाश गैह्रे, सह सचिव शोभा थापा रावल, सदस्य हिरा बिष्ट, जिल्ला स.संयोजक सुमित कुमार श्रेष्ठ लगायत जिफन्ट घटक युनियनका नेताहरूको सहभागिता रहेको थियो ।
बिश्व पर्यटन दिवसको सन्दर्भमा जिफन्ट आबध्द–यूनिट्राभ र नेस्वहोमयुले पर्यटन र शान्ति नाराका साथ असोज ११ गते जिफन्ट स्कुलमा नेपाली राष्ट्रिय पर्वहरू बडा दशै, तिहार, नेपाल सम्बत ११४५ तथा छठ पर्वको शुभकामना अदान–प्रदान कार्यक्रम आयोजना गरेको छ ।
प्रमुख अतिथी जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले कार्यक्रममा शुभकामना दिनु हुंदै जलवायु परिवर्तनमा नेपालको भूमिका नरहे पनि त्यसको प्रत्यक्ष असरले गरिखाने श्रमिकहरूले ठूलो क्षति ब्यहोरीनु परेको बताउनु भयो ।
पर्यटन क्षेत्रमा भएका १०% प्रतिशत सेवा शुल्क कटौती, आउट सोर्स, तालिमे श्रमिकलाई तलव र योगदानमा आधारित सामाजिक सुरक्षा जस्ता समस्या हल गर्न सम्बन्धित निकायसँग छलफल र परामर्श गर्नु पर्नेमा जोड दिनु भयो ।
युनिट्राभ अध्यक्ष सुमन पराजुलीको अध्यक्षतामा नेस्वहोमयु महासचिब कमल घिमिरेले संचालन गर्नु भएको कार्यक्रममा जिफन्ट र आबद्घ युनियनका नेतृत्वको सहभागिता रहेको थियो ।
महेन्द्रनगर विकास पीडित संयुक्त संघर्ष समितिले विजया दशमी तथा शुभ दीपावलीको अवसरमा खोकाछाप्राका प्रतिनिधि राम नाथको अध्यक्षतामा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
संयुक्त संघर्ष समितिका संरक्षक तथा प्रमुख अतिथि महेश पन्तले सुकुम्बासी, हलिया, मुक्त कमैया र खोकाछाप्राहरुको उचित व्यवस्थापन हुनु पर्नेमा जोड दिएका छन ।
कार्यक्रममा अखिल नेपाल सुकुम्बासी संघका केन्द्रीय सचिव तथा सुप इन्चार्ज आनन्द सिंह धामी, मदन आश्रित टोलका अध्यक्ष लहान चौधरी, ग्रीन टोलका अध्यक्ष मोतिलाल उरावले शुभकामना दिनुहुँदै नेपाल सरकार र स्थानीय सरकारले वर्षौदेखि सुकुम्बासीको व्यवस्थापन नगरेकोले पिडा भोग्नुपरेको बताए ।
कार्यक्रमको सञ्चालन संघर्ष समितिका सचिव दान सिंह विष्टले गरेका थिए ।