????? ????????, ??????? ????????? ?????? ?????? ??????? ?????? ??
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट पर्वत अन्तरगत कुश्मा नगरको साउन ३० गते सम्पन्न अधिवेशनले उषा भारती गिरीको अध्यक्षतामा ७ सदस्यीय कमिटी निर्बाचित गरेको छ ।
अधिवेशनका प्रमुख अतिथी नेकपा एमाले पर्बत जिल्ला अध्यक्ष गोबिन्द गिरीले नेकपा एमालेको नेतृत्वमा योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यक्रम ल्याएको भन्नुहुदै नेकपा एमाले श्रमजिवीहरूको हितमा काम गर्ने पार्टी रहेको बताउनु भयो ।
अधिवेशनका अतिथि जिफन्ट पर्बत जिल्ला समन्वय कमिटी अध्यक्ष खगेश्वरी शर्माले श्रम डेक्स स्थापना, श्रमिक सुचिकरण, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयन लगाएतका बिषयहरू कार्यान्वय गर्न पार्टीले भुमिका खेल्नुपर्नेमा जोड दिनु भयो ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्टको प्रतिनिधित्व गर्दै विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी भएकाहरूबाट आफ्नो अनुभव आदान प्रदान कार्यक्रम भाद्र २ गते जिफन्ट सभा हलमा सम्पन्न भयो ।
कार्यक्रममा जिफन्ट बिदेश विभाग सचिब स्मृती लामा, नेस्वहोमयु अध्यक्ष लक्ष्मण तिवारी, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष उमेश गिरी, नेष्टका अध्यक्ष माया गुरूङ्ग, बिराज रानाले कार्यक्रममा सहभागी हुँदाको आ–आफ्ना अनुभव सुनाउनु भएको थियो ।
त्यसैगरी जिफन्ट सम्बद्ध युनियनहरू अबद्ध रहेको अन्तर्राष्ट्रिय संस्थाहरूको अवस्था र तीनिहरूसंगको सहकार्यका बारेमा पनि अबद्ध युनियनका नेताहरूले जानकारी गराउनु भएको थियो ।
जिफन्ट अध्यक्ष तथा बिदेश बिदेश विभाग प्रमुख समेत रहनु भएका बिनोद श्रेष्ठ, उपाध्यक्षहरू, महासचिब लगायत नेताहरू सहभागी सो कार्यक्रममा अइएफबिडब्लुडब्लुमा अबद्ध युनियन क्यूपेक नेपालका अध्यक्ष शान्ता बस्नेत, ITF अबद्ध युनियन नेपाल यातायात मजदुर संगठनका उपाध्यक्ष नवराज घिमिरे, युनी अाबद्ध युनियन इम्प्रेशन नेपालका अध्यक्ष बालगोपाल थापा र प्रतिनिधी परीषद प्रमुख तथा युनि ग्लोबल का बोर्ड सदस्य महेन्द्रलाल श्रेष्ठ, PSI अबद्ध युनियनका नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष उमेश गिरीले, इण्डष्ट्रिअल अबद्ध युनियनका जुगकाटेमयुका अध्यक्ष अर्जुन अधिकारी, IUF अबद्ध युनियन नेस्वहोमयुका अध्यक्ष लक्ष्मण तिवारी, स्ट्रीट नेट इन्टनेशनल अाबद्ध युनियन नेष्टका अध्यक्ष माया गुरूङ्ग र IDWF अबद्ध युनियन हुनका अध्यक्ष चन्द्रसागर लामाले आ–आफ्नो ग्लोबल युनियनको अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट सम्बद्ध युनियन बजार ब्यवस्थापन तथा बिक्री कर्मचारी संघ ओम्स नेपालको भाद्र ८ गते बुटवलमा सम्पन्न प्रथम अधिवेशनले सुर्य प्रसाद पराजुलीको अध्यक्षतामा २८ सदस्य केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।
अधिवेशनको उद्घाटन गर्नु हुँदै जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले जिफन्टमा सबै भन्दा पछाडि आवध्दता प्राप्त गरेको यस युनियन अन्य संगठनको तुलनामा फरक प्रकृतीको रहेको बताउँदै यस्ले अगामी दिनमा ट्रेड युनियन आन्दोलनमा नमुना भएर काम गर्ने बताउनु भयो ।
अध्यक्ष श्रेष्ठले नेपालको श्रमक्षेत्रमा आएको परिवर्तन सँगै ट्रेड युनियन आन्दोलनलाई पनि समय सापेक्ष परिवर्तन गर्दै अगाडी बढ्नु आजको आवश्यकता रहेको भन्नु हुँदै श्रमिकको बलिदानबाट प्राप्त संवैधानिक व्यवस्था, सफलताहरू र स्थापित प्रावधानहरूलाई प्रभावकारी कार्यान्वयन गर्न र गराउनकालगी बलियो र भर पर्दो ट्रेड युनियन आन्दोलनको जरुरी रहेकोमा जोड दिनु भयो ।

जिफन्ट स्थापनाकाल देखी उठाउँदै आएको एक वर्ग एक संगठन, एक क्षेत्र एक ट्रेड युनियनको नारालाई सार्थक वनाउन निरन्तर लागि रहेको बताउँदै श्रमिजिविका सबै खाले समस्यालाई समाधान गर्दे सुमधुर श्रम सम्बन्ध, औद्योगिक शान्ति र श्रमिकको सामाजिक आर्थिक रुपान्तरणकालागि जिफन्ट प्रतिबद्ध रहेको बताउनु भयो ।
जिफन्टले यो कार्यकालमा २० लाख श्रमिकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्ने अभियान थालेको भन्नुहुँदै यस क्षेत्रमा कार्यरत समस्त श्रमिकहरूलार्इ सामाजिक सुरक्षा योजनामा सूचीकृत हुन अब्हान पनि गर्नु भयो ।
ओम्स नेपालका अध्यक्ष सुर्य प्रसाद पराजुलको अध्यक्षतामा भएको उद्धधाटन समारोहमा जिफन्ट उपाध्यक्ष सिता लामा, योगदानमा आधारित सामाजिक सुरक्षा बुटवल कार्यालय र श्रम कार्यालय बुटवलका प्रतिनिधि लगायत अतिथिहरूले अधिवेशन सफलताको शुभकामना दिनु भएको थियो
उद्धधाटन समारोह पछी सुरू भएको अधिवेशनको बन्दशत्र जिफन्ट महासचिब लक्ष्मण शर्माको अध्यक्षतामा बनेको अध्यक्ष मण्डलले संचालन गरेको बन्दशत्रमा ओम्स नेपालका महासचिब नवराज भुर्तेलद्वारा पेस गरीएको संगठानीक प्रतिवेदन सर्वसम्मत पास गरेको थियो ।

बन्दशत्रको दोस्रो चरणमा जिफन्ट उपाध्यक्ष कमल गौतम प्रमुख रहनु भएको निर्वाचन मण्डलद्वारा सम्पन्न निर्वाचनले सूर्य प्रसाद पराजुली अध्यक्षमा वसन्तराज सिग्देल वरिष्ठ उपाध्यक्षमा र शैलेश न्यौपाने, डम्बर बहादुर ठकुल्ला र राजन कार्कीलार्इ उपाध्यक्षमा निर्बिरोघ निर्वाचित गरेको छ ।
त्यसैगरी महासचिबमा नवराज भुर्तेल, उपमहासचिवमा जनक ढकाल, बाबुराम पोखरेल, सचिवमा पंकज कुमार मिश्र, किशोर वावु पुरी र सुवाष कुमार श्रेष्ठलार्इ निर्बिरोघ निर्वाचित गरेको हो ।

अधिवेशनले कोषाध्यक्षमा सूर्य प्रसाद पराजुली र १६ जना सदस्य सहित सर्वसम्मत कमिटीलाई जिफन्ट महासचिब तथा अध्यक्ष मण्डलका अध्यक्ष लक्ष्मण शर्माले पद तथा गोपनिताको शपथ ग्रहण गराउनु भएको थियो ।
अधिवेशनले ९ बुंदै समसामयिक विषयमा विशेष प्रस्ताब पास समेत पास गरेको छ ।
अधिवेशनको फोटोकालागी
https://www.facebook.com/media/set/?set=a.122112790202435116&type=3
https://www.facebook.com/media/set/?set=a.122112779780435116&type=3
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट बाँसगढी नगर कमिटी तेस्रो अधिवेशन भाद्र ८ गते सम्पन्न भएको छ।
जिफन्ट राष्ट्रिय कमिटी सदस्य पुर्ण बहादुर केसीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले मेघराज खत्रीको अध्यक्षतामा ९ सदस्य कमिटी निर्वाचित गरेको छ ।
जिफन्ट बर्दिया जिल्ला समन्वय कमिटी सचिव अञ्जना चौधरीले संचालन गर्नु भएको सो कार्यक्रमको अध्यक्षता हेमन्त कुमार केसिले गर्नु भएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) सुदूरपश्चिम प्रदेश कमिटीको अगुवा कार्यकर्ता भेला भदौ १२ गते कन्चनपुरमा अध्यक्ष बिनोद श्रेष्ठको प्रमुख अतिथ्यमा सम्पन्न भयो ।
प्रदेश अध्यक्ष जित बहादुर मल्लको अध्यक्षतामा सम्पन्न सो बैठकमलाइ सम्बोधन गर्नु हुँदै जिफन्ट अध्यक्ष श्रेष्ठले जिफन्ट र आवध्द युनियनको संरचना बिच समन्वय भएमा मात्र संगठनले उपलब्धी हासिल गर्न सक्ने भन्नुहुँदै श्रम आन्दोलनमा भएका समस्याहरूलाई समाधान गर्न जिफन्ट र सम्बद्ध युनियनको एकता र निरन्तर आन्दोलनको खाँचो रहेको बताउनु भयो ।
भेलामा लामो समय देखी निरन्तर जिफन्टको विभिन्न संरचनामा रहि क्रियाशील रहँदै आउनु भएका केशव सिंह ऐरी कर्णबहादुर नेगी, विक्रम महता, गणेशनाथ योगी र कृष्णराज जोशीलाइ जिफन्ट सुदूरपश्चिम प्रदेश कमिटीको सम्मान गरेको थियो ।
सम्मान पत्र प्रदान गर्नु हुँदै जिफन्ट अध्यक्ष श्रेष्ठले सुदूरपश्चिम प्रदेश कमिटीले अग्रजहरूलाइ सम्मान गरेकोमा धन्यवाद दिनु हुँदै जस्तो सुकै अप्ठेरोमा पनि व्यक्तिगत स्वार्थ भन्दा माथी उठी श्रम आन्दोलनलाइ अगाडी बढाउन निरन्तर क्रियाशील रहनु भएका सम्मानित सबैमा बधाई तथा शुभकामना दिनु हुँदै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा जिफन्टले राखेको बताउनु भयो ।
कार्यक्रममा नेकपा एमाले सुदूरपश्चिम प्रदेश उपसचिव तथा जनसंगठन समन्वय संयोजक नरबहादुर विश्वकर्मा, प्रदेश कमिटी सदस्य महेश पन्त अतिथि रहनुभएको सो कार्यक्रमको संचालन जिफन्ट सुदूरपश्चिम प्रेदश सचिव चन्द्र प्रकाश गैह्रे ले र स्वागत उपाध्यक्ष ठक्कर बिष्टले गर्नुभएको थियो।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) राप्ती नगर पालिकाको भाद्र १५ गते सम्पन्न भेलाले चन्द्र देवी तामाङको अध्यक्षतामा ९ सदस्यीय पालिका अधिवेशन आयोजक कमिटि गठन गरेको छ ।
जिफन्ट चितवन जिल्ला समन्वय कमिटी अध्यक्ष पुष्कर बाबु त्रिपाठीको अध्यक्षतामा सम्पन्न सो भेलामा, नेकपा एमाले राप्ती नगर कमिटी सचिव तारकेश्वर प्रसाद सिंह, जिफन्ट महानगर कमिटी अध्यक्ष दिपक कुमार सिलवाल लगाएतका अतिथिहरूको सहभागिता रहेको थियो ।
