????? ????????, ??????? ????????? ?????? ?????? ??????? ?????? ??
नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)ले टोखा नगरपालिकामा सरसफाई तथा सरसफाई वर्गीकरण क्षेत्रमा कार्यरत श्रमिकहरूलाई असोज १९ गते व्यवसायजन्य सुरक्षा र स्वास्थ्य (OSH) सम्बन्धी तालिम सम्पन्न गरेको छ ।
जिफन्ट उपाध्यक्ष विदुर कार्कीले तालिमको उद्देश्यवार प्रकाश पार्नु भएको उक्त तालिममा सहभागीहरूलाइ कार्यस्थलको स्थीतीको अध्यनका बारेमा डा. पद्म खतिवडाले सहजिकरण गर्नु भएको थियो भने व्यवसायजन्य सुरक्षा र स्वास्थ्य विषयमा साजन राना मगर र सुनिता तामाङ्गले प्रशिक्षण दिनु भएको थियो कार्यक्रममा जिफन्टका राष्ट्रिय कमिटी सदस्य ठाकुर कुमार श्रेष्ठले समापन मन्तब्य राख्नु भएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठले फेरिएको परीवेशमा सूचना र सञ्चारलाई प्रभावकारी बनाउन सकिएन भने ट्रेड युनियन आन्दोलनले जतिसुकै राम्रा काम गरे पनि श्रम आन्दोलनलाई समाजमा स्थापित गर्न गाह्रो हुने बताउनु भएको छ ।
अन्तर्राष्ट्रिय ट्रेड यूनियन महासंघ नेपाल आवद्ध परिषद (ITUC-NAC) ले प्रतिवेदन लेखन तथा सूचना र संचार सम्बन्धी कार्तिक ६ गते देखी सुरू भएको तालिम कार्यक्रममा उक्त कुरा बताउनु भएको हो ।
अध्यक्ष श्रेष्ठले सूचना तथा संचार क्षेत्रमा आएका नयाँ प्रबिधीहरूलाइ ट्रेड युनियनहरूले प्रयोग गर्न सकेन भने श्रम आन्दोलन नै पछि पर्ने भएको हुनाले सूचना तथा संचार संग सम्बन्धित विषयलाई महत्वकासाथ लिनु पर्ने बताउँदै यस तालिममा सिकेका विषयहरूलाई आ–आफ्नो संस्थामा कार्यान्वयन गर्न अनुरोध पनि गर्नु भयो ।

जिफन्ट उपाध्यक्ष जितेन्द्र श्रेष्ठले जिफन्टले सूचना तथा संचार क्षेत्रमा गर्दै आइरहेका कामहरू र जिफन्टको संचार नीतिका बारेमा प्रस्तुत गर्नु भएको सो तालिम कार्यक्रममा प्रतिवेदन लेखन बिषयमा डा. केशब अधिकारीले र प्रभावकारी सूचना सम्प्रेषणका बिषयमा सुनिल न्योपानेले तालिम दिनु भएको थियो ।
३ दिन सम्म संचालन हुने सो तालिममा सामाजिक संजाल मार्फत समाजलाइ आकर्षित बनाउन कसरी नक्साकंन गर्ने र त्यस्कालागी प्राविधिक क्षमता विकास बारे डिटिडिएका एसिया प्रशान्त क्षेत्रीय संयोजक ज्याकोव रोसडाल र निम्फा मेण्डोजाले तालिम दिनु हुने छ ।
तालिक कार्यक्रमको सहजीकरण ITUC-NAC का निर्देशक गोपाल धिमिरेले गर्नु भएको थियो ।
अन्तर्राष्ट्रिय ट्रेड यूनियन महासंघ (ITUC) एसिया प्रशान्त क्षेत्रको आयोजनामा न्यायिक रूपान्तरणमा श्रमिक सशक्तीकरण प्रशिक्षक प्रशिक्षण कार्यक्रम कार्तिक १० गते देखी चितवनमा सुरू भएको छ ।
एनटियुसी अध्यक्ष योगेन्द्र कुवरको अध्यक्षतामा सम्पन्न प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा नेपाल ट्रेड युनियन महसंघ (जिफन्ट) उपाध्यक्ष तथा ITUC-NAC का सल्लाहकार संयोजक विदुर कार्कीले प्रशिक्षण कार्यक्रमको महत्वको बारेमा जानकारी गराउनु भएको थियो ।
ITUC एसिया प्रशान्त क्षेत्रीय अर्गनाइजिङ, कम्यूनिकेशन अफिसर" जोय हर्डिन्यान प्रमुख प्रशिक्षक रहनु भएको कार्यक्रममा योगेन्द्र कुंवर र बिदुर कार्कीले सहजीकरण गर्नु हुनेछ ।
अन्तर्राष्ट्रिय ट्रेड यूनियन महासंघ नेपाल आबद्ध परिषदको समन्वयमा ३ दिन सम्म संचालन हुने प्रशिक्षण कार्यक्रममा जिफन्ट, अन्टुफ र एनटियुसीबाट २४ जना सहभागी रहेको छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले छठ पर्व, २०८१ को अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गरेको छ ।
सूर्य र छठी माताको पूजा अर्चना गरी तराई तथा मधेश क्षेत्रमा मनाइने छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकालगायत पहाडी तथा हिमाली जिल्लाहरूमा समेत मनाउने चलन बढ्दै गएको छ ।
यसबाट धर्म संस्कृति, रीतिरिवाज तथा चाडपर्वले समस्त नेपालीबिच आपसी सद्भाव र एकतालाई अभिवृद्धि गर्दै लगेको प्रष्ट हुन्छ ।
यस पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिक लगायत सबै प्रकारका विभेद एवम् विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्ने विश्वास सहित जिफन्टले छठ पर्व, २०८१ को शुभकामना व्यक्त गरेको छ ।
जलवायु संकटसंग जुध्ने विश्व प्रयत्नमा न्यायिक रुपान्तरणको एजेण्डा र श्रमिकको सार्थक प्रतिनिधित्व र सम्वाद नभएसम्म परिवर्तन नहुने नेपाल ट्रेड युनियन महासंघ जिफण्टका महासचिव लक्ष्मण शर्माले ठोकुवा गर्नुभएको छ।
जलवायु सम्मेलन २०२४ मा नागरिक समाज र परामर्शदाताहरूको कार्तिक २१ गते काठमाण्डौमा भएको राष्ट्रिय छलफल कार्यक्रममा महासचिव शर्माले सो कुरा बताउनु भएको हो ।
महासचिव शर्माले जलवायु परिवर्तनले श्रम क्षेत्रमा परेका असरहरूको बारेमा र न्यायिक रुपान्तरणको बिषय नागरिक समाजहरूले गर्ने छलफलमा छुटाउने गरेको भन्नु हुँदै हरित रोजगारी, सामाजिक सुरक्षाको बिषयमा ध्यान दिनु पर्नेमा जोड दिनु भयो ।

नेपालले पाउनु पर्ने जलवायु वित्त न्यायपूर्ण ढंगले प्राप्त गर्ने र त्यसको न्यायिक वितरण गर्न अपनाउनु पर्ने रणनीतिहरुको बारेमा स्पष्ट गर्नु हुँदै महासचिव शर्माले श्रमिकको विषयहरू मर्यादित श्रम र हरित रोजगारी, श्रम बजारको सामाजिक न्याय र न्यायिक रुपान्तरण हुँदैन भने जलवायु न्याय नहुने बताउनु भयो ।
कार्यक्रममा जिफन्ट उपाध्यक्ष सीता लामा र राष्ट्रिय कमिटी सदस्य सुमन पराजुलीले जलवायु परिवर्तनले श्रमिकको रोजगारीमा परेको असरका साथै अजरबैजान हुन लागेको कोप सम्मेलनमा श्रमिक प्रतिनिधिको सहभागिता लगायतका विषयहरू उठाउनु भएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्टले संगठन सुदृढीकरणकालागी “जिफन्ट कायाकल्पको लागी अभियान २०८१ संचालन गर्ने भएको छ ।
जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठको अध्यक्षतामा कार्तिक २८ गते जिफन्ट सभाहलमा सम्पन्न ११२ औं बैठकले आगामी मंसिर देखी चैत्र मसान्त सम्म अभियान संचालन गर्ने निर्णय गरेको हो ।
अभियान अन्तरगत सदस्यता नवीकरण र विस्तार, कमिटी गठन तथा पुनरगठन, आधारभूत तह सम्मको सदस्य तथा कमिटीगत अवस्थाको तथ्याङ्क अध्यावधी गर्ने, जिफन्टको आधारभूत तह सम्म सैद्धान्तिक, राजनैतिक प्रशिक्षण संचालन गर्ने निर्णय गरेको हो ।
बैठकले अभियान संचालनकालागी जिफन्ट प्रदेश अध्यक्षको नेतृत्वमा सचिवहरूले सहजीकरण गर्ने समेत निर्णय गरेको छ ।
बैठकमा जिफन्ट महासचिव लक्ष्मण शर्माले पेश गर्नु भएको संगठानिक प्रतिवेदन, आर्थिक प्रबन्धक बाबुराम कोइरालाले पेश गर्नु भएको आर्थिक प्रतिवेदन बैठकले पारित गरेको छ ।
बैठकमा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वयका इन्चार्ज भानुभक्त ढकालले जनसंगठन र पार्टीको समन्वय र वर्तमान राजनैतिक अवस्थाको बारेमा प्रकाश पार्नु भएको थियो ।
बैठकमा राष्ट्रिय कमिटी सदस्यहरू माया भण्डारी, रूद्र खत्री, माया गुरूङ्ग, आनन्द थामी, नारायण न्यौपाने, कमलेश झा, रामहरू नेपाल र चन्द्र सागर लामा, माधव पौडेल, शान्ता बस्नेत लगायतले बिचार ब्यक्त गर्नु भएको थियो ।